Trending
>>   नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी समितिको प्रतिवेदन संसदमा पेश >>   रास्वपा र एसलाई जितजंगले भने पहिले आफूले सिकेर मात्रै अरूलाई नैतिकता सिकाउनू >>   सार्वजनिक ऋणको हिस्सा जिडीपीको ४३ दशमलव ४७ प्रतिशत पुग्यो >>   ‘कुलिङ पिरियड’ हटाउन सचिवहरूले संयुक्त राजीनामाको धम्की दिएको एकीकृत समाजवादीको दाबी >>   भिजिट भिसा प्रकरण कुनै दल विशेषको मुद्दा होइन, सबै एकजुट बनौँः प्रमुख सचेतक शाही >>   आयोडिन नुनको आपूर्ति व्यवस्था पर्याप्त र गुणस्तरयुक्त छः सचिव घिमिरे >>   हरित अर्थतन्त्रको प्रवर्द्धनमार्फत आर्थिक वृद्धिको बाटोमा रहेका चुनौतिको सामना गर्नसक्छौँः उपप्रधानमन्त्री पौडेल >>   अमेरिकी फेडरल रिजर्भले ब्याजदर अपरिवर्तित राख्यो >>   लागुपदार्थ दुर्व्यसनी न्युनिकरण गर्न नेपाल स्काउटको भुमिका महत्वपूर्णः उपराष्ट्रपति यादव >>   इण्डोनेसियाको माउन्ट लेवोटोबी लाकी लाकी फेरि विस्फोट
Logo
५ असार २०८२, बिहीबार
५ असार २०८२, बिहीबार

१२ घण्टामा गाजामा इजरायली आक्रमणबाट एक सय बढी प्यालेस्टिनीहरूको मृत्यु


एजेन्सी। उत्तरी गाजा पट्टीमा इजरायली आक्रमणबाट प्यालेस्टिनीहरूको मृत्यु हुनेको संख्या विगत १२ घण्टामा एक सय नाघेको छ ।

गाजाको नागरिक रक्षाले कम्तिमा १०९ जनाको मृत्यु र २१६ जना घाइते भएको पुष्टि गरेको छ । गाजाका नागरिक रक्षाका प्रवक्ता महमुद बसालले उत्तरी गाजा पट्टीको लागि कठिन र रक्तपातपूर्ण दिन भएको बताएका छन्  प्यालेस्टिनी चिकित्सा स्रोतहरूले पीडितहरूमध्ये अधिकांश महिला र बालबालिका थिए ।

मार्च १८ मा इजरायलले एन्क्लेभमा आफ्नो सैन्य कारबाही पुनः शुरु गरेको थियो । इजरायलले आफ्नो हमलाहरू पुनः शुरु गरेदेखि कम्तिमा २ हजार ९ सय ८५ प्यालेस्टिनीहरू मारिएका छन् । ८ हजार १ सय ७३ जना घाइते भएका छन् ।

जसले गर्दा अक्टोबर २०२३ देखि कुल मृत्यु हुनेको संख्या ५३ हजार १ सय १९ पुगेको छ । १ लाख २० हजार २ सय १४ जना घाइते भएका छन् ।


प्रकाशित मिति: ३ जेष्ठ २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?