Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

छानविन समिति बनाउन एक महिना कुर्न हुँदैनः माओवादी सांसद मोदी


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले भिजिट भिसा प्रकरणमा अनुसन्धान गर्न छानविन समिति बनाउन एक महिना कुर्न नहुने बताएका छन् ।

प्रतिनिधि सभाको शनिवारको बैठकमा बोल्दै उनले यस्तो बताएका छन् । उनले गृहमन्त्री रमेश लेखकको बारेमा भिजिट भिसा प्रकरण प्रश्न उठेको भन्दै यसबारेमा छानविन समिति बनाउन एक महिना कुर्न नहुने बताए । उनले त्यसअघि नै छानविन समिति बनाएको खण्डमा गृहमन्त्रीमाथि लागेको आरोपबारे पनि अनुसन्धान भइ संसद सुचारु हुन सहज हुने बताए ।

उनले भने, ‘गृहमन्त्रीज्युको बारेमा गम्भीर प्रश्न उठेको छ । यसमा भिजिट भिसाको सम्बन्धमा आज देखिरहनुभएको छ । सरुवा, बढुवा प्रणालीमा पनि जुनियरलाई सिनियर र सिनियरलाई जुनियर भन्ने गरिएको छ । यि सबै विषयहरुमा कमसेकम यो संसदले एउटा छानविन समिति बनाउनुपर्छ । एक महिना भित्रमा आफैँ पनि बनाउने भनेर बोल्नुभएको छ । एक महिना किन पर्खिने चाँडै गरिदिए एउटा निकास पनि हुन्छ । तपाईंमा लागेको, गृह मन्त्रालय, भिजिट भिसामा देखिएको समस्याहरुको बारेमा समाधान हुन्छ । गृह प्रशासनसँग सम्बन्धित विकृति, विसंगतिलाई पनि अन्त्य गर्न त्यो मोडलबाट जानुपर्छ ।’

सांसद मोदीले भिजिट भिसा प्रकरणमात्र नभइ गृह प्रशासनसँग सम्बन्धित विकृति अनुसन्धान गर्न पनि छानविन समिति बनाउनुपर्ने माग गरे ।


प्रकाशित मिति: ७ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?