Trending
>>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान >>   अध्यादेशमार्फत मृत्यु घोषणा र दर्ताका लागि कानून संशोधन गर्दैछौँः कानूनमन्त्री गौतम >>   महामन्त्री पदका लागि सुनिल शर्माको उम्मेदवारी >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशनः नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता शुरु >>   वागमतीमा उज्यालो नेपाल पार्टीको सरकार बन्छ:कुलमान घिसिङ >>   ‘विपद् प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज र राहत प्याकेजको माग’ >>   राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढायो, के–केमा भयो परिवर्तन ? >>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

विश्वमा नेपालको परिचय र ब्राण्डिङलाई स्थापित गर्नुपर्छः पर्यटनमन्त्री पाण्डे


काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले विश्वमा देशको परिचय र ब्रान्डिङलाई स्थापित गर्नुपर्नेमा जोड दिएका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले देशभित्र आफ्नो सम्पतीलाई संरक्षण, विकास र प्रवद्र्धन गर्नेका साथै देशबाहिर पनि परिचयलाई स्थापित गर्नुपर्ने बताए । उनले बौद्धिक सम्पतीमाथिको अधिकारलाई कानूनहरूले सुनिश्चित नगरिदिएको कारणले कतिपय अवस्थामा पीडित हुनुपरेको जिकिर गरे । उनले बौद्धिक सम्पतीका विषयलाई सरकारले सम्बोधन गर्ने विश्वास व्यक्त गरे । उनले बौद्धिक सम्पत्तिको अधिकारलाई सुरक्षित गर्न नीति तथा कानून बनाउने र कार्यान्वयन गर्ने विषयमा सरकार दृढतापूर्वक प्रस्तुत हुने जिकिर गरे ।

उनले भने, “हामीले देशभित्र हाम्रो सम्पतीलाई संरक्षण, विकास, प्रवद्र्धन गर्ने र देशबाहिर ग्लोबल क्षितिजमा हाम्रो आफ्नो परिचय, हाम्रो आफ्नो ब्राण्डिङलाई स्थापित गर्नुपर्नेछ । बौद्धिक सम्पत्तिमाथिको अधिकार हाम्रो कानूनहरूले सुनिश्चित नगरिदिएको कारणले कतिपय अवस्थामा बडो पीडामा पनि हुनुहुन्छ होला । यी सबै विषयलाई हामीले सम्बोधन गर्ने हो, सरकारले सम्बोधन गर्ने हो । त्यसका लागि नीति बनाउने, कानून बनाउने र कार्यान्वयन गर्ने सन्दर्भमा सरकार दृढतापूर्वक प्रश्तुत हुन्छ ।”

उनले संस्कृति नीति मन्त्रिपरिषद्मा रहेको बताउँदै उक्त नीतिले बौद्धिक सम्पतीलाई पनि समेटेको जिकिर गरे ।


प्रकाशित मिति: ६ असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?