Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

सिमित व्यक्तिहरुको हातमा ऋण गएको गभर्नरको आशंका


काठमाडौँ। गभर्नर डा.विश्वनाथ पौडेलले केही व्यक्तिहरुको हातमा ऋण गएको आशंका व्यक्त गरे ।

बैंक तथा वित्तीय संस्थासम्बन्धि विधेयक बाफियामाथिको अर्थ समितिमा सोमवार भएको छलफलमा बोल्लै उहाँले यसबारे बाफियासम्बन्धि कानून बनाउँदा सांसदहरुले विचार पुर्यायाउन जरुरी रहेको बताए । उनका अनुसार हालैको अध्ययनले १९ लाख ४० ऋणीमध्ये ०.०१ प्रतिशतले ३.९ प्रतिशत ऋण प्रयोग भएको देखाएको छ । ऋण प्रवाहको प्रक्रिया हेर्दा ऋण एकहदसम्म केन्द्रिकृत हुँदै गएको हो की भन्ने कन्सन्स रहेको बताउँदै यसलाई पनि सांसदहरुले हेर्नुपर्ने बताएका छन् ।

पौडेलकाअनुसार सञ्चालकले कर्जा लैजान पाउने की नपाउने ? कति लैजान पाउने ? सञ्चालक भनेको के हो ? बैंक चलाउने मान्छे र व्यवसायीबीचको फरक आवश्यक हो वा होइन ? अरु देशमा छ भने नेपालमा पर्छ पर्दैन ? देशमा भइरहेको जे स्थिति छ त्यसमा ऋणको प्रवाहदेखि स्वार्थको द्वन्द्वबाट उत्पन्न परिस्थितिका बारेमा पनि बाफिया विधेयक बनाउँदै गर्दा संसदले नै आवश्यक निर्णय लिनुपर्छ । कतिपय अहिले देखापरेका चुनौतीलाई कानूनी रुपमा निरुपण गरिनुपर्ने उनको भनाई छ ।

उनले भने ,‘सायद केही व्यक्तिहरुको हातमा ऋण गएको छ भन्ने एउटा कन्सन्स छ । त्यसलाई कसरी लिने धेरै जानु राम्रो हो, होइन, त्यसले उत्पादकत्वमा फाइदा गरेको छ वा छैन त्यसले राज्य सञ्चालनको सिद्धान्तलाई कसरी प्रतिवन्धित गर्छ भन्ने हेर्नुपर्ला । यो सांसदहरुको अधिकारको कुरा हो ।’

गभर्नर पौडेलकाअनुसार कर्जा प्रवाह र ऋणीको हक अधिकारको कुरा सबैभन्दा ठूलो कुरा हो । यो स्पष्ट ढंगले वाफियामा परिभाषित गर्नुपर्छ ।


प्रकाशित मिति: १९ जेष्ठ २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?