Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

विपद्को समयमा नागरिकको जीवन रक्षाका लागि तयार भएर बस्नुस्ः गृहमन्त्री लेखक


काठमाडौँ। गृहमन्त्री रमेश लेखकले विपद्को समयमा नागरिकको जीवन रक्षाका लागि सशस्त्र प्रहरी बलले निष्ठापूर्वक काम गर्नुपर्ने बताएका छन् ।

सशस्त्र प्रहरी बलको कुरिनटार विपद् व्यवस्थापन तालिम शिक्षालयको तालिम समापन समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले विपदका समयमा आम नागरिकको जिउ, जीवन र धन रक्षाका लागि सशस्त्र प्रहरी बल सधैं अग्रगतिमा रहनुपर्ने बताएका छन् । उनले तराई, मधेस, पहाड, हिमाल जुनसुकै ठाउँमा पर्ने विपद्को समयका लागि तयार भएर बस्न निर्देशन समेत दिएका छन् । मन्त्री लेखकले विपदका समयमा नागरिकको जीवन रक्षाका लागि हुँदै आएको कामको प्रशंसा गर्दै विपद्मा परेका नागरिकको जीवन रक्षाका लागि निष्ठापूर्वक काम गर्न आग्रह गर्दै संघ, प्रदेश र स्थानीय तहका सरकार आपसमा मिलेर विदको जोखिम न्यूनिकरण गर्दै जनधनको सुरक्षा गर्नु वर्तमानको आवश्यकता भएको बताएका छन् ।

उनले भने, ‘शसस्त्र प्रहरी बल नेपालले विपद जोखिम न्युनिकरण, विपदमा परेका मानिसको खोज उद्दार, राहतलगायतका कार्य गर्ने विषयमा जुन विज्ञता हासिल गरिरहेको छ यसको प्रशंसा गर्न चाहन्छु । कुरिनटारस्थित विपद जोखिमका बारेमा शिक्षित गर्ने, दीक्षित गर्ने शिक्षालयले विभिन्न प्रशिक्षार्थीलाई शिक्षित गरेर आम नागरिकको जीउ, जीवन र धन रक्षाका लागि जुन कला सिकाएको छ त्यसको लागि शिक्षालय धन्यवाद दिन चाहन्छु । यसमा संलग्न सम्पूर्ण अधिकारीहरु, प्रशिक्षकहरु र प्रदेश सरकार जसले यसमा सहयोग गरेको छ । स्थानीय सरकार र जनप्रतिनिधिहरुलाई धन्यवाद दिन चाहन्छु । बाढीको समयमा डुवानका क्षेत्रमा जसरी सशस्त्र प्रहरी बल नेपालका जवानहरुले कुशलतापूर्वक मानिसको जीवन रक्षा गर्छन् त्यसका लागि हासिल गर्नुभएको सीप राष्ट्रका लागि समर्पित भएर नागरिकको जीवन रक्षाका लागि सधैं यसैगरी निष्ठापूर्वक काम गर्न आग्रह गर्दछु । विपदका समयमा नागरिकको जीवन रक्षाका लागि गर्नुभएको कामको प्रशंसा गर्दै धन्यवाद दिन चाहन्छु । तराई, मधेस, पहाड, हिमाल जुनसुकै ठाउँमा पर्ने विपदका लागि तपाईहरु तयार भएर बस्नुपर्छ । जुनसुकै समयमा आउने विपदका बेला हरदम तयार भएर बस्नु जरुरी छ । र, संघ, प्रदेश र स्थानीय तहका सरकार आपसमा मिलेर विपदको जोखिम न्युनिकरण गर्ने र जोखिमपछिका प्रतिकार्य गर्दै नागरिकको जनधनको सुरक्षा गर्नु अहिलेको आवश्यकता हो ।’

उनले तालिममा हासिल भएका सीप राष्ट्रका लागि समर्पित गर्दै नागरिकको जीवन रक्षाका लागि निष्ठापूर्वक काम गर्न आग्रह पनि गरेका छन् ।


प्रकाशित मिति: ७ जेष्ठ २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?