Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

ट्याङ्कीमा डुबेर पाँच जनाको मृत्यु


२३ चैत्र, एजेन्सी । भारतको दक्षिणी राज्य तामिलनाडुमा धार्मिक अनुष्ठान (स्नान) गर्ने क्रममा बुधबार एक मन्दिर नजिकैको सार्वजनिक ट्याङ्कीमा डुबेर पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तमिलनाडुको राजधानी चेन्नईको नानगानल्लुर क्षेत्रमा रहेको धर्मलिङ्गेश्वर मन्दिर नजिकै उक्त घटना भएको हो ।

पङ्गुनी उथिराम (तमिल पर्व) उत्सवको एक भागको रूपमा भक्तजनहरू स्नानका लागि ट्याङ्कीमा भेला भएका थिए ।

उहाँले भन्नुभयो, “सुरुमा एक जना चिप्लिएर डुबे । उनलाई बचाउने प्रयास गर्दा अन्य व्यक्ति पनि पानीमा डुबेका थिए ।

चेन्नईका प्रहरी आयुक्त शंकर जिवाललाई उद्धृत गर्दै स्थानीय टेलिभिजन च्यानल एनडिटिभीले भनेको छ, “के गलत भयो वा धार्मिक स्थानमा नियमको पालना भयो कि भएन भनेर हामी अनुसन्धान गरिरहेका छौं ।”

एक हप्ताभन्दा कम समयमा भारतको कुनै मन्दिर नजिकै भएको यो दोस्रो घातक घटना हो ।

गत साता मध्य प्रदेशको इन्दोर शहरमा एक मन्दिरभित्रको कुवाको छाना भत्किँदा ३६ जनाको मृत्यु भएको थियो भने एक दर्जनभन्दा बढी घाइते भएका थिए । हिन्दू धर्मावलम्बीको महान् पर्व रामनवमी मनाउन भक्तजनको भीड लागेको समय उक्त दुःखद् घटना भएको थियो ।


प्रकाशित मिति: २३ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?