Trending
>>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

गृहमन्त्रीको आह्वानः सबै मिलेर विपद् पूर्वतयारीमा जुटौँ


काठमाडौँ। गृहमन्त्री रमेश लेखकले सरकार र गैह्रसकारी दुवै क्षेत्र मिलेर विपद् जोखिम न्युनिकरणको लागि पूर्वतयारीमा लाग्नुपर्नेमा जोड दिएका छन् ।

मंगलवार बसेको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लेखकले पूर्वमनसुनको अवस्था रहेकाले मनसुनको बेलामा हुने विपद् जोखिम न्युनिकरण गर्नेबारेका छलफल भएको बताउदै र्याफ्टिङ एशोसिएशन र पर्वतारोहण संघ लगायत निजी क्षेत्रसँग छलफल भएको जानकारी दिएका छन् ।

उनले भने,‘अहिले हामी पूर्वमनसुनको अवस्थामा छौँ । केही समयपछि मनसुन प्रारम्भ हुन्छ । अहिले प्राधिकरणले निरन्तर रुपले मनसुनको बेलामा हुने विपद्का जोखिम न्युनिकरण गर्ने र विपद् भए त्यसको त्यसको व्यवस्थापन कसरी गर्ने भन्नेमा निरन्तर छलफल र तयारी गरिरहेको छ । अहिले निजी क्षेत्रका विभिन्न संस्थाहरु जस्तोः र्याफ्टिङ एशोसिएशन छ, पर्यटकका आरोहणको क्षेत्रका छन् । उहाँहरुलाई रेस्क्यु गर्ने ज्ञान, सीप र क्षमता हुन्छ । त्यसकारण सरकारले विभिन्न गैरसकारी संस्था, निजी क्षेत्र र राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्र जसले जोमिखमा विपद्को जोखिमलाई न्युनिकरण र व्यवस्थापन गर्नेकुरामा सहयोग गर्न सक्नुहुन्छ, उहाँहरुसँग छलफल गरेर सरकार र गैह्रसकारी दुवै क्षेत्र मिलेर जोखिम न्युनिकरण गरौँ । जोखिम भएको अवस्थामा त्यसको उचित व्यवस्थापन गरौँ भन्ने साझा धारणा निर्माण गर्ने तयारी स्वरुप यो बैठक बसेको हो ।’

छलफलमा तीनै सुरक्षा निकायका विपद् हेर्ने अंगका प्रमुख तथा प्रतिनिधि, सडक विभाग एवं विश्व खाद्य कार्यक्रमका अधिकारीहरुको पनि सहभागिता थियो ।


प्रकाशित मिति: ६ जेष्ठ २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?