Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

भन्सार विधेयक पारित भएसँगै राजश्व चुहावट नियन्त्रण हुन्छः अर्थमन्त्री पौडेल


काठमाडौँ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार विधेयक, २०८० पारित भएसँगै राजश्वको चुहावट नियन्त्रण गर्न सहज हुने बताएका छन् ।

सोमवारको राष्ट्रिय सभा बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भन्सार विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रश्तावउपर सांसदहरुले उठाउनुभएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । उनले विधेयक पारित भएर कार्यान्वयनमा आएसँगै भन्सार प्रणालीलाई पारदर्शी र विश्वसनीय बनाउन एवं अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्न ठूलो योगदान दिने बताए । उनले सांसदहरुले विधेयकको आवश्यकता र अपरिहार्यताका सम्बन्धमा जोड दिनुभएकोमा धन्यवाद व्यक्त गरे । भन्सार सम्बन्धी विद्यमान कानूनलाई संशोधन र एकीकरण गर्ने उद्देश्यका साथमा भन्सार विधेयक, २०८० को प्रक्रिया अघि बढेको जिकिर गरे ।

उपप्रधानमन्त्री पौडेलले भने,‘यो विधेयकको आवश्यकता र अपरिहार्यताका सम्बन्धमा जोड दिनुभएको छ । त्यसै भएर नै यो भन्सार सम्बन्धी विद्यमान कानूनलाई संशोधन र एकीकरण गर्ने उद्देश्यका साथमा भन्सार विधेयक, २०८० को प्रक्रिया अघि बढेको छ । यस विधेयकका उपर विज्ञ, विशेषज्ञहरुलाई राखेर पनि छलफल गरिएको छ । अन्तर्राष्ट्रिय असल अभ्यासलाई समेट्ने कोशिस गरिएको छ ।’

अर्थमन्त्री पौडेलले विधेयक पारित भएर कार्यान्वयनमा जाँदा भन्सार प्रशासनमा रहेका र राजश्व परिचालनमा धेरै समस्या समाधान हुने दाबी गरेका छन् ।


प्रकाशित मिति: २६ जेष्ठ २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?