Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

गृहमन्त्रीको आह्वानः सबै मिलेर विपद् पूर्वतयारीमा जुटौँ


काठमाडौँ। गृहमन्त्री रमेश लेखकले सरकार र गैह्रसकारी दुवै क्षेत्र मिलेर विपद् जोखिम न्युनिकरणको लागि पूर्वतयारीमा लाग्नुपर्नेमा जोड दिएका छन् ।

मंगलवार बसेको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लेखकले पूर्वमनसुनको अवस्था रहेकाले मनसुनको बेलामा हुने विपद् जोखिम न्युनिकरण गर्नेबारेका छलफल भएको बताउदै र्याफ्टिङ एशोसिएशन र पर्वतारोहण संघ लगायत निजी क्षेत्रसँग छलफल भएको जानकारी दिएका छन् ।

उनले भने,‘अहिले हामी पूर्वमनसुनको अवस्थामा छौँ । केही समयपछि मनसुन प्रारम्भ हुन्छ । अहिले प्राधिकरणले निरन्तर रुपले मनसुनको बेलामा हुने विपद्का जोखिम न्युनिकरण गर्ने र विपद् भए त्यसको त्यसको व्यवस्थापन कसरी गर्ने भन्नेमा निरन्तर छलफल र तयारी गरिरहेको छ । अहिले निजी क्षेत्रका विभिन्न संस्थाहरु जस्तोः र्याफ्टिङ एशोसिएशन छ, पर्यटकका आरोहणको क्षेत्रका छन् । उहाँहरुलाई रेस्क्यु गर्ने ज्ञान, सीप र क्षमता हुन्छ । त्यसकारण सरकारले विभिन्न गैरसकारी संस्था, निजी क्षेत्र र राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्र जसले जोमिखमा विपद्को जोखिमलाई न्युनिकरण र व्यवस्थापन गर्नेकुरामा सहयोग गर्न सक्नुहुन्छ, उहाँहरुसँग छलफल गरेर सरकार र गैह्रसकारी दुवै क्षेत्र मिलेर जोखिम न्युनिकरण गरौँ । जोखिम भएको अवस्थामा त्यसको उचित व्यवस्थापन गरौँ भन्ने साझा धारणा निर्माण गर्ने तयारी स्वरुप यो बैठक बसेको हो ।’

छलफलमा तीनै सुरक्षा निकायका विपद् हेर्ने अंगका प्रमुख तथा प्रतिनिधि, सडक विभाग एवं विश्व खाद्य कार्यक्रमका अधिकारीहरुको पनि सहभागिता थियो ।


प्रकाशित मिति: ६ जेष्ठ २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?