Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

नेपालमा गणतन्त्र गोलीले होइन, बोलीले आएको होः सञ्चारमन्त्री गुरुङ


काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नेपालमा गणतन्त्र गोलीद्वारा नभइ बोलीबाट आएको बताएका छन् ।

बिहीवार सिंहदरबारमा मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै उनले नेपालमा गणतन्त्र बुलेटबाट नभइ ब्यालेटबाट आएको र बुलेटबाट आएको नसोच्न माओवादीलाई पटक पटक आफूले आग्रह गरेको समेत उल्लेख गरेका छन् । उनले अहिलेको सत्तापक्ष र प्रतिपक्ष गणतन्त्र पक्षधर रहेको बताउदै उनले गणतन्त्रको आलोचना र टिप्पणी गर्न पाइने तर राजतन्त्रको पक्षमा लाग्ने कुरा, मुलुक विखण्डनमा लाग्ने कुरा संविधान विरोधी भएको जिकिर गरेका छन् ।

मन्त्री गुरुङले भने, ‘यो मुलुकमा गणतन्त्र गोलीद्वारा होइन, बोलीद्वारा आएको हो । बुलेटद्वारा होइन, ब्यालेटबाटै आएको हो । माओवादीहरुले बुलेटबाट गणतन्त्र ल्याउँछाँै भनेको त्यो दिन भएन भनेर जिस्काइरहेको हुन्छु मैले । अहिले सत्ता पक्ष, प्रतिपक्षमा जोजो छौँ, सबै गणतन्त्रको पक्षधर छौँ । गणतन्त्रको आलोचना, टिप्पणी गर्न पाइन्छ । राजतन्त्रको पक्षमा लाग्ने कुरा, मुलुक विखण्डनमा लाग्ने कुरा संविधान विरोधी हो । प्रजातन्त्र, लोकतन्त्र, जनता विरोधी हो । त्यो सीमाभित्र रहेर काम गर्नुपर्छ ।’

मन्त्री गुरुङले राजावादीहरुलाई बोल्ने अधिकार दिँदा डराएको भन्ने नसोच्न चेतावनी समेत दिएका छन् ।


प्रकाशित मिति: ८ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?