Trending
>>   बजेटले अनुमान गरे जस्तो आम्दानी हुनसक्ने अवस्था छैनः पूर्वअर्थमन्त्री महत >>   योग्य र नैतिक कर्मचारी छनोटमा लोकसेवा आयोगको भुमिका प्रशंसनीयः राष्ट्रपति पौडेल >>   मुलुकको शासन प्रणाली प्रभावकारी रूपमा सञ्चालन गर्न सक्षम कर्मचारीतन्त्र आवश्यकः प्रधानमन्त्री >>   नातावाद र कृपावादलाई प्रश्रय दिने प्रवृत्तिले लोकतान्त्रिक मूल्यमा आघात पुर्यायोः सभापति खतिवडा >>   यो सभा चलाउने तरिका भएनः राजेन्द्र पाण्डे >>   आन्दोलन भइरहँदा संसद चलाउनु दादागिरी होः प्रमुख सचेतक शाही >>   काँग्रेस प्रमुख सचेतकको प्रश्न रास्वपाले नैतिकताको पाठ सिकाउन मिल्छ ? >>   मुलुकको अर्थतन्त्रमा वागमती सरकारको योगदान ३६ दशमलव ५२ प्रतिशत रहने >>   इरान र इजरायलमा रहेका नेपालीहरुको सुरक्षाको लागि कुटनीतिक पहल होस्ः माओवादी केन्द्र >>   इरानमा इजरायली आक्रमणपछि जर्मनी र इजिप्टद्वारा युद्ध रोक्न आह्वान
Logo
१ असार २०८२, आईतवार
१ असार २०८२, आईतवार

प्रदूषण न्युनिकरण गर्न काठमाडौंका उद्योगहरु उपत्यका बाहिर सारिने, व्यवसाय र हाउजिङलाई हदबन्दीभन्दा बढी जग्गा खरिदको अनुमति


काठमाडौँ । काठमाडौंको प्रदूषण न्युनिकरणका गर्न उपत्यकाभित्र सञ्चालित उद्योगहरूलाई उपत्यका बाहिर स्थानान्तरण गरिने भएको छ ।

संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रश्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् । उनले राजधानी क्षेत्रको प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले उद्योगहरूलाई उपत्यका बाहिरका औद्योगिक क्षेत्रहरूमा स्थानान्तरण गर्न प्रोत्साहित गर्ने नीति सरकारले लिएको बताए । अर्थमन्त्री पौडेलका अनुसार स्थानान्तरण गरिने उद्योगलाई निःशुल्क लिजमा जग्गा उपलब्ध गराइने व्यवस्था मिलाइएको छ । उद्योग, व्यवसाय, कृषि फर्म र हाउजिङ अपार्टमेन्टका लागि हदबन्दीभन्दा बढी जग्गा खरिद गर्न सक्ने व्यवस्था मिलाइएको समेत अर्थमन्त्री पौडेलले बताए । उनले हदबन्दीका कारण विक्री हुन नसकेका अनुमति प्राप्त हाउजिङ तथा अपार्टमेन्टहरूलाई विक्री गर्न पाउने व्यवस्था गरिने समेत उनको भनाइ छ ।

सरकारले अगामी आर्थिक वर्षमा जग्गा प्राप्ति तथा हदबन्दीसम्बन्धी कानूनको पुनरावलोकन गर्ने जनाएको छ ।


प्रकाशित मिति: १५ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?