Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

रामपुर क्याम्पसमा पुनः निर्वाचनको माग राख्दा हतगडी लगाएकोप्रति कांग्रेसको आपत्ति


२१ चैत्र, चितवन । कांग्रेसले पुनः निर्वाचनको माग राख्दा रामपुर कृषि क्याम्पसमा पटकपटक नेविसंघ कार्यकर्तामाथि धरपकड गरिएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले दोस्रोपटक विज्ञप्ति मार्फत घटनाको यथार्थ छानबिन गरी पुनः निर्वाचन गराउन माग गरेका हुन् ।

रामपुर कृषि क्याम्पस चितवनमा क्याम्पस प्रमुख र निर्वाचन समितिका संयोजकले विद्यार्थी सगठनसँग समन्वय नगरी पक्षपोषण हुनेगरी १७ चैत्रमा एकलौटी तवरले मतदान गराएको नेविसंघका आरोप छ । १७ चैत्रमा विरोधका क्रममा प्रहरीको लाठीचार्जबाट नेविसंघका तर्फबाट स्ववियु सभापतिका उम्मेदवार आशिष जैसी देवकोटा र निवर्तमान ईकाई अध्यक्ष सुरज यादव गम्भीर घाइते भएका थिए ।

उनीहरूलाई नियत्रणमा लिने क्रममा प्रहरीले हतगढी लगाएएको थियो । मंगलबार क्याम्पस प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएका नेविसंघ क्याम्पस कार्यवाहक सभापति एवं स्ववियु सचिव पदका उम्मेदवार विवेक अर्यालमाथि क्याम्पस हाताभित्रै आक्रमण हुँदा गम्भिर घाईते भएकोे देवकोटाले जानकारी दिए । घाइते तीनै जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।


प्रकाशित मिति: २१ चैत्र २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?