Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

गौतमको ‘मेरो अतीत मेरो अनुभव’ लोकार्पण


२१ चैत ,काठमाडौँ । शिक्षाविद् तथा लेखक रमेशप्रसाद गौतमको ‘मेरो अतीत मेरो अनुभव’ पुस्तक लोकार्पण गरिएको छ । हिमालय टाइम्सद्वारा आज यहाँ आयोजित कार्यक्रममा पूर्वसभामुख दमननाथ ढुङ्गानाले उक्त पुस्तकको विमोचन गरेका हुन्‌ ।

कार्यक्रममा पूर्वसभामुख ढुङ्गानाले शिक्षा क्षेत्र नउठाई देश उठाउन नसकिने बताए । “शिक्षालाई प्राथमिकता दिन नसकेका कारण मुलुकमा वर्तमान अवस्थामा शिक्षाको खस्किँदो अवस्थामा सरकारी विद्यालयको स्तरीयता बढाउनका लागि लेखकको पुस्तकको ठूलो योगदान रहने छ ।” नागरिक शिक्षालाई प्रवद्र्धन गर्नमा लेखकले शिक्षा क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उनले बताए ।

लेखक गौतमले उक्त आत्मकथा जीवनको अनुभवलाई समेटी अमरत्वका लागि प्रकाशन गरेको बताए । “जीवनका अनेक उत्तारचढावमा तथा बाल्यकालदेखि शिक्षा क्षेत्रमा आबद्ध हुदाँका अनुभव पुस्तकमा समेटेको छु”, उनले भने । कुनै व्यक्तिको मान र मर्यादालाई हेरि सत्यता बोल्न ठराउन नहुने उल्लेख गर्दै उनले सही र सत्यताको विषयमा आवाज उठाउन पछि पर्न नहुने सन्देश पुस्तकले दिएको बताए ।

हिमालय टाइम्सका प्रधानसम्पादक पुरुषोत्तम दाहाले लेखकले व्यक्तिको व्यक्तित्व बचाएको बताए । “व्यक्तिको ज्ञानको पाठशाला नै अनुभव हो । जसलाई लेखकले सार्वजनिक गर्नु सान्दर्भिक छ । यिनै अनुभव इतिहास, वर्तमान र भविष्यको मार्गदर्शनका रुपमा रहेका छन् ।” कार्यक्रममा मुलुकको वर्तमान शैक्षिक क्षेत्रको परिस्थितिमा शैक्षिक जागरण, प्रवद्र्धनका निम्ति पुस्तकले पथप्रर्दशकको रुपमा भूमिका निर्वाह गर्ने पूर्व शिक्षामन्त्री एवम कांग्रेस नेता अर्जुननरसिंह केसीले बताए ।

त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले पुस्तक शिक्षामा समर्पित व्यक्तिको जीवन्त कथा रहेको बताए । शिक्षा क्षेत्रमा निरन्तररुपमा सकारात्मक परिवर्तनका लागि लेखकले लिएका नेतृत्वको परिणामले पुस्तक प्रकाशन भई सार्थकता पाएको उनको भनाइ छ ।

विसं २००६ देखि हालसम्मका अनुभवसहित शिक्षा प्राप्तिका लागि लेखक गौतमले विगतको काठमाडौँमा गरेको सङ्र्घष, शिक्षा क्षेत्रमा आबद्ध हुँदा आफूले गरेका योगदानलाई पुस्तकमा समेटेको उपप्रध्यापक डा जनकराज भट्टले बताए ।

लेखक गौतमको आदर्शता र इमान्दारिताले शिक्षाक्षेत्रमा पुर्याएको देन पुस्तकमा झल्काएको पूर्वसचिव जनार्दन नेपालले बताए । “प्रभावकारी ढङ्गले सेवा प्रवाह गर्नमा गरेको पहल, जिल्ला शिक्षा अधिकारी हुदा सरकारी विद्यालय सुदृढ गर्नका निम्ति पुर्याएका योगदान अनुकरणीय छन्”, उनले भने ।


प्रकाशित मिति: २१ चैत्र २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?