Trending
>>   मोरक्को र पानामा द्विपक्षीय सहयोग बढाउन सहमत >>   अन्योलमा धुलिखेल खावा सडकः ठेक्का रद्धपछि पनि पुनर्निर्माण प्रक्रिया अघि बढ्न सकेन >>   इजरायलले सीमा बन्द गरेसँगै पश्चिम क्षेत्रका प्यालेस्टिनीको जनजीवन ठप्प >>   टर्किएद्वारा ३९ जना शंकास्पद आईएस सदस्य पक्राउ >>   आज मिति २०८२ साल असार ०३ गते मंगलबार ,हेर्नूहोस् आजको राशिफल >>   आगामी आर्थिक वर्षको बजेट यथार्थपरक, कार्यान्वयनयोग्य र विश्वसनीयः अर्थमन्त्री पौडेल >>   धुम्रपान र मद्यपानको विज्ञापनमा कडाई आवश्यकः अध्यक्ष दाहाल >>   संसद अवरोध हुँदा सरकारले आफ्नो कारबाही अघि बढाउनु स्वभाविकः अध्यक्ष केसी >>   बजेटमा प्रश्तावित राजश्व वृद्धिको लक्ष्य पूरा हुन्छः अर्थमन्त्री पौडेल >>   संसद जबरजस्ती चलाउनु संसदीय व्यवस्थाको लागि धब्बा होः सन्तोष परियार
Logo
३ असार २०८२, मंगलवार
३ असार २०८२, मंगलवार

एआईको दुरुपयोग रोक्न आवश्यकः मन्त्री पन्त


काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको भन्दै त्यसलाई रोक्नु अहिलेको मुख्य चुनौती भएको बताएका छन् ।

शुक्रवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पन्तले बढ्दो कृत्रिम बौद्धिकता (एआई)को दुरुपयोग रोक्न आवश्यक रहेको बताउदै उनले कृत्रिम बौद्धिकता (एआई)को दुरुपयोग हुन नदिन पत्रकारिताको मूल्य र मान्यतालाई अंगिकार गर्न जरुरी रहेको जिकिर गरेका छन् । पत्रकारिताको मूल्य र मान्यतामा अडिग रहेर पत्रकारिता गर्न नसकेको अवस्थामा कृत्रिम बौद्धिकता विध्वंसकारी हतियार हुनसक्ने उनको भनाइ छ । मन्त्री पन्तले मिडियाले व्यक्तिहरूलाई अनुचित ढंगले लक्षित गर्ने प्रवृत्तिको अन्त्यका लागि प्रेस आचारसंहिताको कडाइका पालना गर्नु आवश्यक रहेको समेत बताए ।

उनले भने, ‘पछिल्लो समय हामी नेपालमै र नेपाल बाहिर समेत मिडियाले भिक्टिमाइज गरेका मान्छेहरु देखिरहेका छौँ । यसलाई रोक्नु आजको मुख्य चुनौती हो । बढ्दो एआईको दुरुपयोगलाई रोक्ने भनेकै इथिक्सले हो । पत्रकारिताको मूल्य र मान्यतामा अडिग रहन सक्यौँ भने एआई हाम्रो लागि सहयोगी बन्नसक्छ । यदि रहेनौँ भने त्यो एउटा विध्वंशकारी र हतियार पनि हुनसक्छ । उतिबेला सामुदायिक रेडियोहरुलाई जन्माउन निकै कठिन थियो ।’

मन्त्री पन्तले सामुदायिक रेडियोहरूको शुरुवातकालीन चुनौतीहरू स्मरण गर्दै वर्तमान डिजिटल युगमा पत्रकारिताको सामाजिक उत्तरदायित्व झनै महत्वपूर्ण भएको बताए ।


प्रकाशित मिति: ९ जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?