Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२९ मंसिर २०८२, सोमबार
२९ मंसिर २०८२, सोमबार

लोक गीत संरक्षणको दायित्व सरकारको हो : मुख्यमन्त्री अधिकारी


२२ चैत ,लेखनाथ । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले लोक गीतको संरक्षणको दायित्व नेपाल सरकारको भएको बताएका छन्‌ ।

गण्डकी प्रज्ञा प्रतिष्ठानको स्थापना दिवसको अवसरमा उनले प्राकृतिक सम्पदा र लोक गीत तथा संस्कृतिमा नेपाल धनी भएको भन्दै यसको संरक्षण सरकारले ध्यान दिनुपर्ने बताए ।

दिवसको अवसरमा प्रतिष्ठानले २५ बालबालिकालाई दुई महिने सारङ्गीवादक प्रशिक्षण दिने भएको छ । परम्परागत लोक संस्कृतिको संरक्षण गर्ने उद्देश्यले बालबालिकालाई त्यस्तो प्रशिक्षण दिन लागिएको हो ।

प्रशिक्षणमा गन्धर्व समुदायका १५ जनासहित २५ बालबालिकाले सहभागिता जनाएका छन् । झलकमान गन्धर्व पाठशालाको सहकार्यमा प्रतिष्ठानले बिहीबारबाट प्रशिक्षण सुरु गर्न लागेको हो । सो अवसरमा प्रशिक्षार्थीले सारङ्गीको धुन प्रस्तुत गरेका थिए ।

प्राज्ञ दिलीप गायकले बालबालिकालाई प्रशिक्षण दिनेछन्‌ । पाठशालाका लागि प्रतिष्ठानका तर्फबाट १० वटा सारङ्गी सहयोग गरिएको थियो । सो अवसरमा मुख्यमन्त्री अधिकारीले गण्डकी नाट्य दर्पणको विमोचनसमेत गरे ।

जसमा गण्डकी प्रदेशका ११ वटै जिल्लाको नाटकसम्बन्धी आधुनिक इतिहास र जानकारी समेटिएको सम्पादक शिव संकल्पले जानकारी दिए ।

गण्डकी प्रदेशकै स्रष्टा बायोग्राफी पनि कार्यक्रममा मुख्यमन्त्री अधिकारीले सार्वजनिकीकरण गरे । यसमा पहिलो चरणमा गण्डकी प्रदेशका विभिन्न २८ स्रष्टाको व्यक्तित्व र कृतित्वलाई श्रव्यदृष्यका माध्यमबाट समेटिएको छ ।

सोही अवसरमा स्रष्टाहरुको स्वास्थ्य बीमा कार्यक्रम पनि आरम्भ गरियो । पहिलो चरणको बीमा कार्यक्रममा दुई सय स्रष्टा यसमा समेटिएका छन् । बीमाका लागि पाँच सय स्रष्टाको निवेदन प्राप्त भएको प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए ।


प्रकाशित मिति: २२ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?