Trending
>>   आगामी आर्थिक वर्षको बजेट यथार्थपरक, कार्यान्वयनयोग्य र विश्वसनीयः अर्थमन्त्री पौडेल >>   धुम्रपान र मद्यपानको विज्ञापनमा कडाई आवश्यकः अध्यक्ष दाहाल >>   संसद अवरोध हुँदा सरकारले आफ्नो कारबाही अघि बढाउनु स्वभाविकः अध्यक्ष केसी >>   बजेटमा प्रश्तावित राजश्व वृद्धिको लक्ष्य पूरा हुन्छः अर्थमन्त्री पौडेल >>   संसद जबरजस्ती चलाउनु संसदीय व्यवस्थाको लागि धब्बा होः सन्तोष परियार >>   सभामुख संसदीय मर्यादा र परम्परा विपरित जानुभयोः अध्यक्ष लिङदेन >>   आम जनताको नभई ‘थैली शाह’ वर्गको बजेट आयोः अध्यक्ष केसी >>   सुनचाँदी, हिरा तथा बहुमूल्य पत्थरको कारोबारसम्बन्धी स्पष्ट नीति, निर्देशिका अविलम्व जारी गर्न माग >>   जनसरोकारका विषयमा छलफलको वातावरण बनाउन सांसद बस्नेतको आग्रह >>   बजेटलाई सरकारका मन्त्रीहरूले एकलौटी कब्जा गरेः सांसद ज्वाला
Logo
२ असार २०८२, सोमबार
२ असार २०८२, सोमबार

विद्यालयमा आक्रमण गरी ४ बालबालिकाको हत्या


२३ चैत्र, एजेन्सी । ब्राजिलको दक्षिणी क्षेत्रमा बुधबार एक पूर्व प्राथमिक विद्यालयमा धारिलो हतियार प्रयोग गरी आक्रमण हुँदा चार बालबालिकाको हत्या भएको छ । सान्टा क्याटारिना राज्यका प्रहरी र सरकारी अधिकारीका अनुसार एक २५ वर्षीय आक्रमणकारीले बुधबार बिहान ब्लुमेनाउ शहरमा गुड सेफर्ड सेन्टर भनिने एक निजी विद्यालयमा गरेको आक्रमण अन्य चार जना घाइते भएका छन् ।

राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले सो आक्रमणको निन्दा गरेका छन् । उनले ट्वीटरमा लेखेका छन्, “बच्चा वा नातिनातिना गुमाएको परिवारभन्दा ठूलो पीडा अरू केही हुन सक्दैन । त्योभन्दा पनि बढी निर्दोष र असहाय बालबालिकाविरुद्ध हिंसात्मक आक्रमण हुनु निन्दनीय छ ।” उनले भने, “म यस दुःखको घडीमा पीडित परिवारप्रति समवेदना व्यक्त गर्दछु । उहाँले प्रशासनलाई घटनाको शीघ्र अनुसन्धान गरी दोषीलाई कारबाही गर्न निर्देशन दिनुभएको छ ।”

राज्य सरकारको एक स्रोतले एएफपीलाई मृतकचारै जना बालबालिका रहेको पुष्टि गरेको छ । ब्राजिलका सञ्चार माध्यमका अनुसार प्रयोग गरिएको हतियार बन्चरो (ह्याचेट) जस्तो देखिएको छ ।

सान्ता क्याटारिनाका गभर्नर जोर्गिन्हो मेलोले यस भयानक आक्रमणका लागि राज्यमा तीन दिनको शोकको घोषणा गरेका छन् । ब्राजिलमा हालैका वर्षहरूमा विद्यालयहरूमा हिंसा बढ्दै गएको छ ।

गत साता साओ पाउलोको एक विद्यालयमा १३ वर्षीय एक किशोरले चक्कु प्रहार गरी एक शिक्षकको हत्या गरेका थिए । गत नोभेम्बरमा एस्पिरिटो सान्टो राज्यको दक्षिणपूर्वी शहर अराक्रुजका दुई विद्यालयमा भएको दोहोरो आक्रमणमा परी चार जनाको मृत्यु हुनुका साथै अन्य १० जनाभन्दा बढी घाइते भएका थिए । सन् २०१९ मा साओ पाउलोबाहिर सुजानोको एक उच्च माध्यमिक विद्यालयमा दुई जना पूर्व विद्यार्थीले गोली हानेर आठ जनाको हत्या गरेका थिए । सन् २०११ मा रियो दि जेनेरियोको उपनगरीय क्षेत्र रियलेन्गोमा रहेको आफ्नो पूर्व प्राथमिक विद्यालयमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा १२ बालबालिकाको मृत्यु भएको थियो ।


प्रकाशित मिति: २३ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?