Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

म माथि मिसनका साथ गालीगलौज गर्नेहरु योगको संगतमा आए मान्छे बन्नेछन्ः प्रधानमन्त्री ओली


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले मिसनका साथ आफूमाथि गालीगलौज गरिरहेको बताएका छन् ।

शनिवार ललितपुरमा ११ औं विश्व योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूले कसैप्रति वैरभाव नराखेको बताउँदै आफू सधैँ प्रसन्नचित्त रहने गरेको बताए । तर आफूमाथि केही तत्वहरु मिसनका साथ गालीगलौज गर्न उत्रिरहेको बताए । उनले आफूले बुझाउन नसक्दा पनि गाली आइरहेको र सबैलाई बुझाउन नसकिने बताए । गालीको मिसन चलाउनेहरु योगको संगतमा आएको खण्डमा मान्छे बन्ने बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘म कसैप्रति वैरभाव केही रााख्दिन । सधैँ प्रसन्नचित्त हुन्छु । मलाई गाली गरिरहेका हुन्छन् । मिसन छ गाली गर्ने । मिसन छ । म बुझ्छु त्यो कुरा । माया लाग्छ गाली गर्नेहरुप्रति । तर म प्रसन्न रहन्छु । किनभने मैले उसलाई बुझाउन सकिनँ । त्यत्तिमात्रै कुरा हो । मेरो बुँता भन्दा बाहिरको कुरा हो सायद । म कतिलाई बुझाउनसक्छु, भेट्न सक्छु सबैलाई बुझाउन सक्दिन । यदी योगको संगतमा आए भने तपाईंहरुको संगतमा आए भने ति मान्छेहरु पनि मान्छे हुन्छन् । तपाईंहरुले कसैलाई मुख छोड्दै गाली गर्दै हिँड्नुभएको छ ? हिँड्नुहुन्न । किनभने तपाईंहरु योग, ध्यान, प्राणयाम गर्नुहुन्छ । योग भनेको चित्तानुशासनम हो ।’

प्रधानमन्त्री ओलीले योग मनलाई स्थिर गर्नेकुरा रहेको बताए । उनले राम्रा काममा स्थिर हुनु नै योग भएको जिकिर गरे ।


प्रकाशित मिति: ७ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?