Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

कोरियाली प्रायद्वीपलाई आणविक युद्धतर्फ धकेलेको उत्तर कोरियाको आरोप


चैत्र २३, एजेन्सी । कोरियाली प्रायद्वीपलाई अमेरिका र दक्षिण कोरियाले आणविक युद्धतर्फ धकेलेको आरोप उत्तर कोरियाले लगाएको छ । अमेरिका र दक्षिण कोरियाले गरेका संयुक्त सैन्य अभ्यासलाई लिएर प्योङयाङले उक्त आरोप लगाएको हो ।

संयुक्त सैन्य अभ्यास कोरियाली प्रायद्वीपको शान्ति र स्थायित्वका निम्ति जोखिमपूर्ण भएको र त्यसले आणविक युद्ध निम्त्याउन खोजेको सरकारी सञ्चारमाध्यम कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए)ले जनाएको छ ।

अन्तरराष्ट्रिय सुरक्षा विश्लेषक चो जु ह्योनले संयुक्त सैन्य अभ्यासले प्रायद्वीपको स्थितिलाई विष्फोटक बनाउने प्रयास गरेको केसीएनएलाई बताएका छन् । उत्तर कोरियाले पनि आक्रमक कारबाही गर्नसक्ने चेतावनी उनले दिएका छन् । अमेरिका र उसका सहयोगीहरूले सैन्य उन्माद प्रस्तुत गरेर कोरियाली प्रायद्वीपको शान्ति र स्थायित्वमाथि खेलवाड गरेको आरोप उनले लगाएका छन् ।

पाँच वर्षको अन्तरालमा हालै अमेरिका र दक्षिण कोरियाले गरेका विशाल संयुक्त सैन्य अभ्यासलाई उत्तर कोरियाले आफूमाथिको आक्रमणको पूर्वाभ्यास भन्दै त्यसको कठोर शब्दमा निन्दा गर्दै आएको छ ।

संयुक्त सैन्य अभ्यासको विरोधमा उत्तरले पनि शृङ्खलाबद्ध रूपमा साना–ठूला क्षेप्यास्त्रको परीक्षण जारी राख्यो । गत वर्ष ७० वटाभन्दा बढी क्षेप्यास्त्र परीक्षण गरेको प्योङयाङले यो वर्ष विभिन्न दश वटा परीक्षण कार्यक्रमअन्तर्गत कम्तीमा २० पटक ‘ब्यालेस्टिक’ र ‘क्रुज मिसाइल’ परीक्षण गरिसकेको छ ।

बारम्बार छोटो तथा लमो दूरीका क्षेप्यास्त्र परीक्षण गरेर उत्तर कोरियाले हिन्द–प्रशान्त क्षेत्रका अमेरिकी सैन्य अखडा र दक्षिण कोरियाली कमाण्ड सेन्टरलाई निशाना बनाएको सुरक्षा विश्लेषकहरूले बताएका छन् । उत्तर कोरियाले निरन्तर गरेका परीक्षणबाट टोकियो, सोल र वासिङ्टनबीचको सहकार्यलाई अझ सुदृढ बनाउने उनीहरूको तर्क छ ।

उत्तर कोरियाली नेता किम जोङ उनले यो महिनाको प्रारम्भमा वास्तविक युद्धका लागि तयारी गर्न तथा सैन्य अभ्यास तीव्र तुल्याउन सम्बद्ध निकायलाई निर्देशन दिएका थिए ।

उत्तर कोरियाले आफ्नो शक्तिशाली क्षेप्यास्त्र भने आजसम्म प्रक्षेपण गरेको छैन । आफूलाई अपरिवर्तनीय आणविक शक्ति घोषणा गरेको उसले क्षेप्यास्त्र परीक्षणलाई आफ्नो अधिकार एवम् प्राथमिकता भन्दै आएको छ ।


प्रकाशित मिति: २३ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?