Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

योगको सम्बन्ध इजरायल र इरानबीच चलिरहेको द्वन्द्व अन्त्य होस् भन्नेकुरासँग सम्बन्धित छः प्रधानमन्त्री


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले योगको सम्बन्ध इजरायल र इरानबीच अहिले चलिरहेको द्वन्द्व अन्त्य होस् भन्नेकुरासँग सम्बन्धित रहेको बताएका छन् ।

शनिवार ललितपुरमा ११ औं विश्व योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । दुनियाँमा फेरि शान्ति स्थापना होस्, फेरि युद्ध नभड्कियोस् भन्ने कामनासँग योगको सम्बन्ध रहेको बताए । उनले योगको सम्बन्ध परलोकसँग नभइ यही लोकसँग सम्बन्धित रहेको जिकिर गरे । उनले यदी यम नियम मानिँदैन भने जति आसन र प्राणयाम गरे पनि समाजका लागि फाइदा नहुने बताए । उनले कर्मयोग र कर्मठ योगबिना समाजलाई फाइदा हुन नसक्ने बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘योगका यदी यम नियम मानिँदैन भने जति आसन गर्नुस्, प्राणयाम गर्नुस्, आफ्ना लागि त होला, समाजका लागि हुँदैन, समाजमा व्यक्तित्व बन्दैन । ध्यानले मात्र पुग्दैन । कर्मयोग र कर्मठ योगबिना हामीले ध्यान मात्रै गर्ने हो भने काम छैन । योगको सम्बन्ध परलोकसँग होइन, यो लोकसँग छ । मानव जातिसँग छ । योगको सम्बन्ध, इजरायल र इरानका बीचको अहिले चलिरहेको द्वन्द्व अन्त्य होस्, स्टप होस् भन्नेकुरासँग सम्बन्धित छ । दुनियाँमा फेरि शान्ति स्थापना होस्, फेरि युद्ध नभड्कियोस् भन्ने कामनासँग, यस्तो प्रयाससँग सम्बन्धित छ । यो नराम्रा कुरासँग सम्बन्धित छैन । युद्ध मान्छे मारामारको अवस्थालाई भनिन्छ, साँढे जुधाईलाई युद्ध भनिँदैन । मान्छे मारामार भन्दा नराम्रो कुरा के हो ? अरु केही हुनसक्छ ? त्यही भइरहेको छ । दाउपेच भइरहेको छ । कसले धेरै मार्ने भनेर ? एउटा देशको राष्ट्रपतिलाई अर्को देशको राष्ट्रपतिले, प्रधानमन्त्रीले त्यो फलानोलाई मार्छु भनेको छ । ग्लोवल अर्डर । यस्ता कुरा सुन्न थालिएको छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले हात, पाउ खियाएको जिन्दगी बाँच्न सुझाव दिए । उनले आफ्नो आचरणमा, यम नियममा ज्ञान दिनुपर्ने सुझाव दिए ।


प्रकाशित मिति: ७ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?