Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

विद्यालयमा आक्रमण गरी ४ बालबालिकाको हत्या


२३ चैत्र, एजेन्सी । ब्राजिलको दक्षिणी क्षेत्रमा बुधबार एक पूर्व प्राथमिक विद्यालयमा धारिलो हतियार प्रयोग गरी आक्रमण हुँदा चार बालबालिकाको हत्या भएको छ । सान्टा क्याटारिना राज्यका प्रहरी र सरकारी अधिकारीका अनुसार एक २५ वर्षीय आक्रमणकारीले बुधबार बिहान ब्लुमेनाउ शहरमा गुड सेफर्ड सेन्टर भनिने एक निजी विद्यालयमा गरेको आक्रमण अन्य चार जना घाइते भएका छन् ।

राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले सो आक्रमणको निन्दा गरेका छन् । उनले ट्वीटरमा लेखेका छन्, “बच्चा वा नातिनातिना गुमाएको परिवारभन्दा ठूलो पीडा अरू केही हुन सक्दैन । त्योभन्दा पनि बढी निर्दोष र असहाय बालबालिकाविरुद्ध हिंसात्मक आक्रमण हुनु निन्दनीय छ ।” उनले भने, “म यस दुःखको घडीमा पीडित परिवारप्रति समवेदना व्यक्त गर्दछु । उहाँले प्रशासनलाई घटनाको शीघ्र अनुसन्धान गरी दोषीलाई कारबाही गर्न निर्देशन दिनुभएको छ ।”

राज्य सरकारको एक स्रोतले एएफपीलाई मृतकचारै जना बालबालिका रहेको पुष्टि गरेको छ । ब्राजिलका सञ्चार माध्यमका अनुसार प्रयोग गरिएको हतियार बन्चरो (ह्याचेट) जस्तो देखिएको छ ।

सान्ता क्याटारिनाका गभर्नर जोर्गिन्हो मेलोले यस भयानक आक्रमणका लागि राज्यमा तीन दिनको शोकको घोषणा गरेका छन् । ब्राजिलमा हालैका वर्षहरूमा विद्यालयहरूमा हिंसा बढ्दै गएको छ ।

गत साता साओ पाउलोको एक विद्यालयमा १३ वर्षीय एक किशोरले चक्कु प्रहार गरी एक शिक्षकको हत्या गरेका थिए । गत नोभेम्बरमा एस्पिरिटो सान्टो राज्यको दक्षिणपूर्वी शहर अराक्रुजका दुई विद्यालयमा भएको दोहोरो आक्रमणमा परी चार जनाको मृत्यु हुनुका साथै अन्य १० जनाभन्दा बढी घाइते भएका थिए । सन् २०१९ मा साओ पाउलोबाहिर सुजानोको एक उच्च माध्यमिक विद्यालयमा दुई जना पूर्व विद्यार्थीले गोली हानेर आठ जनाको हत्या गरेका थिए । सन् २०११ मा रियो दि जेनेरियोको उपनगरीय क्षेत्र रियलेन्गोमा रहेको आफ्नो पूर्व प्राथमिक विद्यालयमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा १२ बालबालिकाको मृत्यु भएको थियो ।


प्रकाशित मिति: २३ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?