Trending
>>   आज मिति २०८२ साल मंसिर २७ गते शनिवार, हेर्नुहोस् आजको राशिफल >>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

आज मिति २०८२ साल जेठ ०३ गते शनिबार,हेर्नूहोस् आजको राशिफल


आज मिति २०८२ साल जेठ ०३ गते शनिबार( May 17 2025)ज्येष्ठ कृष्णपक्ष,पञ्चमी, ०२:५७ बजेपछि षष्ठी

मेष – मीठो मसिनो तथा स्वादिष्ट भोजनका साथ रमाइलो गर्दै दिन कटाउन सकिनेछ। बोलीको प्रभाव बढ्ने तथा थोरै बोलेर महत्त्वपूर्ण काम फत्ते गर्न सकिनेछ। प्रेमप्रसङ्मा आफूले मायालुलाई आफ्नै वरिपरि देख्न पाउँदा मन खुशी हुनेछ भने पतिपत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ। फेसेनेबल तथा विलाशी सामानको व्यापार व्यावसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ। अध्ययन तथा अध्यापनमा मन जाने हुनाले नतिजा तपाईंकै पोल्टोमा पर्नेछ।

बृष – कृषि तथा पशुपालन व्यावसायमा लगानी गर्दै हुनुहुन्छ भने मनग्गे लाभ लिन सकिनेछ। आमा वा परिवारका सदस्यसित भेटघाट हुनेछ। पढाइ लेखाइमा राम्रो प्रगति गर्दै नतिजा आफैतिर ल्याउन सकिनेछ। तर पनि सर्वसाधारण सहयोग नगर्ने हुँदा राजनीति तथा समाज सेवामा पनि आजको दिन लाग्ने समय छैन। स्वास्थ्यसम्बन्धी समस्या आउने योग रहेको छ।

मिथुन – व्यापार व्यावसायमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकिनेछ। राजनीति तथा समाज सेवामा गरिएको लगानी खेर जाने छैन भने पद पाउने योगलाई नकार्न सकिँदैन। सामाजिक काम समयमा सम्पादन हुने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ। पारिवारिक माहोलमा दिन बित्ने हुँदा मन प्रशन्न हुनेछ। प्रेममा सफलता तथा सामीप्यता बढ्नेछ। विद्यामा गरिएको लगानीबाट राम्रै प्रतिफल प्राप्त हुनेछ।

कर्कट – पढाइ लेखाइमा सुधार हुँदै जाने तथा अलि बढी मिहिनेत गर्दा पुरस्कार तथा प्रशंसापत्र जित्न सकिनेछ। अग्रज तथा आफन्तहरुको सल्लाह बमोजिम अगाडि बढ्नुहोला गन्तव्य पहिल्याउन सहज हुनेछ। समयमा काम बन्ने हुनाले मान सम्मानमा वृद्धि भएर जानेछ। विदेशी सामानको व्यापार व्यावसायबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ भने कर्म प्राप्तिको निम्ति लामो दूरीको विदेश यात्रा हुने योग रहेको छ।

सिंह – विद्यामा अरूलाई पछि पारेर अगाडि बढ्ने समय रहेको छ। सानातिना स्वास्थ्यसम्बन्धी समस्याले सताउने हुँदा बाहिरी वातावरणको ख्याल गर्नुहोला। माया प्रेमको बन्धन कसिलो हुनुको साथै दाम्पत्य जीवन सुखी रहनेछ। व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुनेछ। खनिज पदार्थसँग सम्बन्धित वस्तुहरु जस्तै, धातु तथा पानीसँग सम्बन्धित वस्तुको कारोबारबाट फाइदा हुनेछ।

कन्या – नयाँ काम पाउने तथा नोकरीमा बढोत्तरी हुने योग रहेको छ। व्यापार व्यावसाय फस्टाएर जानेछ भने उद्योगमा लगानी गरी रोजगारिका अवसरहरु सिर्जना गर्न सकिनेछ। बुवा सरहका मानिसबाट तपार्ईंको काममा सहयोग हुनाले अन्य काम गर्न सहज हुनेछ। सरकारी तथा प्रशासनिक क्षेत्रमा तपार्ईंको वर्चस्व कायम रहनेछ भने माया प्रेममा एकअर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिनेछ।

