Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

बजेट सन्तुलित र उत्पादनमुखीः एमाले


काठमाडौँ। नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले सरकारले ल्याएको अगामी आर्थिक वर्षको बजेट सन्तुलित र यथार्थमा आधारित रहेको प्रतिक्रिया दिएका छन् ।

अर्थमन्त्री विष्णु पौडेलले बिहीवार संसद्मा पेश गर्नुभएको आर्थिक वर्ष २०८२÷८३ को बजेटबारे प्रतिक्रिया दिँदै प्रमुख सचेतक बर्तौलाले बजेटले मुलुकको वर्तमान आर्थिक अवस्थालाई सम्बोधन गर्ने प्रयास गरेको बताएका छन् । उनले बजेटले उत्पादनलाई प्रोत्साहन र नयाँ पुस्तालाई नवप्रवर्तनतर्फ आकर्षित गर्न खोजेको पनि बताए । उनले सरकारले वितरणमुखी बजेटको परम्पराबाट बहिर्गमन गर्दै लगानीको प्रतिफल सुनिश्चित हुने योजनामा केन्द्रित गरी बजेट ल्याएको बर्तौलाको जिकिर छ ।

उनले भने, ‘बजेट एकदमै सन्तुलित आएको छ । आजको मुलुकको अर्थतन्त्रको यथार्थतामा टेकेर बजेट आएको छ । घाँटी हेरेर हाड निल्ने अवस्थालाई हेरेर सरकारले बजेट ल्याएको छ । बजेटले उत्पादनलाई प्रात्साहित गरेको छ । जेनजी पुस्तालाई नवप्रवद्र्धनमा जोड्ने र मुलुकको समृद्धिमा कसरी समावेश गर्न सकिन्छ भन्ने पाटोलाई बजेटले ख्याल गर्न खोजेको छ । र सरकारको लगानी प्रतिफलयुक्त योजनामा केन्द्रित गर्न खोजेको छ । वितरणमुखी बजेट ल्याउने जुन हाम्रो परम्परा थियो त्यसलाई डिपार्चर गरेर निश्चित सीमाभित्र बसेर बजेट आएको छ ।’

अगामी आर्थिक वर्षको बजेटले मुलुकमा आर्थिक समृद्धि तय गर्ने विश्वास व्यक्त गरेका छन् ।


प्रकाशित मिति: १५ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?