Trending
>>   जतिसुकै विद्वान् किन नहोस्, नेपालीलाई हामी विद्वान ठान्दैनौँः केपी ओली >>   हाँडीगाउँमा मनाइयो ‘कहीँ नभएको जात्रा’ (तस्बिरसहित) >>   ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’:केपी ओली >>   स्वतन्त्रता र लोकतन्त्रको प्रेरणाले राजनीतिमा आएँः मुख्यमन्त्री पाण्डे >>   बालेन्द्र सरकार राष्ट्रियता र जनजीविकाको सवालमा पूर्णतः असफलः लेखनाथ दाहाल >>   हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा >>   ‘काठमाडौं फिल्म फेस्टिभल’मा भारतीय भेट्रान अभिनेत्री शबाना आजमी सहभागि हुने >>   ‘एनपीएललाई आधार बनाएर स्पोर्ट्स टुरिजमलाई योजनावद्ध रुपमा अघि बढाउनुपर्छ’ >>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ
Logo
११ कार्तिक २०८३, बुधबार
११ कार्तिक २०८३, बुधबार

१५ जेठको आन्दोलनको कार्यक्रमलाई प्रधानमन्त्रीले भड्काउन खोजे : राजेन्द्र लिङ्देन


काठमाडौं । राजावादीहरूले १५ जेठमा राजा फर्काउने आह्वानसहित घोषणा गरेका आन्दोलनको कार्यक्रमलाई प्रधानमन्त्रीले भड्काउन खोजेको आरोप राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले लगाएका छन् ।

मंगलबार सम्पादकहरूसँगको छलफलमा अध्यक्ष लिङ्देनले संविधानले दिएको स्वतन्त्रता सरकारले कुन्ठित गर्न खोजेको उनको आरोप लगाएका छन् ।

उनले भने,‘हामीले रत्नपार्कबाट कार्यक्रम गर्ने भन्दा प्रधानमन्त्रीको दलले त्यहीँ नजिकै कार्यकर्ता बोलाएर भिडाउन खोजेका छन् । पत्रकारहरूले यसमा निष्पक्ष भएर समाचार सम्प्रेषण गरिदिनु पर्‍यो, ।’

राजावादीहरूले राजा फर्काउने आह्वानसहित १५ गते आन्दोलन घोषणा गरेको दिन प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं नेकपा एमालेको नियन्त्रणमा हुनुपर्ने भन्दै कार्यकर्तालाई सोही अनुसार आवश्यक तयारी गर्न निर्देशन दिएका थिए ।


प्रकाशित मिति: १३ जेष्ठ २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?