तुला – दाजुभाइ तथा आफअरूलाई सजिलै प्रभावमा पारेर काम लिन सकिनेछ भने समाजमा जनताको काम गर्न सक्दा मान सम्मानमा वृद्धि भएर जानेछ। भाग्यले साथ दिने हुनाले व्यापार व्यावसायमा थोरै समय लगानी गर्दा पनि प्रशस्त आम्दानी गर्न सकिनेछ। लामो दूरीको अध्ययन यात्रा हुनेछ भने धार्मिक स्थल तथा मन्दिरतिर गई मनलाई शान्त पार्न सकिनेछ। सरकारी स्तरमा तपार्ईंको प्रभाव बढ्ने हुनाले समयमा काम बन्नेछन्।न्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ।

वृश्चिक – प्रेममा देखिएको तित्तता मेटिनेछ भने दिदीबहिनीको सहयोगमा नयाँ काममो थालनी गर्न सकिनेछ। पढाइ लेखाइमा अलि बढी समय दिनसक्दा सबै साथीहरुभन्दा तपार्ईं नै अग्र स्थानमा आउनु हुनेछ। आर्थिक अभावको सामना गर्नुपरे पनि बोली बिक्ने हुँदा परिस्थितिलाई सहज बनाउन सकिनेछ। बैङ्क तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट प्रशस्त आम्दानी गर्न सकिनेछ भने सेयर बजारमा लगानी गर्न सके मनग्गे लाभ लिन सकिनेछ।

धनु – व्यापार व्यावसायमा नाफा कमाउन बढी नै सङ्घर्ष गर्नुपर्ला। यात्रा गर्दा ख्याल गर्नुहोला झन्झटिलो तथा कष्टपूर्ण हुनसक्छ। स्वास्थ्यसम्बन्धी समस्याले सताउने हुँदा उपचार खर्च बढ्न सक्छ। विद्या तथा प्रतिस्पर्धामा अरूभन्दा पछि परिने हुँदा मनमा अशान्तिले गतिलो डेरा जमाउनेछ। पारिवारिक सम्बन्ध तथा पतिपत्नी बीचको सम्बन्धमा केही खल्लो अनुभूति भएको महसुस हुनेछ।

मकर – विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलार्ई परास्त गर्दै नतिजा आफूतिर ल्याउन सकिनेछ भने ऋण, रोग तथा सत्रुबाट छुट्करा पाउने समय रहेको छ। राजनीति गर्नेहरुले सहकर्मीहरुलाई किनारा लगाउँदै पदप्रतिष्ठा पाउनेछन्। व्यापार व्यावसाय फस्टाएर जानेछ भने आर्थिक रूपमा सम्पन्न हुने योग रहेको छ। माया प्रेममा सामीप्यता बढेर जानेछ भने मामा तथा मावली पक्षबाट सहयोग तथा समर्थन पाइनेछ। साँझपख भौतिक सम्पत्ति तथा सवारी साधन प्राप्तिको योग रहेको छ।

कुम्भ – दाजुभाइ तथा छिमेकीसँग मिलेर गरिने पेसा व्यावसाय फस्टाएर जानेछ। न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईंकै पक्षमा आउनेछन् भने विवादलाई हल गर्दै अगाडि बढ्न सकिनेछ। व्यावसायिक यात्राको तयारी गर्न सकिनेछ भने यात्रा उपलब्धिमूलक नै रहनेछ। पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात लाग्ने योग रहेको छ। माया प्रेममा सामीप्यता बढ्ने योग रहेको छ। सहासिलो काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ।

मीन – पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात लाग्ने योग रहेको छ भने बौद्धिक, साहित्यिक तथा सिर्जनात्मक क्षेत्रमा समय लगानी गरी आम्दानी बढाउन सकिनेछ। आकस्मिक धन तथा सम्पत्ति हातलागी हुने योग रहेको छ। व्यापार व्यावसायमा लगानी बढाई मनग्गे लाभ लिन सकिनेछ भने सेयर बजारमा गरिएको लगानी फस्टाएर जानेछ। प्रेम प्रसङ्मा रमाउने समय रहेको छ भने पतिपत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ।

राशिफलमा जे जस्तो भए पनि तपाई को दिन सुखमय रहोस्। शुभदिन ।।


प्रकाशित मिति: ३ जेष्ठ २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?