Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२५ माघ २०८२, आईतवार
२५ माघ २०८२, आईतवार

चित्रबहादुर केसीको प्रश्नः २२ वर्षदेखि निर्माणधीन पुष्पलाल राजमार्ग किन बनेन ?


काठमाडौँ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पुष्पलाल राजमार्ग निर्माण प्रक्रिया छिटोभन्दा छिटो सक्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै उहाँले पुष्पलाल राजमार्ग विगत २२ वर्षदेखि निर्माणको प्रक्रियामा भएपनि अहिलेसम्म सम्पन्न हुननसक्नु विडम्बनापूर्ण रहेको बताउदै सांसद केसीले हिउँदमा धुलो र वर्षामा हिलोले स्थानीय जनताको वालीनाली र स्वास्थ्यमा गम्भीर असर पारेको भन्दै उक्त सडक तत्तकाल सम्पन्न हुनेगरी ठेक्का आह्वान गर्न सरकारसँग आग्रह गरेका छन् । उक्त सडक आफ्नो निर्वाचन क्षेत्रमा परेकाले कम्तिमा मतदातालाई सुनाउनकै लागि भएपनि के कारणले बनेन र अब कति समयमा बन्छ भन्ने विषयमा सरकारले केही बालिदिनुपर्ने उनको भनाइ थियो ।

उनले भने, ‘पुष्पलाल राजमार्ग शुरु भएको २२ वर्ष भयो तर सत्ताधारी प्रधानमन्त्रीदेखि लिएर सबैको आउजाउ भइरहेको छ । तर, हिउँदमा धुलो र वर्षमा हिलोले उत्तिकै नोक्सान गरिरहेको छ । मैले पटक पटक सरकारको ध्यानाकर्षण गराए र सम्बन्धित निकायमा जुम्लि हात गरे । मतदाताको चेतना के छ भने सांसदले आँटेपछि हुन्छ । हाम्रो सांसदले नगरेर हो । गाउँघरका जाली फटाहाले जनतासित त्यही कुरा गर्छ । म यही स्थानबाट बारम्बार भनेको छु बाटोको बिजोग भो । यो बाटो सांसद आउँदैछ भनेपछि ठाउँ ठाउँमा जनता जम्मा भएर बस्छन् । मैले अर्कै बाटोबाट ँिहड्नुपर्ने अवस्था छ । यो के भएको हो ? स्वयं सत्ताधारी साथीहरु सम्माननीय प्रधानमन्त्रीले समेत बाटोको भ्रमण गरेको सुनेको छु । एउटा ठेकेदार हटाएर अर्को ठेकेदार आउँदा पनि काम नगर्ने किन ? फेरिपनि भन्छु मैले पत्याई नपत्याई सरकारले गर्ला भन्ने कम आशा छ । अब कमसेकम मतदातालाई सुनाउनकै लागि भएपनि सरकारले के कारणले त्यो बाटो बनेन त्यसबारेमा केही बोलोस् । अबको बजेटले सडक तुरुन्त निर्माण हुने वातावरण बनाओस् ।’

उनले अबको बजेटले पुष्पलाल राजमार्ग तुरुन्त निर्माण हुने वातावरण बनाउनेमा आफु आशावादी रहेको बताएका छन् ।


प्रकाशित मिति: ३० बैशाख २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?