Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

सहजताको नाममा प्लाष्टिकको प्रयोग नगरौँः सभापति देउवा


काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्लास्टिकका झोला, बोतलको सट्टा कपडाको झोला र स्थानीय स्तरमा उपलब्ध वैकल्किप साधनहरुको प्रयोग गर्न आग्रह गरेका छन् ।

आईतवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित वातावरण तथा जलवायु परिवर्तन सरोकार संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पुन प्रयोग हुनसक्ने प्लाष्टिक, विशेष गरी प्लास्टिकका झोला, बोतलको प्रयोग अन्त्य गर्न जरुरी रहेको बताए । उनले सहजताको नाममा प्लाष्टिकको प्रयोगले वातावरणमा परिरहेको नकारात्मक प्रभावबाट माथि उठ्नुपर्ने समय आएको बताए । यस अभियानमा पार्टीका सबै तहबाट सहयोग र समर्थन रहने विश्वास व्यक्त गरे ।

सभापति देउवाले भने, ‘पुनः प्रयोग हुनसक्ने प्लाष्टिक, विशेष गरी प्लास्टिकका झोला, बोतलको प्रयोग अन्त्य गर्न हाम्रो नीतिअनुरुपको कार्यक्रम छ । हामीले प्लास्टिकका झोला, बोतलको सट्टा कपडाको झोला र स्थानीय स्तरमा उपलब्ध वैकल्किप साधनहरुको प्रयोग गर्दै आइरहेका छौँ । सहजताको नाममा प्लाष्टिकको प्रयोगले वातावरणमा परिरहेको नकारात्मक प्रभावबाट माथि उठ्नुपर्ने समय आएको छ । यस अभियानमा पार्टीका सबै तहबाट सहयोग र समर्थन रहने विश्वास लिएको छु ।’

सभापति देउवाले अब ढिलो नगरी जलवायु परिवर्तनलाई गम्भीर रुपमा लिएर विश्वले कार्बन उत्सर्जन तिब्र कटौति गर्न पनि उत्तिकै आवश्वक रहेको बताएका छन् । नेपाल जलवायु परिवर्तनको दृष्टिकोणले संवेदनशील रहेको भन्दै नेपालले यसको प्रभाव भोगिरहेको बताए । नेपालले जलवायु न्यायको लागि विश्व समुदायसँग राष्ट्रको स्पष्ट धारणा राख्न आवश्यक रहेको बताए ।


प्रकाशित मिति: १८ जेष्ठ २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?