Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

म माथि मिसनका साथ गालीगलौज गर्नेहरु योगको संगतमा आए मान्छे बन्नेछन्ः प्रधानमन्त्री ओली


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले मिसनका साथ आफूमाथि गालीगलौज गरिरहेको बताएका छन् ।

शनिवार ललितपुरमा ११ औं विश्व योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूले कसैप्रति वैरभाव नराखेको बताउँदै आफू सधैँ प्रसन्नचित्त रहने गरेको बताए । तर आफूमाथि केही तत्वहरु मिसनका साथ गालीगलौज गर्न उत्रिरहेको बताए । उनले आफूले बुझाउन नसक्दा पनि गाली आइरहेको र सबैलाई बुझाउन नसकिने बताए । गालीको मिसन चलाउनेहरु योगको संगतमा आएको खण्डमा मान्छे बन्ने बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘म कसैप्रति वैरभाव केही रााख्दिन । सधैँ प्रसन्नचित्त हुन्छु । मलाई गाली गरिरहेका हुन्छन् । मिसन छ गाली गर्ने । मिसन छ । म बुझ्छु त्यो कुरा । माया लाग्छ गाली गर्नेहरुप्रति । तर म प्रसन्न रहन्छु । किनभने मैले उसलाई बुझाउन सकिनँ । त्यत्तिमात्रै कुरा हो । मेरो बुँता भन्दा बाहिरको कुरा हो सायद । म कतिलाई बुझाउनसक्छु, भेट्न सक्छु सबैलाई बुझाउन सक्दिन । यदी योगको संगतमा आए भने तपाईंहरुको संगतमा आए भने ति मान्छेहरु पनि मान्छे हुन्छन् । तपाईंहरुले कसैलाई मुख छोड्दै गाली गर्दै हिँड्नुभएको छ ? हिँड्नुहुन्न । किनभने तपाईंहरु योग, ध्यान, प्राणयाम गर्नुहुन्छ । योग भनेको चित्तानुशासनम हो ।’

प्रधानमन्त्री ओलीले योग मनलाई स्थिर गर्नेकुरा रहेको बताए । उनले राम्रा काममा स्थिर हुनु नै योग भएको जिकिर गरे ।


प्रकाशित मिति: ७ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?