Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

सांसदहरु भन्छन्ः ‘राइड शेयरिङलाई व्यवस्थित बनाउनुपर्छ, कुन सवारी चढ्ने व्यक्तिगत अधिकार हो’


काठमाडौँ। सांसदहरुले राइड शेयरिङलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका छन् ।

प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसदहरुले राइड शेयरिङलाई व्यवस्थित बनाएर अघि बढ्न सरकारलाई दबाब दिएका हुन् । उनीहरुले नश्चित कानून बनाएर व्यवस्थित गर्नेकुरामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आवश्यक काम गर्न सुझाव दिए । सवारी ऐन २०४९ को परिच्छेद २ को दफा ८ को २ र दफा १२ को १ विपरित हुनेगरी संघीय ऐनसँग बाझिने सातै प्रदेश सरकारहरूले ल्याउने तयारी गरेको र गण्डकी प्रदेश सरकारले मिति २०८२ जेठ १ गते राजपत्रमा प्रकाशित गरी निजी सवारीसाधन (रातो प्लेट) सञ्चालन गर्न ल्याएको नियमावली २०८२ दफा २ को (ज) तत्काल खारेजीको माग गर्दै उनीहरुले आन्दोलन गर्दै आएका छन् । बैठकमा बोल्दै नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले सिण्डिकेट अन्त्य गर्ने भनेर लागिरहँदा पुनः सिण्डिकेट स्थापित गर्न लागिपरिरहेको बताए । उनले यातायात व्यवसायीहरुसँग सरकारले सोमवार राति गरेको सम्झौता सिण्डिकेट कायमको भएको जिकिर गरे । अहिले प्रतिष्पर्धाको समय भएकाले जनताले जुन सवारी साधन चढ्न चाहन्छन् त्यही प्रयोग गर्न दिनुपर्ने बताए । निश्चित वर्गको निम्ति फाइदा हुनेगरी काम नगर्न सरकारलाई आग्रह गरे । गण्डकी प्रदेश सरकारले राइड शेयरिङ सम्बन्धी ल्याएको नियमावली सही रहेको बताए । उनीहरुलाई व्यवस्थित गर्न भने आवश्यक रहेको उनको भनाइ छ ।

सांसद ज्वालाले भने, ‘यातायात व्यवसायीहरुको कुरा छ । हामी कता जाँदैछौँ । एकातिर हामी सिण्डिकेट अन्त्य गर्नेतिर जाँदैछौँ । अर्कोतिर फेरि सिण्डिकेट पुनःस्थापित गर्दैछौँ । आज रातिको सम्झौता भनेको सिण्डिकेट कायमको हो । पहिला तोडेको सिण्डिकेट फेरि कायम गर्दैछौँ । यसले जनतालाई फाइदा हुन्छ की हुँदैन ? यो त प्रतिष्पर्धाको समय हो । मान्छेले जे सहज हुन्छ, जे सुविधा हुन्छ, जुन साधन प्रयोग गर्न चाहन्छन्, त्यही प्रयोग गर्न पाउनुपर्योनि । सार्वजनिक यातायातको कुरा गर्दछौँ तर सार्वजनिक यातायात खुम्च्याउने, सिण्डिकेट गर्ने, निश्चित वर्गको निम्ति हामीले फाइदा हुनेगरी गरिरहेका छौँ । गण्डकी प्रदेश सरकारले ठिकै गरेको छ । केन्द्रबाटै गर्दा पनि हुन्छ । केन्द्रबाटै नियमावली बनाएर देशभर राइड शेयरिङलाई व्यवस्थित गर्ने काम गरेपनि हुन्छ । उनीहरुलाई व्यवस्थित पनि गर्नुपर्छ, ट्याक्सको दायरामा पनि आउनुपर्छ । तर प्रतिष्पर्धा नै गर्न नदिने त । थोत्रो बस चढ्ने भन्दा राइड शेयरिङ खोज्छन् । मान्छेलाई सुविधा चाहियो नि । यो सम्झौता राम्रो भएन । यो आपत्तिजनक छ । यस ढंगले जनताले सेवा पाउँदैनन् । यातायात व्यवसायीले आन्दोलन गरे भने सिण्डिकेट लगाउने, सिण्डिकेट तोड्नेतिर जाने हो । जनताले आन्दोलन गरे के हुन्छ ? निकै ठूलो समस्या पार्छ नि । ’

