Trending
>>   आज मिति २०८२ साल असार ०५ गते बिहिबार,हेर्नूहोस् आजको राशिफल >>   जलविद्युत परियोजनाको बीमाका सवालमा धैरै गुनासा छन्ः अध्यक्ष ओझा >>   पूर्वाधार विकास समितिका सदस्यहरूद्वारा ग्वार्को फ्लाई ओभरको स्थलगत अनुगमन >>   देशलाई सङ्कट पर्दा सबै एक ठाउँमा आएर निकास दिनु सबैको कर्तव्यः मन्त्री ठकुरी >>   नक्कली महानगरलाई सक्कली महानगर यातायातको चेतावनीः नाम र डिजाइन तत्काल हटाउनूस् >>   उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक सम्पन्न, असार दोस्रो साता पूर्ण बैठक बस्ने >>   नेपालमा सञ्चार क्षेत्र समावेशिताको उत्कृष्ट उदाहरणः मन्त्री गुरुङ >>   कर्मचारीहरूलाई असिमित अवधिसम्म कामकाजमा खटाउने कार्य बन्द हुने >>   पुल सुधार तथा मर्मत कार्यक्रमका लागि २० अर्ब ७९ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण… >>   बैंकमा निक्षेप बढेको बढ्यै, एकैदिन ९० अर्ब खिच्दै राष्ट्र बैंक
Logo
५ असार २०८२, बिहीबार
५ असार २०८२, बिहीबार

प्रचण्ड र माधव प्रति ओलीको कटाक्षः जहाँबाट निकाल्यौ, अहिले त्यहीँ छु


काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजित गर्ने मनशायले पार्टी भित्रकै नेताहरु सक्रिय भएपछि पार्टी जोगाउनका लागि कदम कडा कदम चालेको बताएका छन् ।

शनिवार मदन—आश्रित स्मृति दिवसको कार्यक्रमलाई बल्खुमा सम्बोधन गर्दै उनले पार्टी एकीकरणबाट नेकपा बनाएपछि पार्टीभित्रकै नेताहरु पार्टीलाई विभाजित गर्न लागेको उहनले आरोप लगाएका छन् । उनले ७४—०७५ मा पुग्दा हामीले पार्टीलाई एउटा सर्वाधिक मजबुत पार्टी बनाएको तर केही स्वार्थ बोकेकाहरुबाट बचाउन नसकेको बताउदै उनले नेकपा –एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालप्रति लक्षित गर्दै अरुकै निम्ति काम गरेर पार्टीभित्र अन्तरविद्रोह पैदा गर्ने काम गरेको आरोप लागाएका छन् ।

उनले दलको नेताकाबिरुद्ध अविश्वासको प्रश्ताव ल्याउन नसक्ने तर संसदमा अरु तत्वहरुसँग मिलेर अविश्वासको प्रश्ताव राख्न खोज्ने र पार्टी ध्वस्त पार्ने काम गरेको टिप्पणी गर्दै एकीकरणका मनशायले एकीकरण गरे पनि एकीकरण गर्न आउनेहरुको मनशाय एमालेलाई ध्वस्त पार्नु रहेको बताउदै तीन वर्षअघि जहाँबाट निकालिएको हो अहिले आफू त्यही स्थानमा रहेको बताएका छन्।

उनले भने, ‘०७४—०७५ मा पुग्दा हामीले पार्टीलाई एउटा सर्वाधिक मजबुत मात्रै होइन, लगभग दुई तिहाईको बनायौँ । थोरै सिट मात्रै हामीकहाँ पुगेको थिएन दुई तिहाई हुन । त्यस ठाउँमा हामीले कम्युनिष्ट आन्दोलनलाई पु¥यायौँ । वामपन्थी आन्दोलनलाई पु¥यायौँ । तर केही स्वार्थ बोकेका, आत्मकेन्द्रित तत्वहरु छट्पटाए । अन्य शक्तिहरु वाह्य शक्तिहरु पनि छट्पटाए । उनीहरुले यिनलाई उचाल्न थाले । र पार्टीभित्रका केही तत्वहरु पनि सक्रिय भएर त्यस अभियानमा सक्रिय भए । हामी विकासको लागि अगाडि बढ्न थाल्यौँ । तर नेतृत्वमै रहेका थुप्रै व्यक्तिहरु त्यसलाई ध्वस्त पार्न अर्कोतिर संगठित हुने र अरुकै निम्ति काम गरेर पार्टीभित्र अन्तरविद्रोह पैदा गर्ने काम भयो । अन्तिममा कहिले अदालत गुहारेर, कहिले के गरेर, पार्टी भित्रका समस्या पार्टीभित्र होइन बाहिर चल्ने । दलको नेताकाबिरुद्ध अविश्वासको प्रश्ताव ल्याउन नसक्ने, नल्याउने, अनि गएर संसदमा अरु विभिन्न प्रकारका तत्वहरुसँग मिलेर अविश्वासको प्रश्ताव राख्न खोज्ने र पार्टी ध्वस्त पार्ने, सिध्याउन खोज्ने भएपछि हामीले कार्यनीतिक रुपमा केही कडा कदम चाल्नप¥यो । वास्तवमै पार्टी उनीहरुले हामीले एकीकरणका मनशायले एकीकरण ग¥यौँ । उनीहरुले गलत ढंगले कब्जा गर्ने, क्षति विक्षत गर्ने, विभाजित बनाउने, कुत्सित मनशायले निर्णायक प्रहार गरेर ध्वस्त पार्न लागेपछि हामीले पार्टी जोगाउनका लागि विशेष कदमहरु चाल्नुप¥यो । आज हैसियतका साथ छौँ । तीन वर्षअघि जहाँबाट लखेटिएको थियो, तीन वर्षपछि हामी फेरि त्यही सरकारको नेतृत्वमा छौँ । सहज परिस्थिति थिएन ।’

प्रधानमन्त्री ओलीले आज हैसियतका साथ आफूहरु सरकारमा रहेको बताएका छन् ।


प्रकाशित मिति: ३ जेष्ठ २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?