Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

राज्यस्रोत दुरुपयोग गरेर राजनीतिक स्वार्थ पूरा गर्ने दिवा सपना नदेख्नुस्ः सांसद श्रेष्ठ


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सांसद कृष्णकुमार श्रेष्ठले जनतालाई सार्वजनिक ऋणको भारी बोकाएर बजेटमा आफ्नो राजनीतिक स्वार्थ पूरा गर्ने दिवा सपना नदेख्न चेतावनी दिएका छन् ।

शनिवार प्रतिनिधि सभा बैठकमा विनियोजन शिर्षकहरुमाथिको छलफलमा भाग लिँदै सांसद श्रेष्ठले यस्तो चेतावनी दिएका हुन् । उनले १६५ निर्वाचन क्षेत्रका जनताले आफ्नो गाँस काटेर तिरेको करको अवमूल्यन नगर्न आग्रह गर्दै राज्यको स्रोत साधनमा समानुपातिक अधिकार दिइनुपर्ने बताए । उनले राज्य स्रोतको दुरुपयोग गर्ने दुःशाहसलाई जनताले २०८४ मा जवाफ दिने बताउँदै बजेट विनियोजनमा गरिएको बेइमानी तत्काल सच्याउन माग गरे । सांसद श्रेष्ठले बजेटमाथि कब्जाको नीतिले आगामी चुनाव जित्छु भन्ने लागेको छ भने दिवा सपनाबाट बिउँझन आग्रह गरे । सरकारले ल्याएको बजेटले मधेस प्रदेशलाई उपेक्षा गरेको बताउँदै उहाँले सिंगो बजेट आफु अनुकुलका क्षेत्रमा प्रयोग गर्ने ठूला नेताको प्रवृत्ति यो वर्षपनि दोहोरिएको दाबी गरे ।

उनले भने, ‘अब यो बजेटको विषयमा छलफलमा भाग लिन सहभागी भइरहँदा सत्ता पक्ष र प्रतिपक्ष माननीयहरुको कुरा सुनियो । तर, विडम्बना किन हो थाहा भएन । मन्त्रीज्यूहरुको पनि मन्त्रालय मन्त्रालयकै प्रतिष्पर्धा । कस्ले आफ्नो क्षेत्रमा बजेट हाल्नेभन्ने प्रतिष्पर्धाले गर्दा यो बजेटमाथि जुन विश्वसनियता हुनुपर्ने हो त्यो विश्वसनीयता भएको पाएको छैन । त्यसैले यो वर्ष त हामीले बोलेर मात्र हुनेवाला केही छैन, आगामी वर्षको बजेटमा यस्ता कुरा नदोहो¥याउनका लागि आग्रह गर्न चाहन्छु । सँगसँगै भर्खरै दैलेखमा रहेको पेट्रोलियम पदार्थ मिथेन ग्यासको अन्वेषणबाट आएको प्रारम्भिक प्रतिवेदनले सबै नेपालीलाई उत्साहित बनाएको छ । यसका लागि सम्मानित सदनमार्फत यस कार्यमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा संलग्न सबैलाई धन्यवाद दिँदै निरन्तरता र नजिताका लागि सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । अब कनिका छरे जसरी बजेट छर्ने प्रवृत्ति बन्द गरी यस्ता परिणामुखी परियोजनाहरुमा लगानी वृद्धिका लागि आग्रह गर्न चाहन्छु । सरकारले ल्याएको यो बजेटले मधेश प्रदेशलाई उपेक्षा गरेको छ, सिंगो बजेट आफू अनुकूलका क्षेत्रमा प्रयोग गर्ने ठूला नेताको प्रवृत्ति यो वर्ष पनि दोहोरिएको छ । यो सरकारको ढुकुटी सत्तापक्ष, ठूला नेता र मन्त्रिमण्डलमा भएका नेताहरुका लागि मात्र हो ? मन्त्री, उपप्रधानमन्त्रीहरु, पूर्व प्रधानमन्त्री, प्रधानमन्त्री र ठूला नेताका क्षेत्रमा मात्र बजेट राख्नुको अर्थ के हो ? के देशका १६५ निर्वाचन क्षेत्रका जनताले आफ्ना गाँस काटेर योे मुलुक बनाउन कर तिरेका छैनन् ? राज्यको स्रोत साधनमा उनीहरुको समानुपातिक अधिकार छ कि छैन ? जनतालाई सार्वजनिक ऋणको भारी बोकाएर आफ्नो राजनीतिक स्वार्थ पूरा गर्ने नेताले दिवा सपना नदेखे हुन्छ । बजेट बनाउँदा राज्य स्रोतको दुरुपयोग गर्ने दुःशाहसलाई जनताले २०८४ मा जवाफ दिनेछन् हेक्का राख्नुहोला । राज्य सञ्चालनको जिम्मा लिएकाहरुले बजेट विनियोजनमा कुन हदसम्मको बेइमानी गरेका छन् भन्ने जान्न यही संसदमा सत्ता पक्षका सांसदहरुले राखेको कुराबाट थाहा हुन्छ । हामी प्रतिपक्ष दलका सांसदहरुको गुनासोको सुनुवाइ हुने वातावरण बनाउने दायित्व तपाईको हो सभामुख महोदय । बजेट विनियोजनमा गरिएको बेइमानी तत्काल सच्याइयोस् । आफ्नो निर्वाचन क्षेत्रमा मात्रै बजेट हालेपछि तपाईलाई लागेको होला २०८४ को चुनाव जित्न सजिलो हुन्छ । तर, याद राख्नुस् तपाईको पैत्रृक सम्पत्ति जसरी गरि आफ्नो मनलाग्दी राज्यकोषको दुरुपयोग गर्नेलाई जनताले २०८४ मा जवाफ दिनेछन् । म तपाईहरुलाई रोष्ट्रमबाट खुला चुनौति दिन चाहन्छु, अहिले आफ्नो निर्वाचन क्षेत्रमा मात्र बजेट केन्द्रित गर्ने कुन क्षेत्रमा चुनाव लडुँ भन्नुस्, म २०८४ मा तपाईको क्षेत्रमा चुनाव लड्न आउँछु । तपाई बजेट हालेको कारणले मात्र म जित्छु भन्ने दिवा सपना नदेख्नुस् । बजेटमाथि कब्जाको नीतिले २०८४ मा चुनाव जित्छु भन्ने दिवा सपनाबाट विउझिन आग्रह गर्न चाहन्छु ।’

उनले दैलेखमा रहेको पेट्रोलियम पदार्थ मिथेन ग्यासको अन्वेषणबाट आएको प्रारम्भिक प्रतिवेदनले सबैलाई उत्साहित बनाएको बताउँदै अब कनिका छरे जसरी बजेट छर्ने प्रवृत्ति बन्द गरी यसप्रकारका परिणाममुखी परियोजनामा लगानी वृद्धिका लागि आग्रह गरे ।


प्रकाशित मिति: ७ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?