Trending
>>   पार्टी कार्यालयमै नक्कली पीडित खडा गरेर मेरा विरुद्ध जाहेरी लेख्ने काम गरियोः गृहमन्त्री लेखक >>   प्रतिनिधि सभामा पढेर सुनाइयो माधव नेपाल सांसदबाट निलम्वन भएका सूचना >>   भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन, हुनै सक्दैनः गृहमन्त्री लेखक >>   जनताको समस्या समाधानका लागि सहमति गरयौंः प्रमुख सचेतक पाण्डे >>   भिजिट भिसामार्फत हुने गरेको मानव तस्करीको नेतृत्व गृह मन्त्रालयले गरेको छः सांसद झा >>   लुटतन्त्रको रक्षाका लागि सरकार र माओवादी मिलेः राजेन्द्र लिङदेन >>   भिजिट भिसा प्रकरणः माओवादीले गरेन संसद अवरोध, रास्वपा र राप्रपाको विरोध कायमै >>   कृषि क्षेत्रको आधुनिकीकरणको परिकल्पनासहित काम भइरहेको छः कृषिमन्त्री अधिकारी >>   घुस खाएको प्रमाणित गरेर देखाउन अध्यक्ष नेपालको चुनौति >>   टेक एण्ड पे प्रावधान सच्याइनेछः मन्त्री खड्का
Logo
३० जेष्ठ २०८२, शुक्रबार
३० जेष्ठ २०८२, शुक्रबार

श्रमीकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रश्ताव नेपालले डब्ल्युएचओमा लैजाँदै


काठमाडौँ। बाहिरि मुलुकबाट श्रमका लागि पुगेका श्रमीकको स्वास्थ्योपचारको जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रश्ताव नेपालले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) मा लैजाने तयारी गरेको छ ।

उत्तः प्रश्ताव नेपालले आगामी वर्ष हुने विश्व स्वास्थ्य संगठनअन्तर्गतको विश्व स्वास्थ्य सम्मेलनमा लैजाने तयारी गरेको हो । विश्व स्वास्थ्य सम्मेलनमा सहभागी भइ बिहीवार स्वदेश फर्किएका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अन्य देशहरुमा कामदार पठाउने मुलुकहरुले आफ्ना नागरिकमाथि भएको स्वास्थ्य समस्याको विकराल स्थिति रहेको कुरालाई मध्यनजर गरी त्यसलाई हल गर्न आगामी वर्ष रोजगारदाता राष्ट्रमा श्रम गर्न गएका जुनसुकै देशका नागरिकहरुको स्वास्थ्यको सम्पूर्ण जिम्मा रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रश्ताव नेपालले लैजाने गरी तयारी गरेको उल्लेख गरेका छन् ।

यस पटकको सम्मेलनमा नै नेपालले त्यसबारे जानकारी गराएको बताउदै उनले प्रश्ताव डब्ल्युएचओबाट पास हुने स्थिति बन्दा जानु भन्दा पहिला, गइसकेपछि र फर्किंदा स्वास्थ्य सहयोग तथा स्वास्थ्य अवस्थाका बारेमा सम्बन्धित राष्ट्रले नै जानकारी गराउने स्थिति बन्ने बतायेका छन् । यसले उपचार नपाएर फर्किएर आउनुपरेको स्थिति, उपचार गर्दा खर्चको कारणले पूर्ण रुपमा उपचार नहुने स्थिति र खर्चका कारणले उपचार नहुने स्थिति एवं कतिपयलाई मृत्यु भएपछि शव सम्बन्धित देशमा पठाउन नसक्ने स्थिति तथा रोग बोकेर आउनुपर्ने स्थिति र बाध्यतालाई अन्त्य हुने बताएका छन् ।

