Trending
>>   आज मिति २०८२ साल असार ०५ गते बिहिबार,हेर्नूहोस् आजको राशिफल >>   जलविद्युत परियोजनाको बीमाका सवालमा धैरै गुनासा छन्ः अध्यक्ष ओझा >>   पूर्वाधार विकास समितिका सदस्यहरूद्वारा ग्वार्को फ्लाई ओभरको स्थलगत अनुगमन >>   देशलाई सङ्कट पर्दा सबै एक ठाउँमा आएर निकास दिनु सबैको कर्तव्यः मन्त्री ठकुरी >>   नक्कली महानगरलाई सक्कली महानगर यातायातको चेतावनीः नाम र डिजाइन तत्काल हटाउनूस् >>   उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक सम्पन्न, असार दोस्रो साता पूर्ण बैठक बस्ने >>   नेपालमा सञ्चार क्षेत्र समावेशिताको उत्कृष्ट उदाहरणः मन्त्री गुरुङ >>   कर्मचारीहरूलाई असिमित अवधिसम्म कामकाजमा खटाउने कार्य बन्द हुने >>   पुल सुधार तथा मर्मत कार्यक्रमका लागि २० अर्ब ७९ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण… >>   बैंकमा निक्षेप बढेको बढ्यै, एकैदिन ९० अर्ब खिच्दै राष्ट्र बैंक
Logo
४ असार २०८२, बुधबार
४ असार २०८२, बुधबार

लेखकलाई नैतिकताको आधारमा राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्न काँग्रेस नेता कोईरालाको सुझाव


काठमाडौँ। नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्न सुझाव दिएका छन् ।

शनिवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता कोईरालाले भ्रष्टाचारको विषयमा कुरा उठिसकेपछि नैतिकताको आधारमा राजीनामा दिनु उपयुक्त हुने बताएका छन् । उनले विगतमा समेत भ्रष्टाचारको विषय उठेका केही मन्त्रीहरुले राजीनामा दिएर अनुसन्धानमा सघाएको उल्लेख गर्दै राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्न मन्त्री लेखकलाई सुझाव दिएका छन् । उनले अध्यागमनको भिजिट भिसा प्रकरणमा संलग्नता भएको विषय उठिसकेपछि आफूलाई सही सावित गर्न पनि छानविन हुन जरुरी रहेको बताए ।

उनले भने, ‘यो कुनै नौलो कुरा होइन । यदि त्यसो हो भने मोरल ग्राउण्डमा पनि उहाँले ल म छोडिदिन्छु छानविन गर भनेर भने हुन्छ । सामान्य कुरा हो यो त । राजनीतिमा नैतिकता भन्ने कुरा पनि त हुन्छ नि । इस्यु आएको छ । उहाँको संलग्नता नहोला तर इस्यु आइसकेपछि आफू क्लिन छु भनेर देखाउनको लागि पनि छानबिन हुन जरुरी छ ।’

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भिजिट भिसामा जाने युवाबाट रकम असुली गरिएको प्रकरणमा गृह मन्त्रालय समेत जोडिएको छ । यही विषयमा विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ ।


प्रकाशित मिति: १० जेष्ठ २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?