Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

ट्याङ्कीमा डुबेर पाँच जनाको मृत्यु


२३ चैत्र, एजेन्सी । भारतको दक्षिणी राज्य तामिलनाडुमा धार्मिक अनुष्ठान (स्नान) गर्ने क्रममा बुधबार एक मन्दिर नजिकैको सार्वजनिक ट्याङ्कीमा डुबेर पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तमिलनाडुको राजधानी चेन्नईको नानगानल्लुर क्षेत्रमा रहेको धर्मलिङ्गेश्वर मन्दिर नजिकै उक्त घटना भएको हो ।

पङ्गुनी उथिराम (तमिल पर्व) उत्सवको एक भागको रूपमा भक्तजनहरू स्नानका लागि ट्याङ्कीमा भेला भएका थिए ।

उहाँले भन्नुभयो, “सुरुमा एक जना चिप्लिएर डुबे । उनलाई बचाउने प्रयास गर्दा अन्य व्यक्ति पनि पानीमा डुबेका थिए ।

चेन्नईका प्रहरी आयुक्त शंकर जिवाललाई उद्धृत गर्दै स्थानीय टेलिभिजन च्यानल एनडिटिभीले भनेको छ, “के गलत भयो वा धार्मिक स्थानमा नियमको पालना भयो कि भएन भनेर हामी अनुसन्धान गरिरहेका छौं ।”

एक हप्ताभन्दा कम समयमा भारतको कुनै मन्दिर नजिकै भएको यो दोस्रो घातक घटना हो ।

गत साता मध्य प्रदेशको इन्दोर शहरमा एक मन्दिरभित्रको कुवाको छाना भत्किँदा ३६ जनाको मृत्यु भएको थियो भने एक दर्जनभन्दा बढी घाइते भएका थिए । हिन्दू धर्मावलम्बीको महान् पर्व रामनवमी मनाउन भक्तजनको भीड लागेको समय उक्त दुःखद् घटना भएको थियो ।


प्रकाशित मिति: २३ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?