Trending
>>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला >>   आमाहरू कमजोर भएको अवस्थामा कुनैपनि राष्ट्र सफल हुन सक्दैनः वरिष्ठतम न्यायाधीश मल्ल
Logo
२५ फाल्गुन २०८२, सोमबार
२५ फाल्गुन २०८२, सोमबार

१५ औं केन्द्रिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद शुरू


काठमाडौँ। संगीता र प्रवीणलाई जुनियर राष्ट्रिय कीर्तिमानसहित स्वर्ण

सुदूरपश्चिम प्रदेशकी संगीता विक र वागमती प्रदेशका प्रवीण रानामगरले १५ औं राष्ट्रपति रनिङ केन्द्रिय खेलकुदको एथलेटिक्समा बुधवार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान बनाएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधवारदेखि शुरु भएको राष्ट्रपति रनिङ शिल्डमा संगीताले छात्रा चार सय मिटर र प्रवीणले छात्र एक सय मिटर दौडमा कीर्तिमानसहित स्वर्ण जितेका हुन् । यी दुईले कीर्तिमानवापत १० हजार र स्वर्ण पदकको पाँच हजार गरी कुल १५ हजार रूपैयाँ नगद पुरस्कार पाए ।

संगीताले निर्धारित दूरी एक मिनेट १.१९ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाइन् । संगीताले २०७६ सालमा अरुणा रिजालको नाममा रहेको एक मिनेट १.३० सेकेन्डको कीर्तिमान सुधार गरेकी हुन् । वागमतीकी अनिशा थारुले रजत र कर्णालीकी कृष्णा रानाले काँस्य जिते । प्रवीणले भने निर्धारित दूरी १०.७६ सेकेण्डमा पूरा गर्दै कीर्तिमानसहित स्वर्ण जिते । यसअघि आशिष चौधरीको नाममा १०.९० सेकेण्डको कीर्तिमान थियो । उनले त्यो कीर्तिमान २०७० सालमा बनाएका थिए । कोशी प्रदेशका सुजन मण्डलले रजत तथा लुम्बिनी प्रदेशका शुभम बमरेलले काँस्य पदक जिते ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा भइरहेको रनिङ शिल्डअन्तर्गत एथलेटिक्समा कुल २६ स्वर्ण पदकका लागि प्रतिष्पर्धा भइरहेको छ । छात्रा एक सय मिटर दौडमा वागमतीकी दिना गोपालीले स्वर्ण जितिन् । उनले १२.८१ सेकेण्ड समय लगाइन् । लुम्बिनीकी आरुशी भट्टराईले रजत र गण्डकी प्रदेशकी अनुष्का अधिकारीले काँस्य पदक जितिन् । छात्र चार सय मिटर दौडमा कर्णालीका धीरेन्द्र विकले स्वर्ण पदक जिते । उनले निर्धारित दूरी पूरा गर्न ५१.८९ सेकेन्ड समय खर्चे । गण्डकीका प्रकाश महतोले रजत र सुदूरपश्चिमका विक्रम विष्टले कांस्य पदक प्राप्त गरे ।

त्यस्तै छात्र हाइजम्पमा बागमतीका अविनाश सुनारले स्वर्ण पदक जिते । उनले १.६८ मिटर जम्प गरे । सुदूरपश्चिमका उज्ज्वलकुमार विकले रजत र गण्डकीका विवेक महतोले काँस्य पदक जिते । यसै स्पर्धाको छात्रामा १.३८ मिटर उचाइ जम्प गर्दै सुदूरपश्चिमकी सुस्मिता चौधरीले स्वर्ण जितिन् । गण्डकीकी सविता खातुन मियाले रजत र कर्णालीकी हीरा बुढाले काँस्य पदक जिते।

सटपुटको छात्रमा सुदूरपश्चिमका विवेक चौधरीले स्वर्ण जिते । उनले १३.६१ मिटर टाढा फ्याले । लुम्बिनीका राजन भण्डारीले रजत र कर्णालीका केशव विकले काँस्य पदक प्राप्त गरे । उक्त स्पर्धाको छात्रामा वागमतीकी एलिना विकले स्वर्ण जितिन् । एलिनाले ८.६९ मिटर टाढा फालिन् । सुदूरपश्चिमकी पूजा साउदले रजत तथा लुम्बिनीकी सम्झना चौधरीले काँस्य जिते । छात्रा एक हजार पाँच सय मिटर दौडमा गण्डकीकी नारायणी भण्डारीले स्वर्ण पदक जितिन् । नारायणीले पाँच मिनेट ३.९ सेकेण्डमा दूरी तय गरिन् । वागमतीकी भगवती खड्काले र सुदूरपश्चिमकी देवकी धामीले कांस्य पदक जिते ।


प्रकाशित मिति: २८ जेष्ठ २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?