Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

किमाथाङ्का नाका खोल्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र


२२ चैत ,किमाथाङ्का । सङ्खुवासभाको उत्तरी क्षेत्र चीनसँग सिमाना जोडिएको किमाथाङ्का नाका खुलाउन माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष ज्ञापनपत्र बुझाइएको छ ।

कोरोना महामारीका कारण तीन वर्षदेखि बन्द रहेको किमाथाङ्का नाका खुलाउन आज प्रधानमन्त्री दाहालसमक्ष ज्ञापनपत्र बुझाइएको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ छोदार भोटले जानकारी दिए ।

लामो समयदेखि किमाथाङ्का नाका बन्द रहँदा उत्तरी क्षेत्र भाटखोलावासीले कष्टकर जीवन बिताउँदै आउनुपरेको गाउँपालिका अध्यक्ष भोटले जानकारी दिए । भोटखोलावासीलाई सदरमुकाम खाँदबारी आइपुग्न चार/पाँच दिन पैदलयात्रा गर्नुपर्छ ।

प्रधानमन्त्री दाहाललाई भेटी जतिसक्दा चाँडो किमाथाङ्का नाका खोल्न पहल गरिदिन आग्रह गरेको उनले बताए । लामो समयदेखि सीमा नाका बन्द हुँदा दैनिकीमा असर परेको र भोकमरी फैलन सक्ने भन्दै प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराइएको अध्यक्ष भोटेले बताए ।

नाका खुलाउन प्रधानमन्त्री दाहालले आश्वासन दिएको उनको भनाइ छ ।


प्रकाशित मिति: २२ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?