Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

जनकपुरधामलाई अन्तर्राष्ट्रिय विवाह गन्तव्यका रुपमा विकास गर्न एमाले सांसद महतोको माग


काठमाडौँ। नेकपा (एमाले)की सांसद जुलीकुमारी महतोले जनकपुरधामलाई अन्तर्राष्ट्रिय विवाह गन्तव्यका रुपमा विकास गर्नुपर्ने बताएकी छिन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद महतोले सीता–राम विवाहस्थलको धार्मिक पहिचानलाई प्रवद्र्धन गर्दै जनकपुरधामलाई अन्तर्राष्ट्रियस्तरको धार्मिक पर्यटन केन्द्र बनाउने स्पष्ट योजना, प्रभावकारी व्यवस्थापन र समुचित बजेटको आवश्यकता औंल्याएकी छिन् । उनले जनकपुरधामलाई ‘डेस्टिनेसनल वेडिङ हब’को रुपमा विकास गर्न आवश्यकबजेट विनियोन गर्न समेत सरकारसँग माग गरेकी छिन् । विश्वभरका हिन्दुधर्मावलम्बीहरुको आस्था र श्रदाको केन्द्र जनकपुरधामलाई अन्तर्राष्ट्रियस्तरको धार्मिक पर्यटनस्तरको विकास गर्नुपर्ने उनको माग छ ।

उनले भनिन्, ‘जनकपुरधामलाई ऐतिहासिक धार्मिक र सांस्कृतिक महत्वअनुसार अन्तर्राष्ट्रिय विवाह गन्तव्यका रुपमा विकास गर्न अब निर्णायक कदम चाल्न आवश्यक छ । सिता–राम विवाहस्थलका रुपमा यसको पहिचानलाई प्रवद्र्धन गर्दै जनकपुरधामलाई ‘डेस्टिनेसनल वेडिङ हब’ तथा धार्मिक पयर्टन केन्द्र बनाउन स्पष्ट योजना, प्रभावकारी व्यवस्थापन र समुचित बजेटको व्यवस्था गर्न सरकारसँग अनुरोध गर्न चाहन्छु ।’

सांसद महतोले आन्तरिक रोजगारी प्रवद्र्धन गर्न बन्द रहेका उद्योग र कलकारखानाहरु सञ्चालन गर्न समेत सरकारको ध्यानाकर्षण गराएकी छिन् ।


प्रकाशित मिति: ३० बैशाख २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?