Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

दोलखाको मिथेन ग्याँस उत्खनन र धौवादी फलाम कारखानाको काम अघि बढेसँगै देशलाई ठूलो आम्दानी हुन्छ


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा ५० वर्षसम्म नेपाललाई पुग्ने मिथेन ग्याँस पत्ता लागेको बताएका छन् ।

शुक्रवार ग्वार्को फ्लाइओभरको उद्घाटन गर्दै उनले यस्तो बताए । उनले १ सय १२ मिलियन मेट्रिकटन ग्याँस पत्ता लागेको बताउँदै यसबाट नेपालले आर्थिक उन्नति गर्नसक्ने बताए । उनले दैलेखमा रहेको ग्याँसको अध्ययनका लागि पनि आफूले नै काम शुरु गरेको र अहिलेको फ्लाइओभरको उद्घाटन पनि आफूले नै गरेको बताए । धौवादी फलाम कारखानाको काम अघि बढिरहेको र धौवादी फलाम कारखाना सम्पन्न हुने बित्तिकै नेपाललाई सय वर्षलाई पुग्ने फलाम, आइरन, स्टिल प्राप्त हुने दाबी गरे । त्यसले देशलाई ठूलो टेवा पुग्ने बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘हिजो मात्रै एउटा समाचार आयो । अखबारहरुमा व्यापक स्थान पायो । दैलेखमा नेपाललाई ५० वर्ष कमसेकम पुग्ने गरीको मेथन ग्याँस पत्ता लाग्यो । त्यो प्रमाणित भयो । १ सय १२ मिलियन मेट्रिकटन होला सायद अथवा ठूलो मात्रामा ५० वर्ष नेपाललाई पुग्नेगरी तीन वटा कुवा छ त्यहाँ त्यसमध्ये एउटाबाट मात्रै ५० वर्ष नेपाललाई मिथेन ग्याँस त्यहाँबाट पैदा हुन्छ । जुन कुरा यो फ्लाइओभर शुरु गरेको जस्तै त्यसको पनि शुरुवात मैले नै गरेको थिएँ । हामी धौवादी फलाम कारखाना अघि बढाउँदैछौँ । धौवादी फलाम कारखाना सम्पन्न हुने बित्तिकै हामीले नेपाललाई सय वर्षलाई पुग्ने फलाम, आइरन, स्टिल आदि कारखानाहरु यहाँ स्थापना गर्नेछौँ । त्यसले देशको अर्थतन्त्रलाई धेरै अगाडि बढाउनेछ । त्यसले विदेश जाने मुद्रा नेपालमै रहन्छ । वार्षिक ठूलो आम्दानी त्यहाँबाट हुनेछ । धेरैले रोजगारी नेपालभित्र पाउनेछन् । अरु खनिजको उत्खनन हुन्छ ।’

प्रधानमन्त्री ओलीले धौवादी फलाम कारखानाको उत्खनन र मिथेन ग्याँसको प्राप्तिसँगै विदेश जाने मुद्रा नेपालमै रहने र वार्षिक ठूलो आम्दानी हुने बताए । यसले स्वदेशमै रोजगारी सिर्जना हुने बताएका छन ।


प्रकाशित मिति: ६ असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?