Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

रास्वपा स्थापनाको मूल उद्देश्य मुलुकको नीति परिवर्तनका लागि होः महामन्त्री बुर्लाकोटी


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले रास्वपा स्थापनाको मुख्य उद्देश्य देशको नीति परिवर्तनका लागि भएको बताएका छन् ।

पार्टी स्थापना दिवसका अवसरमा माईतीघर मण्डलामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री बुर्लाकोटीले यस्तो बताएका हुन् । उनले भिजिट भिसा प्रकरणमा पछिल्लो समयमा मात्रै चार अर्बभन्दा बढी रकम भ्रष्टाचार भएकोले मुख नखोल्नेहरुको छानविन गरौं भनेर सदनमा आवाज उठाएको स्पष्ट पारे । बन्द कोठाभित्र निजी मन्थन नगरौं भनेर नै सडकमा ऐक्यवद्धता गर्न र लुटतन्त्रविरुद्ध खबरदारी गर्दै सडकदेखि सदनसम्म आवाज उठाउनकै लागि पार्टी स्थापनाका दिन पारेर सबैलाई सडकमा आउन आह्वान गरेको उनको भनाई थियो । महामन्त्री बुर्लाकोटीले एउटा रवि लामिछानेले सिध्याउने भयका कारण झुटो मुद्दा लगाएको आरोप लगाउँदै २०८४ पछि लुटतन्त्र खारेज र सुसंस्कृत राजनीतिको सम्बद्र्धन गर्ने उद्घोष गरे ।

उनले भने, ‘यो पार्टीको मुख्य उद्देश्य यो देशको नीति परिवर्तनका खातिर एउटा राष्ट्रिय नीति सम्मेलन गरौं भन्ने थियो । तर आज देशको राजनीतिमा जे भइरहेको छ, देशमा जुन हिसावको लुटतन्त्र भइरहेको छ । भिजिट भिषा काण्डमा पछिल्लो एउटा समयमा मात्रै चार अर्ब बढी रकम भ्रष्टाचार भएको छ । त्यसैले मुख नखोल्नेहरुको छानविन गरौं भनेर सदनमा हामीले जुन किसिमको आवाज बुलन्द गरेका छौं, जुन हिसावको अडान लिएका छौं त्यो अडान त्यस्तो अवस्थामा बन्द कोठाभित्र निजी मन्थन नगरौं, साथीहरुलाई सडकमै ऐक्यवद्धता गरौं र अहिलेको लुटतन्त्रविरुद्ध खबरदारी गर्दै सडकदेखि सदनसम्म लैजाउ भनेर आज सबैलाई सडकमा आउन आह्वान गरेका छौं । एउटा रवि लामिछानेसँग तर्सिएर झुठा मुद्दा लगाई लगाई एउटा अदालत हैन पाँच पाँच वटा अदालत र त्यसपछि सरकार नै लागेर लुटतन्त्र नै गरि अब हामीलाई रवि लामिछानेले ठेगान लगाउने भए र यो देशको लुटतन्त्र र भ्रष्टाचार खारेज गर्ने भए भनेर जसरी उनीहरुलाई डर भएको छ त्यो डर मान्नुपर्दैन ढुक्क भए हुन्छ २०८४ पछाडि लुटतन्त्र खारेज गर्छौं र सुसंस्कृत राजनीतिलाई सम्बद्र्धन गर्छौं । एउटा अपवाद स्वरुप पार्टीको स्थापना दिवसमा स्वस्फूर्त रुपमा लुटतन्त्रको खारेजीको नारालाई सडकसम्म ल्याउने निर्णय गरेका छौं ।’

उनले पार्टी स्थापना दिवसको अवसरमा स्वस्फ्रर्त रुपमा लुटतन्त्र खारेजीको नारालाई सडकमै ल्याउने निर्णय गरेको जानकारी पनि दिए ।


प्रकाशित मिति: ७ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?