मन्त्री पौडेलले भने, ‘खासगरी अहिले डब्ल्युएचओले पेण्डामिक भएको अवस्थामा महामारी भएको अवस्थामा जुन देश महामारीबाट बढी प्रभावित हुन्छ, त्यो देशलाई डब्ल्युएचओबाटै आधिकारिक रुपमा सहयोग पु¥याउने गरी नीतिगत व्यवस्थाको प्रश्ताव डब्ल्युएचओले सर्वसहमतिबाट पास गरेको छ । त्यसबाट हाम्रो जस्ता विपन्न राष्ट्रहरुलाई प्रत्यक्ष लाभ पुग्ने स्थिति देखिन्छ । अहिलेसम्म पेण्डामिक भएको अवस्थामा अनिवार्य रुपबाट डब्ल्युएचओले सहयोग गर्नुपर्ने अवस्था बनेको थिएन । यो सभासभापछि महामारी भएको मुलुकमा अनिवार्य रुपमा डब्ल्युएचओले सहयोग प्रदान गर्ने स्थिति यो प्रश्ताव पास भएपछि बनेको छ । यो एउटा उपलब्धि हो । हामीले धेरै लामो समयपछि नेपालको परिस्थितिसँग जोडेर नेपाल मात्र होइन, अन्तर्राष्ट्रिय बजारमा अन्य देशहरुमा कामदार पठाउने मुलुकहरुले आफ्ना नागरिकमाथि भएको स्वास्थ्य समस्याको विकराल स्थिति छ, त्यसलाई हल गर्नका लागि आगामी वर्ष जुन रोजगारदाता राष्ट्र हो, त्यो राष्ट्रमा श्रम गर्न गएका जुनसुकै देशका नागरिकहरुको स्वास्थ्यको सम्पूर्ण जिम्मा रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रश्ताव नेपालले आगामी वर्ष लैजाने गरी तयारी गरेको छ । यो पटक नै त्यो जानकारी गराएका छौँ । वर्षभर त्यसको प्रक्रिया अघि बढ्नेछ र नेपाल प्रश्तावक भएर श्रम भिसाअन्तर्गत जुनसुकै देशमा गएका जुनसुकै देशका नागरिकहरुको स्वास्थ्यको सम्पूर्ण जिम्मा रोजगार दाता राष्ट्रले लिनुपर्ने व्यवस्थाका निम्ति नेपालले प्रश्ताव गर्दैछ । त्यसको तयारी गरेका छौँ । यो प्रश्ताव डब्ल्युएचओबाट पास हुने स्थिति बन्यो भने यहाँ जानु भन्दा पहिला, गइसकेपछि र फर्किंदा स्वास्थ्य सहयोग, स्वास्थ्य अवस्थाका बारेमा सम्बन्धित राष्ट्रले नै जानकारी गराउने स्थिति बन्छ । उपचार नपाएर फर्किएर आउनुपरेको स्थिति छ । उपचार गर्दा खर्चको कारणले पूर्ण रुपमा उपचार नहुने स्थिति छ । कतिको खर्चका कारणले उपचार नहुने स्थिति छ । कतिपयलाई मृत्यु भएपछि शव सम्बन्धित देशमा पठाउन नसक्ने स्थिति छ । रोग बोकेर आउनुपर्ने स्थिति र बाध्यतालाई अन्त्य गर्न श्रम गर्न गएको देशले नै उसको स्वास्थ्यको सम्पूर्ण जिम्मा लिनुपर्ने स्थिति बनाउनका निम्ति प्रश्ताव लैजान खोजिरहेका छौँ ।’

मन्त्री पौडेलले डब्ल्युएचओको नीतिगत विषयमा नेपालले अब सक्रिय भएर भाग लिन जरुरी रहेको बताउदै नेपालले लैजान लागेको प्रश्ताव डब्ल्युएचओको धेरै सदस्य राष्ट्रहरुका निम्ति आवश्यक रहेको जिकिर गरेका छन् । छिमेकी मुलुक भारतको प्रतिनिधिहरुसँग पनि छलफल भएको र स्वास्थ्यसँग सम्बन्धित विषयहरुमा दुई देश बीचमा सम्झौता गर्नेगरी अघि बढ्ने कुरा भएको बताए । छिमेकी देश चीन, मित्रराष्ट्र बेलायत, बंगलादेश, श्रीलंका, मल्दिभ्स, नर्वे र स्विट्जरल्याण्ड लगायतका देशका प्रतिनिधिहरुसँग स्वास्थ्य क्षेत्रका लागि समझदारी गरिएको जानकारी दिएका छन् ।


प्रकाशित मिति: ८ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?