Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

चल्न थाले सार्वजनिक यातायात


काठमाडौँ। यातायात व्यवसायीको आन्दोलन फिर्ता भएसँगै देशभरका सार्वजनिक यातायात पुनः सञ्चालनमा आएका छन् ।

राइड शेयरिङ नियमावलीको विरोधमा यातायात व्यवसायीले देशभर सार्वजनिक यातायात सरकारसँगको सहमतिपछि आन्दोलन फिर्ता लिँदै यातायात सेवा सुचारु गरेको छ ।

मंगलवार यातायात व्यवसायी महासंघ र सरकारबीच भएको सहमतिलाई गण्डकी प्रदेशले समर्थन गरेपछि सार्वजनिक यातायात चल्न थालेका हुन् ।

गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली एक महिनाका लागि स्थगित गर्ने निर्णय गरिसकेको छ । यससँगै काठमाडौं उपत्यका र बाहिरका छोटो तथा लामो दूरीका सवारी साधन सञ्चालनमा आएका छन् ।

नयाँ बसपार्कलगायतका स्थानमा यात्रुको चहलपहल बढेको छ ।


प्रकाशित मिति: २१ जेष्ठ २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?