Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

स्थानीय तहको राजश्वको स्रोत संघले खोस्यो ;उपमेयर डंगोल


काठमाडौँ। काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले स्थानीय तहहरु अझै पनि संघ सरकारसँग निर्भर बन्नुपरेको बताएकी छीन ।

संघीयताको दृष्टिले आगामी आर्थिक वर्ष २०८२/८३ को सन्दर्भमा काठमाडौंमा भएको कार्यक्रममा उनले अधिकांश स्थानीय तहको बजेट संघीय सरकारले उपलव्ध गराउने अनुदानमै निर्भर रहेको बताएकी हुन् । साथै उनले पालिका सरकारहरुको क्षमता बढाउन नसकीएको स्वीकार गरीन । उनका अनुसार स्थानीय सरकार ऐन, २०७४ ले लघु घरेलु, तथा साना उद्योग व्यवस्थापन अन्तर्गत इजाजत, दर्ता नविकरणदेखि खारेजीसम्मको अधिकार दिएको छ । तर स्थानीय सरकारले यी अधिकार पूर्ण रुपमा उपयोग गर्न नपाएको उपमेयर डंगोलले बताईन ।

उपमेयर डंगोलले भनीन ‘अधिकांश स्थानीय सरकारको बजेट संघीय सरकारबाट आएको अनुदानले नै बन्ने गरेको छ । अहिले पनि ८० प्रतिशत भन्दा बढी बजेट संघीय सरकारको अनुदानमा निर्भर हुन्छ । आफ्नै राजश्वबाट स्रोत उठाउने कुरा अझै पनि धेरै पालिकामा कमजोर छ । नेपालको संविधानले बाहल कर एकल रुपमै स्थानीय तहलाई दिएको छ । तर संस्थागत बाहल करलाई आयकरका रुपमा संघीय सरकारले लिइरहेको छ । जसकारण स्थानीय तहको राजश्वको स्रोतलाई असर पारिरहेको छ ।’

उनले विद्यालय तहको शिक्षालाई स्थानीय तहको एकल अधिकारको रुपमा दिएपनि संघीय सरकारले अधिकार खुम्चाउने तवरले नीति ल्याएको आरोप लगाईन ।


प्रकाशित मिति: २६ जेष्ठ २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?