Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

सहिद स्मारक ए डिभिजन लिग फुटबल


२१ चैत ,काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजको खेलमा जावलाखेल युथ क्लब सातदोबाटो युथ क्लबलाई पराजित गर्दै अङ्क तालिकाको शीर्ष स्थानमा उक्लेको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को कम्प्लेक्समा भएको खेलमा जावलाखेल सातदोबाटो युथ क्लबलाई २–१ गोल अन्तरले हराउँदै अङ्कतालिकाको शीर्ष स्थान उक्लिएको हो ।

जितसँगै जावलाखेलले ६ खेलमा १३ अङ्क जोडेको छ । जावलाखेलको जितमा फोडे फोफाना र एनकोटो मोसाबीले एक–एक गोल गरे । यता सातदोबाटोका लागि भने दीपकसिंह ठकुरीले एक गोल फर्काए । खेलको ४३ औँ मिनेटमा फोफानाले पेनाल्टीमार्फत गोल गर्दै जावलाखेललाई पहिलो अग्रता दिलाए ।

त्यसपछि खेलको ५० औँ मिनेटमा मोसाबीले गोल गर्दा जावलाखेलको अग्रता दोब्बर बनाए । खेलको ७५ औँ मिनेटमा सातदोबाटोका दीपकले एक गोल फर्काए पनि जावलाखेल २–१ ले विजयी भयो । पराजित सातदोबाटो ६ खेलमा १२ अङ्क जोडेर तेस्रो स्थानमा झरेको छ ।

त्यसैगरी सातदोबाटोस्थित च्यासल मैदानमा आजै भएको अर्को खेलमा न्यूरोड टिम (एनआरटी) र चर्च ब्वाइज क्लबले २–२ गोलको बराबरी खेल्दै अङ्क बाडेका छन् । खेलको २० औँ मिनेटमा चर्च ब्वाइजका आशिष चौधरीले गोल गरे ।

त्यस्तै खेलको ६२ औँ मिनेटमा कप्तान अनन्त तामाङले गोल गर्दै चर्च ब्वाइजलाई २–० को अग्रता दिलाए तर त्यो चर्च ब्वाइज क्लबको उक्त अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको ७१ औँ मिनेटमा एनआरटीका रोहन खड्कीले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए ।

त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा एनआरटीका अर्का खेलाडी सरोज तामाङले एक गोल गरेपछि खेल २–२ गोलको बराबरीमा सकियो । यस बराबरी खेलसँगै एनआरटीले ६ खेलमा ३ अङ्क जोडेको छ भने चर्च ब्वाइजले ६ खेलमा १२ अङ्क जोडेको छ । चर्च ब्वाइज अङ्कतालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।


प्रकाशित मिति: २१ चैत्र २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?