Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

सरकारी ढुकुटीबाट मात्रै पूर्वाधार बनाउन गाह्रो छ, वित्त कोष बनाउँदैछौंः अर्थमन्त्री पौडेल


काठमाडौँ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्वले मात्रै विकास निर्माणको आवश्यकता पूरा गर्न अहिलेको अवस्थामा सम्भव नरहेको बताउँदै सरकारले वैकल्पिक वित्त कोषको प्रवन्ध गर्न लागेको बताएका छन् ।

राजधानीमा भएको एक कार्यक्रममा उनले आगामी आर्थिक वर्षको बजेटले वैकल्पिक वित्त कोषको प्रबन्ध गरेको बताउँदै पूर्वाधार निर्माणमा देखिएको वित्तीय अभाव त्यसैबाट पूर्ति गरिने बताएका हुन् । उनका अनुसार उपलब्ध स्रोतले विकास निर्माणको आवश्यकता पूरा गर्न अहिले कठिन छ । लागत र प्रतिफलको सन्तुलन मिलाएर निजी क्षेत्रलाई लगानी गर्न यो बजेटले ढोका खोलेको छ । त्यसले स्रोत व्यवस्थापनको चुनौती समेत सम्बोधन गर्ने अपेक्षा सरकारको छ ।

उनले भने ‘पूर्वाधार निर्माणमा स्रोतको अभाव हुने विषय लामो समयदेखि कुरा उठ्ने गरेका छ । यो विषयमा छलफल पनि गर्दै आएका छौं । ठूला आयोजना छन् । महत्वपूर्ण आयोजना छ । स्रोतको आवश्यकता फराकिलो छ । तर सीमित स्रोतको एलोकेशन गरिन्छ । त्यो सीमित स्रोतबाट आयोजना कहिले पूरा हुने ? कति वर्षमा पूरा हुने भन्ने खालका प्रश्न उठ्ने गरेका छन् । त्यसअर्थमा सरकारले अहिले यो बजेटबाट नयाँ प्रबन्ध गरेका छौं । हामीले ट्रेजरीबाट मात्रै विकासका पूर्वाधारका काम पूरा गर्ने त्यति सजिलो छैन । किन भने हामी देखिरहेका छौं अहिले राजश्वले साधारण खर्च मात्रै धान्नसक्ने अवस्थामा छ । त्यसैले वैकल्पिक विकास वित्त कोष खडा गर्ने तयारीमा छौं । यसले स्वदेश र विदेशको निजी क्षेत्रलाई पूर्वाधार विकासमा लगानी गर्न आकार्षित गर्नेछौँ ।’

उनले राजस्वले पूर्वाधार निर्माण गर्नसक्ने सामथ्र्य बनाउनेगरी अघि बढ्न भने जरुरी रहेको बताए ।


प्रकाशित मिति: २१ जेष्ठ २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?