Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

विश्वमा नेपालको परिचय र ब्राण्डिङलाई स्थापित गर्नुपर्छः पर्यटनमन्त्री पाण्डे


काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले विश्वमा देशको परिचय र ब्रान्डिङलाई स्थापित गर्नुपर्नेमा जोड दिएका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले देशभित्र आफ्नो सम्पतीलाई संरक्षण, विकास र प्रवद्र्धन गर्नेका साथै देशबाहिर पनि परिचयलाई स्थापित गर्नुपर्ने बताए । उनले बौद्धिक सम्पतीमाथिको अधिकारलाई कानूनहरूले सुनिश्चित नगरिदिएको कारणले कतिपय अवस्थामा पीडित हुनुपरेको जिकिर गरे । उनले बौद्धिक सम्पतीका विषयलाई सरकारले सम्बोधन गर्ने विश्वास व्यक्त गरे । उनले बौद्धिक सम्पत्तिको अधिकारलाई सुरक्षित गर्न नीति तथा कानून बनाउने र कार्यान्वयन गर्ने विषयमा सरकार दृढतापूर्वक प्रस्तुत हुने जिकिर गरे ।

उनले भने, “हामीले देशभित्र हाम्रो सम्पतीलाई संरक्षण, विकास, प्रवद्र्धन गर्ने र देशबाहिर ग्लोबल क्षितिजमा हाम्रो आफ्नो परिचय, हाम्रो आफ्नो ब्राण्डिङलाई स्थापित गर्नुपर्नेछ । बौद्धिक सम्पत्तिमाथिको अधिकार हाम्रो कानूनहरूले सुनिश्चित नगरिदिएको कारणले कतिपय अवस्थामा बडो पीडामा पनि हुनुहुन्छ होला । यी सबै विषयलाई हामीले सम्बोधन गर्ने हो, सरकारले सम्बोधन गर्ने हो । त्यसका लागि नीति बनाउने, कानून बनाउने र कार्यान्वयन गर्ने सन्दर्भमा सरकार दृढतापूर्वक प्रश्तुत हुन्छ ।”

उनले संस्कृति नीति मन्त्रिपरिषद्मा रहेको बताउँदै उक्त नीतिले बौद्धिक सम्पतीलाई पनि समेटेको जिकिर गरे ।


प्रकाशित मिति: ६ असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?