Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

विद्यार्थी खोज्न घरदैलो अभियान


२२ चैत ,दोधारा चाँदनी । कञ्चनपुरका सामुदायिक विद्यालयले विद्यार्थी भर्ना गर्न घरदैलो अभियान चलाएका छन् । यहाँको सबैभन्दा पुरानो विद्यालय बैजनाथ, महेन्द्रनगर माध्यमिक विद्यालय कटान, भृकुटी माध्यमिक विद्यालय महेन्द्रनगरलगायत जिल्लाका अन्य थुप्रै साुमदायिक विद्यालयले विद्यार्थी भर्नाका लागि घरदैलो अभियान सञ्चालन गरेका छन् ।

विभिन्न नयाँ योजना लगेर सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षित गर्न अभिभावकको घरदैलोमा पुग्ने गरेका छन् । भृकुटी माध्यमिक विद्यालयकी शिक्षिका विमला भट्टले विद्यार्थीलाई आफ्नो विद्यालयमा भर्ना गराउन शिक्षिक–शिक्षिका अभिभावको घरदैलोमा पुग्ने गरेको बताए । “हामीले यसपटक नयाँ भर्ना हुने विद्यार्थीलाई निःशुल्क पोशाक र झोला उपलब्ध गराउँदैछौ”, उनले भने, “अभिभावकलाई विद्यालयको गुणस्तरीय शिक्षाका बारेमा जानकारी दिँदै भर्ना गर्न आग्रह गरिरहेका छौ ।”

उनले सामुदायिक विद्यालयमा अध्ययन गर्दा न्यून शुल्कमा गुणस्तरीय शिक्षा आर्जन गर्न सकिने बताए । “नयाँ विद्यार्थी थप गर्ने लक्ष्य छ”, भट्टले भने, “त्यसैले घर–घरमै पुगिरहेका छौँ ।” महेन्द्रनगर माध्यमिक विद्यालयले पनि घर–घरमै पुगेर विद्यार्थी भर्ना अभियान चलाएको छ ।

विद्यालयका शिक्षक नवराज जोशीले विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र शिक्षक–शिक्षिका विद्यार्थी भर्ना अभियानमा जुटेको बताए । “नर्सरी र कक्षा १ मा अङ्ग्रेजी माध्यमबाट समेत निःशुल्क पठनपाठन गर्न लागेका छौँ”, उनले भने ।

हाल कक्षा १० सम्म विद्यालयमा तीन सय ८५ विद्यार्थी रहेकामा यस वर्ष पाँच सय विद्यार्थी पुर्याउने लक्ष्यका साथ विद्यार्थी भर्ना अभियान थालेको उनको भनाइ छ । “कक्षा ८ सम्म सरकारले विद्यार्थीका लागि दिवाखाजाको व्यवस्था गरेको छ”, जोशीले भने, “साुमदायिक विद्यालयमा छात्रवृत्तिलगायतका थुुप्रै सुविधा छन्, यहाँ भर्ना हुँदा विद्यार्थीले न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्राप्त गर्छन् ।” उनले टोल–टोलमा पुगेर बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गर्न आग्रह गरिरहेको बताए ।

जिल्लाको सबैभन्दा पुरानो विद्यालय बैजनाथ माविले पनि विद्यार्थी भर्ना अभियान सञ्चालन गरिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अच्युत कलौनीले जानकारी दिए । “नर्सरीदेखि कक्षा ९ सम्म नै अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्ने तयारी थालेका छौँ”, उनले भने, “विद्यालयको गुणस्तर वृद्धि गर्दै विद्यार्थीलाई आकर्षित गर्ने योजना बनाएका छौँ ।”

हाल यो विद्यालयमा एक हजार विद्यार्थी अध्ययनरत छन् । सरकारले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि दिवाखाजालगायत सेवा सुविधा उपलब्ध गराए पनि सामुदायिक विद्यालयमा न्यून विद्यार्थी भर्ना हुने गरेका छन् ।


प्रकाशित मिति: २२ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?