Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

सहजताको नाममा प्लाष्टिकको प्रयोग नगरौँः सभापति देउवा


काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्लास्टिकका झोला, बोतलको सट्टा कपडाको झोला र स्थानीय स्तरमा उपलब्ध वैकल्किप साधनहरुको प्रयोग गर्न आग्रह गरेका छन् ।

आईतवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित वातावरण तथा जलवायु परिवर्तन सरोकार संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पुन प्रयोग हुनसक्ने प्लाष्टिक, विशेष गरी प्लास्टिकका झोला, बोतलको प्रयोग अन्त्य गर्न जरुरी रहेको बताए । उनले सहजताको नाममा प्लाष्टिकको प्रयोगले वातावरणमा परिरहेको नकारात्मक प्रभावबाट माथि उठ्नुपर्ने समय आएको बताए । यस अभियानमा पार्टीका सबै तहबाट सहयोग र समर्थन रहने विश्वास व्यक्त गरे ।

सभापति देउवाले भने, ‘पुनः प्रयोग हुनसक्ने प्लाष्टिक, विशेष गरी प्लास्टिकका झोला, बोतलको प्रयोग अन्त्य गर्न हाम्रो नीतिअनुरुपको कार्यक्रम छ । हामीले प्लास्टिकका झोला, बोतलको सट्टा कपडाको झोला र स्थानीय स्तरमा उपलब्ध वैकल्किप साधनहरुको प्रयोग गर्दै आइरहेका छौँ । सहजताको नाममा प्लाष्टिकको प्रयोगले वातावरणमा परिरहेको नकारात्मक प्रभावबाट माथि उठ्नुपर्ने समय आएको छ । यस अभियानमा पार्टीका सबै तहबाट सहयोग र समर्थन रहने विश्वास लिएको छु ।’

सभापति देउवाले अब ढिलो नगरी जलवायु परिवर्तनलाई गम्भीर रुपमा लिएर विश्वले कार्बन उत्सर्जन तिब्र कटौति गर्न पनि उत्तिकै आवश्वक रहेको बताएका छन् । नेपाल जलवायु परिवर्तनको दृष्टिकोणले संवेदनशील रहेको भन्दै नेपालले यसको प्रभाव भोगिरहेको बताए । नेपालले जलवायु न्यायको लागि विश्व समुदायसँग राष्ट्रको स्पष्ट धारणा राख्न आवश्यक रहेको बताए ।


प्रकाशित मिति: १८ जेष्ठ २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?