Trending
>>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

भूतपूर्व सैनिक सम्मेलन सम्पन्न


२१ चैत ,मन्थली । नेपाली सेनाको भूतपूर्व सैनिक सम्मेलन–२०७९ अन्तर्गत आज दोलखा, रामेछाप र सिन्धुलीमा बसोबास गर्ने भूतपूर्व सैनिक तथा सैनिक एकल महिलाको सहभागितामा भूपू सैनिक सम्मेलन सम्पन्न भएको छ ।

श्री नं ९ बाहिनी अड्डाअन्तर्गत सम्पन्न सम्मेलनको मूल समारोहस्थल रामेछापको मन्थलीमा प्रमुख अतिथिका रुपमा प्रधानसेनापति प्रभुराम शर्माले सम्बोधन गरेका थिए भने दोलखाको चरीकोट र सिन्धुलीको माझीटारमा श्री मध्य पूर्वी पृतनाका चिफ अफ स्टाफ सहायक रथी हेमराज केसी र श्री नं २७ बाहिनीपति सहायक रथी भरतचन्द्र गुरुङ प्रमुख अतिथि थिए ।

सम्मेलनको दौरान मन्थलीबाट दोलखा र सिन्धुलीका समारोहस्थलका सहभागीलाई समेत प्रविधिका माध्यमबाट प्रधानसेनापति शर्माले सम्बोधन गरेका थिए । मूल समारोहस्थलमा दोलखा जिल्ला निवासी ९४ वर्षीय मानार्थ उपसेनानी कटकबहादुर तामाङ (अ प्रा) र स्व सिपाही रत्न बहादुर खड्का (अ प्रा) को श्रीमती सिन्धुली जिल्ला निवासी ९८ वर्षीया एकल महिला लिलामाया खड्कालाई सम्मान गरिएको थियो ।

यसैगरी सर्वोत्कृष्ट लघुउद्यमी/व्यवसायी दुई जनालाई प्रशंसापत्र एवं पुरस्कार वितरण गरिएको थियो । सोही क्रममा चार वा सोभन्दा बढी सन्तति नेपाली सेनामा रहेका पाँच अभिभावकलाई सम्मान, फरक क्षमता भएका तथा अशक्त पाँच जनालाई ह्विलचियर तथा बैसाखी र विभिन्न सहुलीयतपूर्ण कर्जा प्राप्त गर्ने व्यक्तिलाई चेक वितरण गरिएको थियो ।

यस्तै, चरिकोटस्थित समारोहस्थलमा दोलखा जिल्ला निवासी ९६ वर्षीय हुद्धा चन्द्रबहादुर कार्की (अ प्रा) र स्व अमल्दार रङ्गध्वज कार्की (अ प्रा) को श्रीमती ९४ वर्षीया एकल महिला मानकुमारी कार्कीलाई सम्मान गरिएको थियो । साथै फरक क्षमता भएका तथा अशक्त दुई जनालाई ह्विलचियर तथा बैसाखी वितरण गरिएको थियो । त्यसैगरी, सिन्धुलीको माझीटारस्थित समारोहस्थलमा फरक क्षमता भएका तथा अशक्त तीन जनालाई ह्विलचियर तथा बैसाखी वितरण गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशानालयले जनाएको छ ।

भूपू सैनिकको तर्फबाट प्रादेशिक रथीवृन्द प्रतिनिधि उपरथी डा सुनिलकुमार सिंह (अ प्रा) तथा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक सङ्घका महासचिव प्रमुख सेनानी श्यामसुन्दर घिमिरे (अ प्रा)ले मन्तव्य राख्दै अवकाशप्राप्त सैनिक र आश्रित परिवारजनलाई पुर्याउँदै आएको सहयोगका लागि नेपाली सेनाप्रति आभार प्रकट गरेका थिए ।

सेनाका बलाध्यक्ष रथी सीताराम खड्काले समापन मन्तव्य राख्दै हरेक वर्ष आयोजना हुने यस किसिमको सम्मेलन कल्याणकारी गतिविधिको पुनरावलोकनका लागि सहयोगी हुने बताएका थिए ।

कार्यक्रममा नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त रथीवृन्द तथा अधिकृत, नेपाली सेना कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत रथी गौरव तण्डुल (अ प्रा), जनप्रतिनिधि, जिल्लास्थित सुरक्षा निकायका पदाधिकारी, नेपाल इन्भेष्टमेन्ट मेघा बैंकका प्रमुख कार्यकारी अधिकृत, बहालवाला एवं अवकाशप्राप्त सैनिक तथा परिवारका साथै सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

सम्मेलनको अवसरमा तीनवटै समारोहस्थलमा सैनिक मेडिकल टोलीद्वारा स्वास्थ्य शिविर सञ्चालन गरी स्वास्थ्योपचार सेवा प्रदान गरिएको थियो । योसँगै यस वर्षको भूपू सैनिक सम्मेलनका कार्यक्रम सम्पन्न भएका निर्देशनालयले जनाएको छ ।


प्रकाशित मिति: २१ चैत्र २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?