Trending
>>   सार्वजनिक ऋण ३० खर्ब नाघ्यो, तीन महिनामै १ खर्ब २३ अर्ब ऋण परिचालन >>   दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई मृत्युदण्ड दिन विशेष अभियोजन पक्षको माग >>   चीनमा ११० रोबोटले एकैसाथ नृत्य गरेर बनाए विश्व कीर्तिमान >>   स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा >>   भारतमा चक्रवात ‘अर्नब’का कारण मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो, ५७ हजार विस्थापित >>   आरोपकै आधारमा कसैलाई दोषि करार गर्दैनौँः मनिष झा >>   भोटेकोशी बाढी प्रभावितको पुनःस्थापनाको लागि जग्गा पहिचान गरिसक्यौँः सचिव भुजेल >>   चाडपर्व खर्च नपाएको भन्दै ६ सय बढीले दिए उजुरी, सरकार एक्शनमा >>   सरकारले आईजीपी हटाउँछ भन्ने लाग्दैनः खुश्बु ओली >>   हिमपात र हिमपहिरोको जोखिमःपर्वतारोहण तथा पदयात्रा नगर्न आग्रह
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

चित्रबहादुर केसीको प्रश्नः २२ वर्षदेखि निर्माणधीन पुष्पलाल राजमार्ग किन बनेन ?


काठमाडौँ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पुष्पलाल राजमार्ग निर्माण प्रक्रिया छिटोभन्दा छिटो सक्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै उहाँले पुष्पलाल राजमार्ग विगत २२ वर्षदेखि निर्माणको प्रक्रियामा भएपनि अहिलेसम्म सम्पन्न हुननसक्नु विडम्बनापूर्ण रहेको बताउदै सांसद केसीले हिउँदमा धुलो र वर्षामा हिलोले स्थानीय जनताको वालीनाली र स्वास्थ्यमा गम्भीर असर पारेको भन्दै उक्त सडक तत्तकाल सम्पन्न हुनेगरी ठेक्का आह्वान गर्न सरकारसँग आग्रह गरेका छन् । उक्त सडक आफ्नो निर्वाचन क्षेत्रमा परेकाले कम्तिमा मतदातालाई सुनाउनकै लागि भएपनि के कारणले बनेन र अब कति समयमा बन्छ भन्ने विषयमा सरकारले केही बालिदिनुपर्ने उनको भनाइ थियो ।

उनले भने, ‘पुष्पलाल राजमार्ग शुरु भएको २२ वर्ष भयो तर सत्ताधारी प्रधानमन्त्रीदेखि लिएर सबैको आउजाउ भइरहेको छ । तर, हिउँदमा धुलो र वर्षमा हिलोले उत्तिकै नोक्सान गरिरहेको छ । मैले पटक पटक सरकारको ध्यानाकर्षण गराए र सम्बन्धित निकायमा जुम्लि हात गरे । मतदाताको चेतना के छ भने सांसदले आँटेपछि हुन्छ । हाम्रो सांसदले नगरेर हो । गाउँघरका जाली फटाहाले जनतासित त्यही कुरा गर्छ । म यही स्थानबाट बारम्बार भनेको छु बाटोको बिजोग भो । यो बाटो सांसद आउँदैछ भनेपछि ठाउँ ठाउँमा जनता जम्मा भएर बस्छन् । मैले अर्कै बाटोबाट ँिहड्नुपर्ने अवस्था छ । यो के भएको हो ? स्वयं सत्ताधारी साथीहरु सम्माननीय प्रधानमन्त्रीले समेत बाटोको भ्रमण गरेको सुनेको छु । एउटा ठेकेदार हटाएर अर्को ठेकेदार आउँदा पनि काम नगर्ने किन ? फेरिपनि भन्छु मैले पत्याई नपत्याई सरकारले गर्ला भन्ने कम आशा छ । अब कमसेकम मतदातालाई सुनाउनकै लागि भएपनि सरकारले के कारणले त्यो बाटो बनेन त्यसबारेमा केही बोलोस् । अबको बजेटले सडक तुरुन्त निर्माण हुने वातावरण बनाओस् ।’

उनले अबको बजेटले पुष्पलाल राजमार्ग तुरुन्त निर्माण हुने वातावरण बनाउनेमा आफु आशावादी रहेको बताएका छन् ।


प्रकाशित मिति: ३० बैशाख २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?