Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

नेपाली समाजमा अनुशासनको कमी छः प्रधानमन्त्री ओली


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले अनुशासन योगको पहिलो सूत्र भएको बताएका छन् ।

शनिवार ललितपुरमा ११ औं विश्व योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाली समाजमा अनुशासनको कमी रहेको बताए । उनले आज विश्वमा अहिंसा र शान्ति चाहिएको यसको पूर्ति योगले मात्रै गर्नसक्ने जिकिर गरे । हतियारधारी र अहंकारीहरुले योग र अनुशासन बुझ्न जरुरी रहेको बताए । मान्छेको अहंकार सबैभन्दा ठूलो खतरा रहेको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘अथ योगानुशासनम । अब योग अनुशासन प्रारम्भ हुन्छ । योग भन्नेबित्तिकै अनुशासनको कुरा आउँछ । आज नेपाली समाज पीडित केमा छ भने अनुशासनको समस्या छ, अनुशासनहिनता छ । अनुशासन योगको पहिलो सूत्र हो । अनुशासनमा बस्न सकिएन भने ज्ञान, ध्यानले केही पनि हुँदैन । ध्यानको पनि अनुशासन हुन्छ । अनुशासनमा बसेन भने कसरी ध्यान हुन्छ । हरेक चिजको अनुशासन हुन्छ । समाजको अनुशासन हुन्छ । अष्टाङ्ग योगका आठ सूत्र छन् । आज विश्वलाई शान्ति चाहिएको छ, हिंसा होइन, अहिंसा चाहिएको छ । आज विश्वले खोजिरहेको हाम्रा पूर्खाले उहिलेदेखि भन्ने गर्दथे, ओम शान्ति, ओम शान्ति, शान्ति । कति महत्वपूर्ण छ आज पनि । यही यम र नियम मात्रै बुझिदिए हतियारधारीहरुले भने, अहंकारधारीहरुले भने । हतियारमात्रै केही खतरा होइन, बन्दुक आफैँ पड्किँदैन, त्यसमा गोली हुन्छ, बहुत खतरनाक हुन्छ । मान्छेको अहंकारले गर्दा हतियार बनाउँछ, चलाउँछ, विनाश गर्दछ, विनाशमा रमाउँछ । विनाशमा थप अहंकार पैदा गर्दछ । अहंकारी हुन्छ । हिंसा होइन, अहिंसा । सत्य व्यवहार गर्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले आवश्यकता नभएका कुराहरुको लोभ गर्न नहुने बताए । उनले आफूलाई स्वस्थ राख्नुपर्ने बताए ।


प्रकाशित मिति: ७ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?