समितिको बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले यातायात व्यवसायीहरुसँग भएको सम्झौताबारे स्पष्ट पार्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसँग आग्रह गरे । उनले एकथरीले यातायात बन्द फिर्ता गरेको भन्ने र अर्कोथरी आन्दोलन जारी छ भन्दै गर्दा नागरिकहरु अलमलमा परेको बताए । सोमवार भएको सम्झौता अस्थायी हो की दिगो हो ? भन्दै प्रश्न पनि गरे ।

सांसद सापकोटाले भने, ‘यातायात व्यवसायीहरुसँग भएको खास कुरा के हो ? राति अबेरसम्म भयो । बिहानदेखि हामी बैठकमा छौँ । बिहानदेखि सार्वजनिक यातायात चलेन । विभिन्न सामाजिक सञ्जाल हेर्दा कसैले हाम्रो आन्दोलन कायम छ भनेका छन्, कसैले हाम्रो आन्दोलन फिर्ता भयो भनेका छन् । खास सम्झौता भएको के हो ? यसलाई अस्थायी मात्रै समाधान गर्नुभएको हो की दिगो व्यवस्थापनका बारेमा पनि नेपाल सरकारले केही सोचेको छ ?’

बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले निजी सवारीमा हिँड्दा समेत यातायात व्यवसायीहरुले रोकेर गाडी तोडफोड जस्ता गतिविधि गरिरहेको भन्दै आपत्ति जनाए । यो अवस्था आउनुमा को दोषी हो भन्दै प्रश्न गरे । उनले यातायात व्यवसायीहरुको माग पूरा नभएको कारणले निकालेर गाडीबाट पठाउने काम भएकोप्रति सरकारको ध्यानाकर्षण गराए।

उनले भने, ‘हिजो मलाई दमौलीमा यातायात व्यवसायीहरुले रोके । मैले आफ्नो पद भनेर उहाँहरुले छोड्नुभयो । गाडी झन्डै तोडफोड भएन । मैले पद भनेर उम्किएँ । तर आम सर्वसाधारण त त्यो पदमा हुनुहुन्न । निजी सवारीमा हिँडेको मानिसहरुलाई यातायात व्यवसायीहरुको माग पूरा नभएको कारणले निकालेर गाडीबाट पठाउने काम पनि भएको थियो । यो आउनुमा को जिम्मेवारी भन्ने विषय त महत्वपूर्ण होला नि । तीन चरणको बैठकमा बुँदा नम्बर १ मा मात्र सहमति हुन नसकेको कुरा छ । यातायात व्यवसायी र सरकारबीच राम्रो निर्णय होस् भन्ने चाहन्छु ।’

समिातिको बैठकमा बोल्दै नेपाली काँग्रेसकी सांसद सीता गुरुङले राइड शेयरिङलाई निश्चित कानून बनाएर व्यवस्थित गर्न आग्रह गरे । समयमै निर्णय लिन नसके भ्विष्यमा ठूलो जोखिम निम्त्याउनसक्ने उनको भनाइ छ ।

सांसद गुरुङले भने, ‘यो राइड शेयरिङ जुन चलिरहेको छ । यसको निश्चित कानून बनाएर व्यवस्थित गर्नुपर्छ । यसमा भौतिक मन्त्रालयले समयमा नै निर्णय गरोस् । भोलि आउने चुनौतिहरु आउनबाट रोकोस् ।’

सांसदहरुले विपद् हुनुपूर्व विपद्को आँकलन गरी आवश्यक कदमहरु तत्काल चाल्न सरकारको ध्यानाकर्षण गराएका छन् । जोखिमयुक्त ठाउँको पहचिान गरी सुरक्षार्थ आवश्यक काम गर्न सुझाव दिए । भूकम्पबाट क्षति भएका कतिपय पुल र सडकहरु अहिले पनि उस्तै अवस्थामा रहेको भन्दै त्यसको पुनःनिर्माण र मर्मतसम्भारमा ध्यान दिन आग्रह गरेका छन् ।


प्रकाशित मिति: २० जेष्ठ २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?