Trending
>>   घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह >>   केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा >>   संसद सचिवालयको पदाधिकारी नियुक्तिमा खुला बहस आवश्यक छः सभामुख घिमिरे >>   देशको सामु धेरै ठूला चुनौतिहरु खडा भएका छन्ः राष्ट्रिय सभा अध्यक्ष दाहाल >>   वैदेशिक रोजगार पलायन होइनः श्रम सचिव डा. पुस्कर >>   कालोसूचिका प्रावधानमा रिभ्यु गर्दैछौँ, भ्रष्टाचार भएको भए क्षम्य हुँदैनः गभर्नर पौडेल >>   १०२ वटा दल एक्लाएक्लै निर्वाचनमा जाने >>   मानव अधिकार महाभेला सोमवारदेखि >>   सरकारले राष्ट्रिय सभा बैठक आह्वान नगरेकोमा सभामुख घिमिरेको असन्तुष्टि >>   १३ औं एनएसए कप पौडीमा आर्मी च्याम्पियन
Logo
२१ मंसिर २०८२, आईतवार
२१ मंसिर २०८२, आईतवार

१५ औं केन्द्रिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद शुरू


काठमाडौँ। संगीता र प्रवीणलाई जुनियर राष्ट्रिय कीर्तिमानसहित स्वर्ण

सुदूरपश्चिम प्रदेशकी संगीता विक र वागमती प्रदेशका प्रवीण रानामगरले १५ औं राष्ट्रपति रनिङ केन्द्रिय खेलकुदको एथलेटिक्समा बुधवार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान बनाएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधवारदेखि शुरु भएको राष्ट्रपति रनिङ शिल्डमा संगीताले छात्रा चार सय मिटर र प्रवीणले छात्र एक सय मिटर दौडमा कीर्तिमानसहित स्वर्ण जितेका हुन् । यी दुईले कीर्तिमानवापत १० हजार र स्वर्ण पदकको पाँच हजार गरी कुल १५ हजार रूपैयाँ नगद पुरस्कार पाए ।

संगीताले निर्धारित दूरी एक मिनेट १.१९ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाइन् । संगीताले २०७६ सालमा अरुणा रिजालको नाममा रहेको एक मिनेट १.३० सेकेन्डको कीर्तिमान सुधार गरेकी हुन् । वागमतीकी अनिशा थारुले रजत र कर्णालीकी कृष्णा रानाले काँस्य जिते । प्रवीणले भने निर्धारित दूरी १०.७६ सेकेण्डमा पूरा गर्दै कीर्तिमानसहित स्वर्ण जिते । यसअघि आशिष चौधरीको नाममा १०.९० सेकेण्डको कीर्तिमान थियो । उनले त्यो कीर्तिमान २०७० सालमा बनाएका थिए । कोशी प्रदेशका सुजन मण्डलले रजत तथा लुम्बिनी प्रदेशका शुभम बमरेलले काँस्य पदक जिते ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा भइरहेको रनिङ शिल्डअन्तर्गत एथलेटिक्समा कुल २६ स्वर्ण पदकका लागि प्रतिष्पर्धा भइरहेको छ । छात्रा एक सय मिटर दौडमा वागमतीकी दिना गोपालीले स्वर्ण जितिन् । उनले १२.८१ सेकेण्ड समय लगाइन् । लुम्बिनीकी आरुशी भट्टराईले रजत र गण्डकी प्रदेशकी अनुष्का अधिकारीले काँस्य पदक जितिन् । छात्र चार सय मिटर दौडमा कर्णालीका धीरेन्द्र विकले स्वर्ण पदक जिते । उनले निर्धारित दूरी पूरा गर्न ५१.८९ सेकेन्ड समय खर्चे । गण्डकीका प्रकाश महतोले रजत र सुदूरपश्चिमका विक्रम विष्टले कांस्य पदक प्राप्त गरे ।

त्यस्तै छात्र हाइजम्पमा बागमतीका अविनाश सुनारले स्वर्ण पदक जिते । उनले १.६८ मिटर जम्प गरे । सुदूरपश्चिमका उज्ज्वलकुमार विकले रजत र गण्डकीका विवेक महतोले काँस्य पदक जिते । यसै स्पर्धाको छात्रामा १.३८ मिटर उचाइ जम्प गर्दै सुदूरपश्चिमकी सुस्मिता चौधरीले स्वर्ण जितिन् । गण्डकीकी सविता खातुन मियाले रजत र कर्णालीकी हीरा बुढाले काँस्य पदक जिते।

सटपुटको छात्रमा सुदूरपश्चिमका विवेक चौधरीले स्वर्ण जिते । उनले १३.६१ मिटर टाढा फ्याले । लुम्बिनीका राजन भण्डारीले रजत र कर्णालीका केशव विकले काँस्य पदक प्राप्त गरे । उक्त स्पर्धाको छात्रामा वागमतीकी एलिना विकले स्वर्ण जितिन् । एलिनाले ८.६९ मिटर टाढा फालिन् । सुदूरपश्चिमकी पूजा साउदले रजत तथा लुम्बिनीकी सम्झना चौधरीले काँस्य जिते । छात्रा एक हजार पाँच सय मिटर दौडमा गण्डकीकी नारायणी भण्डारीले स्वर्ण पदक जितिन् । नारायणीले पाँच मिनेट ३.९ सेकेण्डमा दूरी तय गरिन् । वागमतीकी भगवती खड्काले र सुदूरपश्चिमकी देवकी धामीले कांस्य पदक जिते ।


प्रकाशित मिति: २८ जेष्ठ २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?