Trending
>>   राष्ट्रिय सहमति भए हृदयेन्द्रलाई राजा बनाउन सकिन्छ:कमल थापा >>   सडक खन्ने क्रममा पहिरोले पुरिएर एक्साभेटर चालकको मृत्यु >>   १५ जेठको आन्दोलनको कार्यक्रमलाई प्रधानमन्त्रीले भड्काउन खोजे : राजेन्द्र लिङ्देन >>   क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ >>   बुटवलमा जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ >>   जिप दुर्घटनामा बाजुराका टेलिकम प्रमुख सहित ३ को मृत्यु ,दुई घाइते >>   सगरमाथा बेसक्याम्पबाट प्रधानमन्त्रीज्युलाई पहिलो पत्र >>   त्रास अझैं बाँकी छ … >>   आज मिति २०८२ साल जेठ १२ गते सोमबार,हेर्नूहोस् आजको राशिफल >>   मौसम : देशका विभिन्न भागमा मेघगर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना
Logo
१३ जेष्ठ २०८२, मंगलवार
१३ जेष्ठ २०८२, मंगलवार

नेपाल र मलेसियाका सांसदहरुबीच संसदीय प्रक्रियाबारे अनुभव आदानप्रदान


काठमाडौँ । नेपाल र मलेसियाका सांसदहरुले एक आपसमा दुवै देशको संसदीय प्रक्रियाबारे अनुभव आदानप्रदान गरेको छ ।

मंगलवार सिंहदरबारमा राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिका सदस्यहरुले मलेसियाका सांसदहरुसँग संसदीय प्रक्रियाबार अनुभव आदानप्रदान गरेका हुन् । संसदीय प्रक्रियाबारे अनुभव आदान प्रदान गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङले मलेसिया–नेपाल पाल्र्यामेण्ट फ्रेण्ड्सिप ग्रुपले आवश्यक कार्यक्रमहरु गर्न नसकेको बताउदै  फ्रेण्ड्सिप ग्रुप बनाए पनि सक्रिय हुन नसकेको जिकिर गरेका छन् । उनले दुई देशबीचको मित्रता अझै प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरेका छन्  ।

समितिको बैठकमा राष्ट्रिय सभा सदस्य वामदेव गौतमले मलेसिया र नेपालबीच जनस्तरबीचको सम्बन्ध प्रगाढ रहेको बताएका छन् । उनले विकासको गति मलेसियाले धेरै अगाडि बढाएको जिकिर गरेका छन् ।

समितिको बैठकमा समिति सभापति कमलादेवी पन्तले मलेसियाका सांसदहरुलाई समितिको तर्फबाट मायाको चिनो समेत प्रदान गरेका छन् । बैठकमा अन्य सांसदहरुले मलेसिया र नेपालबीतको संसदीय सम्बन्ध पनि थप मजबुत बनाउँदै एक अर्काको संसदीय अभ्यासहरु सिक्दै अघि बढ्न जरुरी रहेको बताए ।


प्रकाशित मिति: ३० बैशाख २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?