Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

दोलखाको मिथेन ग्याँस उत्खनन र धौवादी फलाम कारखानाको काम अघि बढेसँगै देशलाई ठूलो आम्दानी हुन्छ


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा ५० वर्षसम्म नेपाललाई पुग्ने मिथेन ग्याँस पत्ता लागेको बताएका छन् ।

शुक्रवार ग्वार्को फ्लाइओभरको उद्घाटन गर्दै उनले यस्तो बताए । उनले १ सय १२ मिलियन मेट्रिकटन ग्याँस पत्ता लागेको बताउँदै यसबाट नेपालले आर्थिक उन्नति गर्नसक्ने बताए । उनले दैलेखमा रहेको ग्याँसको अध्ययनका लागि पनि आफूले नै काम शुरु गरेको र अहिलेको फ्लाइओभरको उद्घाटन पनि आफूले नै गरेको बताए । धौवादी फलाम कारखानाको काम अघि बढिरहेको र धौवादी फलाम कारखाना सम्पन्न हुने बित्तिकै नेपाललाई सय वर्षलाई पुग्ने फलाम, आइरन, स्टिल प्राप्त हुने दाबी गरे । त्यसले देशलाई ठूलो टेवा पुग्ने बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘हिजो मात्रै एउटा समाचार आयो । अखबारहरुमा व्यापक स्थान पायो । दैलेखमा नेपाललाई ५० वर्ष कमसेकम पुग्ने गरीको मेथन ग्याँस पत्ता लाग्यो । त्यो प्रमाणित भयो । १ सय १२ मिलियन मेट्रिकटन होला सायद अथवा ठूलो मात्रामा ५० वर्ष नेपाललाई पुग्नेगरी तीन वटा कुवा छ त्यहाँ त्यसमध्ये एउटाबाट मात्रै ५० वर्ष नेपाललाई मिथेन ग्याँस त्यहाँबाट पैदा हुन्छ । जुन कुरा यो फ्लाइओभर शुरु गरेको जस्तै त्यसको पनि शुरुवात मैले नै गरेको थिएँ । हामी धौवादी फलाम कारखाना अघि बढाउँदैछौँ । धौवादी फलाम कारखाना सम्पन्न हुने बित्तिकै हामीले नेपाललाई सय वर्षलाई पुग्ने फलाम, आइरन, स्टिल आदि कारखानाहरु यहाँ स्थापना गर्नेछौँ । त्यसले देशको अर्थतन्त्रलाई धेरै अगाडि बढाउनेछ । त्यसले विदेश जाने मुद्रा नेपालमै रहन्छ । वार्षिक ठूलो आम्दानी त्यहाँबाट हुनेछ । धेरैले रोजगारी नेपालभित्र पाउनेछन् । अरु खनिजको उत्खनन हुन्छ ।’

प्रधानमन्त्री ओलीले धौवादी फलाम कारखानाको उत्खनन र मिथेन ग्याँसको प्राप्तिसँगै विदेश जाने मुद्रा नेपालमै रहने र वार्षिक ठूलो आम्दानी हुने बताए । यसले स्वदेशमै रोजगारी सिर्जना हुने बताएका छन ।


प्रकाशित मिति: ६ असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?