Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

जनकपुरधामलाई अन्तर्राष्ट्रिय विवाह गन्तव्यका रुपमा विकास गर्न एमाले सांसद महतोको माग


काठमाडौँ। नेकपा (एमाले)की सांसद जुलीकुमारी महतोले जनकपुरधामलाई अन्तर्राष्ट्रिय विवाह गन्तव्यका रुपमा विकास गर्नुपर्ने बताएकी छिन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद महतोले सीता–राम विवाहस्थलको धार्मिक पहिचानलाई प्रवद्र्धन गर्दै जनकपुरधामलाई अन्तर्राष्ट्रियस्तरको धार्मिक पर्यटन केन्द्र बनाउने स्पष्ट योजना, प्रभावकारी व्यवस्थापन र समुचित बजेटको आवश्यकता औंल्याएकी छिन् । उनले जनकपुरधामलाई ‘डेस्टिनेसनल वेडिङ हब’को रुपमा विकास गर्न आवश्यकबजेट विनियोन गर्न समेत सरकारसँग माग गरेकी छिन् । विश्वभरका हिन्दुधर्मावलम्बीहरुको आस्था र श्रदाको केन्द्र जनकपुरधामलाई अन्तर्राष्ट्रियस्तरको धार्मिक पर्यटनस्तरको विकास गर्नुपर्ने उनको माग छ ।

उनले भनिन्, ‘जनकपुरधामलाई ऐतिहासिक धार्मिक र सांस्कृतिक महत्वअनुसार अन्तर्राष्ट्रिय विवाह गन्तव्यका रुपमा विकास गर्न अब निर्णायक कदम चाल्न आवश्यक छ । सिता–राम विवाहस्थलका रुपमा यसको पहिचानलाई प्रवद्र्धन गर्दै जनकपुरधामलाई ‘डेस्टिनेसनल वेडिङ हब’ तथा धार्मिक पयर्टन केन्द्र बनाउन स्पष्ट योजना, प्रभावकारी व्यवस्थापन र समुचित बजेटको व्यवस्था गर्न सरकारसँग अनुरोध गर्न चाहन्छु ।’

सांसद महतोले आन्तरिक रोजगारी प्रवद्र्धन गर्न बन्द रहेका उद्योग र कलकारखानाहरु सञ्चालन गर्न समेत सरकारको ध्यानाकर्षण गराएकी छिन् ।


प्रकाशित मिति: ३० बैशाख २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?