Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

योगको सम्बन्ध इजरायल र इरानबीच चलिरहेको द्वन्द्व अन्त्य होस् भन्नेकुरासँग सम्बन्धित छः प्रधानमन्त्री


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले योगको सम्बन्ध इजरायल र इरानबीच अहिले चलिरहेको द्वन्द्व अन्त्य होस् भन्नेकुरासँग सम्बन्धित रहेको बताएका छन् ।

शनिवार ललितपुरमा ११ औं विश्व योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । दुनियाँमा फेरि शान्ति स्थापना होस्, फेरि युद्ध नभड्कियोस् भन्ने कामनासँग योगको सम्बन्ध रहेको बताए । उनले योगको सम्बन्ध परलोकसँग नभइ यही लोकसँग सम्बन्धित रहेको जिकिर गरे । उनले यदी यम नियम मानिँदैन भने जति आसन र प्राणयाम गरे पनि समाजका लागि फाइदा नहुने बताए । उनले कर्मयोग र कर्मठ योगबिना समाजलाई फाइदा हुन नसक्ने बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘योगका यदी यम नियम मानिँदैन भने जति आसन गर्नुस्, प्राणयाम गर्नुस्, आफ्ना लागि त होला, समाजका लागि हुँदैन, समाजमा व्यक्तित्व बन्दैन । ध्यानले मात्र पुग्दैन । कर्मयोग र कर्मठ योगबिना हामीले ध्यान मात्रै गर्ने हो भने काम छैन । योगको सम्बन्ध परलोकसँग होइन, यो लोकसँग छ । मानव जातिसँग छ । योगको सम्बन्ध, इजरायल र इरानका बीचको अहिले चलिरहेको द्वन्द्व अन्त्य होस्, स्टप होस् भन्नेकुरासँग सम्बन्धित छ । दुनियाँमा फेरि शान्ति स्थापना होस्, फेरि युद्ध नभड्कियोस् भन्ने कामनासँग, यस्तो प्रयाससँग सम्बन्धित छ । यो नराम्रा कुरासँग सम्बन्धित छैन । युद्ध मान्छे मारामारको अवस्थालाई भनिन्छ, साँढे जुधाईलाई युद्ध भनिँदैन । मान्छे मारामार भन्दा नराम्रो कुरा के हो ? अरु केही हुनसक्छ ? त्यही भइरहेको छ । दाउपेच भइरहेको छ । कसले धेरै मार्ने भनेर ? एउटा देशको राष्ट्रपतिलाई अर्को देशको राष्ट्रपतिले, प्रधानमन्त्रीले त्यो फलानोलाई मार्छु भनेको छ । ग्लोवल अर्डर । यस्ता कुरा सुन्न थालिएको छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले हात, पाउ खियाएको जिन्दगी बाँच्न सुझाव दिए । उनले आफ्नो आचरणमा, यम नियममा ज्ञान दिनुपर्ने सुझाव दिए ।


प्रकाशित मिति: ७ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?