Trending
>>   नातावाद र कृपावादलाई प्रश्रय दिने प्रवृत्तिले लोकतान्त्रिक मूल्यमा आघात पुर्यायोः सभापति खतिवडा >>   यो सभा चलाउने तरिका भएनः राजेन्द्र पाण्डे >>   आन्दोलन भइरहँदा संसद चलाउनु दादागिरी होः प्रमुख सचेतक शाही >>   काँग्रेस प्रमुख सचेतकको प्रश्न रास्वपाले नैतिकताको पाठ सिकाउन मिल्छ ? >>   मुलुकको अर्थतन्त्रमा वागमती सरकारको योगदान ३६ दशमलव ५२ प्रतिशत रहने >>   इरान र इजरायलमा रहेका नेपालीहरुको सुरक्षाको लागि कुटनीतिक पहल होस्ः माओवादी केन्द्र >>   इरानमा इजरायली आक्रमणपछि जर्मनी र इजिप्टद्वारा युद्ध रोक्न आह्वान >>   जटिल बनेको बेरोजगारी समस्या हटाउन योजनाको चाङ, बजेट न्युन >>   माओवादीले छेपारो झैँ रङ फेर्यो, हामी सदन चल्न दिँदैनौँः राप्रपा >>   माओवादीले झुक्यायो, आन्दोलन जारी रहन्छः रास्वपा
Logo
१ असार २०८२, आईतवार
१ असार २०८२, आईतवार

नकारात्मक सन्देशको निरन्तरताले काँग्रेस सशक्त बन्न सक्दैनः प्रदीप पौडेल


काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले नकारात्मक सन्देशको निरन्तरताले नेपाली काँग्रेस सशक्त बन्न नसक्ने बताएका छन् ।

शुक्रवार काठमाडौंमा अयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएक छन् । उनले काँग्रेसले आफूलाई जिम्मेवारी दिएर सरकारमा पठाएको र जिम्मेवारी प्रभावकारी ढंगबाट निर्वाह गर्ने प्रतिवद्धता जनाए । सरकारमा गइसकेपछि जनताका बीचमा प्रचार गर्नेगरी उपलब्धिहरु देखाउन सक्नुपर्ने बताए । राजनीतिमा म्यासेज सबैभन्दा ठूलो कुरा हुने भन्दै सकारात्मकता बढाउने गरी काम गर्नुपर्ने बताए ।

मन्त्री पौडेलले भने, ‘मलाई नेपाली काँग्रेस पार्टीले सरकारमा जिम्मेवारी दिएर पठाएको छ । त्यो जिम्मेवारी प्रभावकारी ढंगबाट निर्वाह गर्नेछु । म भन्दा धेरै योगदान गर्नुभएका साथीहरु बाहिर हुनुहुन्छ । बाहिर रहनुभएका साथीहरुलाई म सरकारभित्र बसेर जनताका बीचमा प्रचार गर्नेगरी उपलब्धिहरु मैले देखाउन सक्नुपर्छ । नेपाली काँग्रेसको तर्फबाट सरकारमा गएको यो यो मन्त्रीले यि काम गरे भनेर जनतालाई भन्ने आधारहरु मैले बनउन सक्नुपर्छ । राजनीतिमा म्यासेज सबैभन्दा ठूलो कुरा हो । नकारात्मक म्यासेजको निरन्तरताले नेपाली काँग्रेस पार्टी सशक्त हुन सक्दैन । सकारात्मकता बढाउने गरी काम गर्नुपर्छ । ’

मन्त्री पौडेलले आफूले स्वास्थ्य क्षेत्रमा केही सुधार गर्ने प्रयत्न गरिरहेको बताए । काँग्रेसलाई आफ्नो कार्यशैलीबाट लोकप्रिय बनाउनुपर्ने बताए। नेपाली राजनीतिमा प्रतिष्पर्धात्मक परिस्थिति बनेको बताए ।


प्रकाशित मिति: १६ जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?