Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

रामपुर क्याम्पसमा पुनः निर्वाचनको माग राख्दा हतगडी लगाएकोप्रति कांग्रेसको आपत्ति


२१ चैत्र, चितवन । कांग्रेसले पुनः निर्वाचनको माग राख्दा रामपुर कृषि क्याम्पसमा पटकपटक नेविसंघ कार्यकर्तामाथि धरपकड गरिएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले दोस्रोपटक विज्ञप्ति मार्फत घटनाको यथार्थ छानबिन गरी पुनः निर्वाचन गराउन माग गरेका हुन् ।

रामपुर कृषि क्याम्पस चितवनमा क्याम्पस प्रमुख र निर्वाचन समितिका संयोजकले विद्यार्थी सगठनसँग समन्वय नगरी पक्षपोषण हुनेगरी १७ चैत्रमा एकलौटी तवरले मतदान गराएको नेविसंघका आरोप छ । १७ चैत्रमा विरोधका क्रममा प्रहरीको लाठीचार्जबाट नेविसंघका तर्फबाट स्ववियु सभापतिका उम्मेदवार आशिष जैसी देवकोटा र निवर्तमान ईकाई अध्यक्ष सुरज यादव गम्भीर घाइते भएका थिए ।

उनीहरूलाई नियत्रणमा लिने क्रममा प्रहरीले हतगढी लगाएएको थियो । मंगलबार क्याम्पस प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएका नेविसंघ क्याम्पस कार्यवाहक सभापति एवं स्ववियु सचिव पदका उम्मेदवार विवेक अर्यालमाथि क्याम्पस हाताभित्रै आक्रमण हुँदा गम्भिर घाईते भएकोे देवकोटाले जानकारी दिए । घाइते तीनै जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।


प्रकाशित मिति: २१ चैत्र २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?