Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

लोक गीत संरक्षणको दायित्व सरकारको हो : मुख्यमन्त्री अधिकारी


२२ चैत ,लेखनाथ । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले लोक गीतको संरक्षणको दायित्व नेपाल सरकारको भएको बताएका छन्‌ ।

गण्डकी प्रज्ञा प्रतिष्ठानको स्थापना दिवसको अवसरमा उनले प्राकृतिक सम्पदा र लोक गीत तथा संस्कृतिमा नेपाल धनी भएको भन्दै यसको संरक्षण सरकारले ध्यान दिनुपर्ने बताए ।

दिवसको अवसरमा प्रतिष्ठानले २५ बालबालिकालाई दुई महिने सारङ्गीवादक प्रशिक्षण दिने भएको छ । परम्परागत लोक संस्कृतिको संरक्षण गर्ने उद्देश्यले बालबालिकालाई त्यस्तो प्रशिक्षण दिन लागिएको हो ।

प्रशिक्षणमा गन्धर्व समुदायका १५ जनासहित २५ बालबालिकाले सहभागिता जनाएका छन् । झलकमान गन्धर्व पाठशालाको सहकार्यमा प्रतिष्ठानले बिहीबारबाट प्रशिक्षण सुरु गर्न लागेको हो । सो अवसरमा प्रशिक्षार्थीले सारङ्गीको धुन प्रस्तुत गरेका थिए ।

प्राज्ञ दिलीप गायकले बालबालिकालाई प्रशिक्षण दिनेछन्‌ । पाठशालाका लागि प्रतिष्ठानका तर्फबाट १० वटा सारङ्गी सहयोग गरिएको थियो । सो अवसरमा मुख्यमन्त्री अधिकारीले गण्डकी नाट्य दर्पणको विमोचनसमेत गरे ।

जसमा गण्डकी प्रदेशका ११ वटै जिल्लाको नाटकसम्बन्धी आधुनिक इतिहास र जानकारी समेटिएको सम्पादक शिव संकल्पले जानकारी दिए ।

गण्डकी प्रदेशकै स्रष्टा बायोग्राफी पनि कार्यक्रममा मुख्यमन्त्री अधिकारीले सार्वजनिकीकरण गरे । यसमा पहिलो चरणमा गण्डकी प्रदेशका विभिन्न २८ स्रष्टाको व्यक्तित्व र कृतित्वलाई श्रव्यदृष्यका माध्यमबाट समेटिएको छ ।

सोही अवसरमा स्रष्टाहरुको स्वास्थ्य बीमा कार्यक्रम पनि आरम्भ गरियो । पहिलो चरणको बीमा कार्यक्रममा दुई सय स्रष्टा यसमा समेटिएका छन् । बीमाका लागि पाँच सय स्रष्टाको निवेदन प्राप्त भएको प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए ।


प्रकाशित मिति: २२ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?