Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

किमाथाङ्का नाका खोल्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र


२२ चैत ,किमाथाङ्का । सङ्खुवासभाको उत्तरी क्षेत्र चीनसँग सिमाना जोडिएको किमाथाङ्का नाका खुलाउन माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष ज्ञापनपत्र बुझाइएको छ ।

कोरोना महामारीका कारण तीन वर्षदेखि बन्द रहेको किमाथाङ्का नाका खुलाउन आज प्रधानमन्त्री दाहालसमक्ष ज्ञापनपत्र बुझाइएको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ छोदार भोटले जानकारी दिए ।

लामो समयदेखि किमाथाङ्का नाका बन्द रहँदा उत्तरी क्षेत्र भाटखोलावासीले कष्टकर जीवन बिताउँदै आउनुपरेको गाउँपालिका अध्यक्ष भोटले जानकारी दिए । भोटखोलावासीलाई सदरमुकाम खाँदबारी आइपुग्न चार/पाँच दिन पैदलयात्रा गर्नुपर्छ ।

प्रधानमन्त्री दाहाललाई भेटी जतिसक्दा चाँडो किमाथाङ्का नाका खोल्न पहल गरिदिन आग्रह गरेको उनले बताए । लामो समयदेखि सीमा नाका बन्द हुँदा दैनिकीमा असर परेको र भोकमरी फैलन सक्ने भन्दै प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराइएको अध्यक्ष भोटेले बताए ।

नाका खुलाउन प्रधानमन्त्री दाहालले आश्वासन दिएको उनको भनाइ छ ।


प्रकाशित मिति: २२ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?