Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

राष्ट्रिय गानमा सयौं थुंगाभन्दा अगाडिको धुन हटाउन ओलीको माग


२२ चैत्र, बारा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय गानमा सयौं थुंगाभन्दा अगाडिको धुन हटाउन माग गरेका छन् । उनले सरकारसँग यसका लागि ध्यानाकर्षण गराएका हुन् ।

बारामा हुने उपनिर्वाचनको सभामा बोल्दै ओलीले राष्ट्रिय गान जस्तो कुरामा सरकारले गम्भीर ध्यान दिनुपर्ने बताए ।

उक्त कार्यक्रममा उनले भने,’राष्ट्रिय गान गाउँदा छातीमा हात लगाउने हाम्रो प्रचलन होइन र छैन । म एउटा कुरा सरकारलाई आग्रह गर्न चाहन्छु राष्ट्रिय गान अगाडि प्याप्या…धुन बजाउँछ । सयौं थुंगा फूलका हामी… भन्ने भन्दा अगाडिको धुन राष्ट्रिय गानबाट हटाइनुपर्छ । त्यो राष्ट्रिय गानभित्र पर्दैन । र, राष्ट्रिय धुन पनि होइन । अगाडि बजाइने बाजा राष्ट्रिय गानमा पर्दैन म सरकारको ध्यानाकर्षण गराउँछु ।’

उनले राष्ट्रिय गान  धुनबाट सुरू नभइ सिधै शब्दबाट सुरू हुनुपर्ने उनको टिप्पणी छ ।


प्रकाशित मिति: २२ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?