Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२१ माघ २०८२, बुधबार
२१ माघ २०८२, बुधबार

आज मिति २०८२ साल जेठ १२ गते सोमबार,हेर्नूहोस् आजको राशिफल


आज मिति २०८२ साल जेठ १२ गते सोमबार( May 26 2025)ज्येष्ठ कृष्णपक्ष,चतुर्दशी, ११:२२ बजेपछि औंसी

मेष – प्रतिष्ठित काम गर्ने अवसर आउनेछ भने विशिष्ट व्यक्तिहरु नजिकिने छन् । कन्फिडेन्ट पावर बढ्ने हुँदा उपलब्धिमूलक कामहरु बन्नेछन् । राजनीति तथा समाजसेवामा समय दिनेहरुले पद पाउने समय रहेकोछ । व्यापार व्यवसाय फस्टाएर जाने तथा आम्दानीका स्रोतहरु फराकिला हुनेछन् । सुन्दर तथा विलासी सामानको प्रयोग मार्फत् अरुको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ।

बृष – न्यून पारिश्रमिकमा दिनभर काममा व्यस्त हुनुपर्दा मन खिन्न हुनेछ । आर्थिक अभावले महत्वपूर्ण कामहरु थाति रहनेछन् । लामो दुरीको वैदेशिक यात्रा तय हुनेछ भने विदेशी भूमिमा बसेर श्रम गर्नेहरुले मनग्गे रुपैयाँ पैसा कमाउन सक्नेछन् । खानपानमा ध्यान दिनुहोला, स्वास्थ्य सम्बन्धि समस्या बढ्ने तथा औषधी उपचार खर्च बढेर जानेछ । अन्य काममा सहभागी हुँदा पढाइ लेखाइ भने थाती रहनेछ।

मिथुन – इमान्दारितापूर्वक गरिएको प्रयासबाट सकारात्मक नतिजा आउने हुनाले मन प्रशन्न हुनेछ । सरकारी धन तथा पैत्रिक सम्पत्तिको प्रयोग मार्फत् मनग्गे आम्दानी गर्न सकिनेछ । विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा हात पार्न सकिनेछ भने वित्तिय क्षेत्रसँग सम्बन्धित कामहरु फस्टाएर जानेछन् । चाहेको वस्तु तथा मनोकामनाहरु पूरा हुनाले मन प्रफुल्लित हुनेछ।

कर्कट – आउने अवसरलाई सही रुपमा सदुपयोग गर्न सक्दा चाहेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । नोकरीमा बढोत्तरी हुने योग रहेको छ भने राजनीति गर्नेहरुले राज्यबाट विशेष पद प्राप्त गर्न सक्नेछन् । व्यापार व्यावसायमा लगानी गरी मनग्गे नाफा कमाउन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा लगानी गर्नेहरु सफल रुपमा स्थापित हुनेछन् । गीत सङ्गीतमा मन जानेछ भने माया प्रेममा नजिक हुने समय रहेको छ।

सिंह – समयको ख्याल नगर्दा कामहरु बिग्रने तथा दण्ड तिर्नुपर्ने हुनसक्छ, सचेत रहनुहोला । आफन्तलाई बेवास्ता गर्दा परेको बेलामा सहयोग नहुन सक्छ । पढाइ लेखाइमा समय दिएपनि भनेजस्तो नतिजा ल्याउन मुश्किल रहेको छ । सरकारी काम गर्दा होस् गर्नुहोला, काम बिग्रने तथा अर्को दिन धाउनु पर्नेछ । माया प्रेम गर्नेहरुले आजको दिन नजिक नहुँदा नै राम्रो रहनेछ । अन्य काम गर्नुभन्दा आजको दिन दान धर्म तथा मन्दिर तिरको यात्रा गरी दिन कटाउनु नै राम्रो रहेको छ।

कन्या – दैनिक कारोबार गर्दा एकदमै ध्यान दिनुहोला, रुपैयाँ पैसा हराउने तथा तलमाथी हुने अधिक सम्भावना रहेको छ । व्यापार व्यवसायमा लगानी गर्नुभन्दा पनि गरिरहेको कामलाई निरन्तरता दिनुहोला, समय मध्ययम रहेको छ । घर परिवार तथा दिदि बहिनीसँगको सम्बन्धमा दरार आउने योग रहेकोले सन्तुलित व्यवहार गर्नुहोला । पढाइ लेखाइमा दिइएको समयबाट भनेजस्तो उपलब्धि आउने सम्भावना कम रहेको छ भने माया प्रेममा धोका हुनेछ।

