Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

रेड पाण्डा चोरी गर्न खोज्ने दुई जना पक्राउ


काठमाडौँ। ललितपुर महानगरपालिका-४ जावलाखेलस्थित सदर चिडियाखाना भित्र प्रदर्शनीमा राखिएको दुर्लभ प्रजातीको रेड पाण्डा (हाब्रे) चोरी गर्न खोजेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१५ स्वयम्भू बस्ने धादिङ घर भएका २१ वर्षीय कृष्ण गुरूङ र भारत विहार वैशाली हाजीपुर थाना ग्राम पटना-३ वागटोल घर भएका २६ वर्षीय मोहमद तफिक रहका छन् ।

सदर चिडियाखानामा रहेको उक्त रेड पाण्डा गत वैशाख ३० गते राति चोरी गर्न खोजेको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर ललितपुर समेतबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं स्वयम्भूबाट पक्राउ गरेको हो ।

उनीहरू उपर चोरी उद्योग कसूरमा ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।


प्रकाशित मिति: २० जेष्ठ २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?