Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

पञ्जाब प्रान्तमा मे १४ मा निर्वाचन हुने


२३ चैत्र, एजेन्सी । पाकिस्तानको निर्वाचन आयोगले सर्वोच्च अदालतको आदेशअनुसार आगामी मे १४ मा निर्वाचन गराउने घोषणा गरेको छ । बुधबार देशको सर्वोच्च अदालतले चुनाव गराउन निर्देशन दिएको थियो ।

सुरक्षा र आर्थिक सङ्कटलाई देखाएर आयोगले यही एप्रिल १० देखि अक्टोबर ८ सम्म निर्वाचन गराउन नसकिने बताएपछि आयोगको उक्त निर्णयलाई चुनौती दिँदै सर्वोच्च अदालतमा मुद्दा दायर भएको थियो । प्रधानन्यायधीश उमर अता बन्दियाल नेतृत्वको तीन सदस्यीय इजलासले पञ्जाबको विधानसभा निर्वाचनको मिति तोकेरै फैसला गरेको हो ।

सर्वोच्च अदालतको निर्णयसँगै आयोगले पनि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । उम्मेदवारी दर्ता सम्बन्धमा मतदान अधिकृतको निर्णयविरुद्ध अपील गर्ने अन्तिम मिति एप्रिल १० कायम गरिएको छ भने १७ एप्रिल भित्रमा उजुरीको छिनोफानो लगाएर अन्तिम उम्मेदवारको नामावली १८ एप्रिलमा सार्वजनिक गर्नुपर्नेछ ।


प्रकाशित मिति: २३ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?