तुला – व्यापार व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । भौतिक सम्पत्ति तथा मानव निर्मित वस्तुहरु प्राप्तीको गतिलो योग रहेको छ । लामो समयदेखी भेट नभएका मित्रहरुसँग भेट हुनेछ भने माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ, साथै रमाईलो यात्रा तय हुनेछ । विद्यार्थीहरुले अध्ययनमा सफलता पाउनेछन् भने गुरुहरुको राम्रो सहयोग पाइने हुँदा गन्तव्य पहिल्याउन सहज हुनेछ।

वृश्चिक – आफन्त तथा मावली पक्षको सहयोग पाइने हुनाले कामहरु गर्न शरीरमा उर्जा पैदा हुनेछ । विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई हराउँदै सकारात्मक नतिजा हात पार्न सकिनेछ । व्यापारमा बढोत्तरीको योग रहेको छ भने थोरै लगानीबाट यथेष्ट लाभ लिन सकिनेछ । अदालती निर्णयहरु तपाईंकै पक्षमा आउने भएको हुनाले न्याय पाएको अनुभुती हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेको छ।

धनु – पढाइ लेखाइ बिग्रने तथा शिक्षा क्षेत्रसँग सम्बन्धित व्यवसायबाट भनेजस्तो आम्दानी नहुँदा आर्थिक सन्तुलन बिग्रने योग रहेको छ । माया प्रेममा एक अर्कालाई अविस्वास गर्नाले बाध्यता बस टाढा हुनु पर्नेछ । आफन्त तथा सन्तानले तपाईंको काममा सहयोग नगर्ने तथा भनेको नमान्दा महत्वपूर्ण अवसरहरु गुम्न सक्छ । खानपानमा ध्यान दिनुहोला, स्वास्थ्य सम्बन्धि समस्या आउने योग रहेको छ।

मकर – घर परिवार, आफन्त तथा आमासँग घरायसी कुरामा विवाद सिर्जना हुनसक्छ ध्यान दिनुहोला । कृषी तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरुका लागि भने समय उत्तम रहेको छ । तपाईंले सुरु गर्नुभएको काममा विभिन्न बाधा तथा अवरोधको सामना गर्नुपर्नेछ । तपाईंले बनाएका गोप्य योजनाहरु सार्वजनिक गर्न केही समय पर्खदा राम्रो हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा प्रशस्त समय खर्चिए पनि भनेजस्तो नतिजा हात नलाग्न सक्छ।

कुम्भ – स्वास्थ्य सम्बन्धि सामान्य समस्याले नसताउला भन्न सकिन्न । वादविवाद तथा प्रतिस्पर्धामा आजको दिन सरिक नहुँदा नै राम्रो हुनेछ भने मुद्दा मामिला तथा न्यायलयमा सहभागी भई बयान दिँदा हारिने सम्भावना रहेको छ । विद्यामा उत्साहजनक प्रगती नहुँदा मन चिन्तित रहला । राजनीति तथा समाजसेवामा भनेजस्तो काम गर्न नसकिने हुनाले आलोचना सहनुपर्ला । छोटो दुरीको यात्रा हुने भएपनि यात्राका क्रममा विभिन्न बाधा तथा अवरोधको सामना गर्नुपर्ने हुन सक्छ।

मीन – लामो समय लगाएर गरिएको कामको नतिजा तपाईंको पक्षमा नआउने हुनाले मन दुःखी हुनेछ । बन्दव्यापारमा सोचेजस्तो आम्दानी नहुन सक्छ । आम्दानी भन्दा खर्च बढ्ने हुनाले आर्थिक व्यवस्थापन गर्न गाह्रो हुनेछ । रुपैयाँ पैसाको कारोबार गर्दा ध्यान दिनुहोला, सापटी लगेको तथा लानेहरुले नफर्काउनाले काम गर्न गाह्रो हुनेछ । प्रणय सम्बन्ध चिसिने अधिक सम्भावना रहेको छ भने आफन्तसँग नै मनमुटाव बढ्नेछ । नोकरी तथा कार्यक्षेत्रमा सहकर्मीहरु बाट नै आलोचना हुन सक्छ, काम गर्दा ध्यान दिनुहोला।

राशिफलमा जे जस्तो भए पनि तपाई को दिन सुखमय रहोस।


प्रकाशित मिति: १२ जेष्ठ २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?