Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

नेपाली समाजमा अनुशासनको कमी छः प्रधानमन्त्री ओली


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले अनुशासन योगको पहिलो सूत्र भएको बताएका छन् ।

शनिवार ललितपुरमा ११ औं विश्व योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाली समाजमा अनुशासनको कमी रहेको बताए । उनले आज विश्वमा अहिंसा र शान्ति चाहिएको यसको पूर्ति योगले मात्रै गर्नसक्ने जिकिर गरे । हतियारधारी र अहंकारीहरुले योग र अनुशासन बुझ्न जरुरी रहेको बताए । मान्छेको अहंकार सबैभन्दा ठूलो खतरा रहेको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘अथ योगानुशासनम । अब योग अनुशासन प्रारम्भ हुन्छ । योग भन्नेबित्तिकै अनुशासनको कुरा आउँछ । आज नेपाली समाज पीडित केमा छ भने अनुशासनको समस्या छ, अनुशासनहिनता छ । अनुशासन योगको पहिलो सूत्र हो । अनुशासनमा बस्न सकिएन भने ज्ञान, ध्यानले केही पनि हुँदैन । ध्यानको पनि अनुशासन हुन्छ । अनुशासनमा बसेन भने कसरी ध्यान हुन्छ । हरेक चिजको अनुशासन हुन्छ । समाजको अनुशासन हुन्छ । अष्टाङ्ग योगका आठ सूत्र छन् । आज विश्वलाई शान्ति चाहिएको छ, हिंसा होइन, अहिंसा चाहिएको छ । आज विश्वले खोजिरहेको हाम्रा पूर्खाले उहिलेदेखि भन्ने गर्दथे, ओम शान्ति, ओम शान्ति, शान्ति । कति महत्वपूर्ण छ आज पनि । यही यम र नियम मात्रै बुझिदिए हतियारधारीहरुले भने, अहंकारधारीहरुले भने । हतियारमात्रै केही खतरा होइन, बन्दुक आफैँ पड्किँदैन, त्यसमा गोली हुन्छ, बहुत खतरनाक हुन्छ । मान्छेको अहंकारले गर्दा हतियार बनाउँछ, चलाउँछ, विनाश गर्दछ, विनाशमा रमाउँछ । विनाशमा थप अहंकार पैदा गर्दछ । अहंकारी हुन्छ । हिंसा होइन, अहिंसा । सत्य व्यवहार गर्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले आवश्यकता नभएका कुराहरुको लोभ गर्न नहुने बताए । उनले आफूलाई स्वस्थ राख्नुपर्ने बताए ।


प्रकाशित मिति: ७ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?