Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

राष्ट्रिय गानमा सयौं थुंगाभन्दा अगाडिको धुन हटाउन ओलीको माग


२२ चैत्र, बारा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय गानमा सयौं थुंगाभन्दा अगाडिको धुन हटाउन माग गरेका छन् । उनले सरकारसँग यसका लागि ध्यानाकर्षण गराएका हुन् ।

बारामा हुने उपनिर्वाचनको सभामा बोल्दै ओलीले राष्ट्रिय गान जस्तो कुरामा सरकारले गम्भीर ध्यान दिनुपर्ने बताए ।

उक्त कार्यक्रममा उनले भने,’राष्ट्रिय गान गाउँदा छातीमा हात लगाउने हाम्रो प्रचलन होइन र छैन । म एउटा कुरा सरकारलाई आग्रह गर्न चाहन्छु राष्ट्रिय गान अगाडि प्याप्या…धुन बजाउँछ । सयौं थुंगा फूलका हामी… भन्ने भन्दा अगाडिको धुन राष्ट्रिय गानबाट हटाइनुपर्छ । त्यो राष्ट्रिय गानभित्र पर्दैन । र, राष्ट्रिय धुन पनि होइन । अगाडि बजाइने बाजा राष्ट्रिय गानमा पर्दैन म सरकारको ध्यानाकर्षण गराउँछु ।’

उनले राष्ट्रिय गान  धुनबाट सुरू नभइ सिधै शब्दबाट सुरू हुनुपर्ने उनको टिप्पणी छ ।


प्रकाशित मिति: २२ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?