Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

श्रमिकहरु ‘डेथ ट्र्याप,’ ‘डिजिटल ट्र्याप,’ र ‘डेप्थ ट्र्याप’को शिकार बन्दैछन्ः मन्त्री भण्डारी


काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुले भोगिरहेका समस्याको समाधान गर्न सरकार लागिपरेको बताएका छन् ।

आईतवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरु ‘डेथ ट्र्याप,’ ‘डिजिटल ट्र्याप,’ र ‘डेप्थ ट्र्याप’को शिकार भइरहको बताएका छन् । उनले परिवार र समाजको अपेक्षा, ऋणको चाप र कामको दबाबले श्रमिकहरु डिप्रेसनको शिकार बन्ने र आत्महत्या गर्ने क्रम समेत बढेको बताएका छन् । उनले वैदेशिक रोजगारीका लागि लिइने चर्को ऋणले कामदारहरूलाई आर्थिक चक्रव्युहमा फसाउने गरेको उल्लेख गरेका छन् ।

उनले भने, ‘नेपालको वैदेशिक रोजगारीको क्षेत्रमा तीनवटा ट्र्याप छ भन्ने गरेको छु । एउटा डेथ ट्र्याप छ, डिजिटल ट्र्याप छ र डेप्थ ट्र्याप छ । यसलाई हटाउनको लागि हामी काम गर्दैछौं । डेथ ट्र्यापमा १६ वर्षमा १४ हजार मान्छे मारिए । हाम्रा मानिसहरु त्यहाँ लड्न गएको हो त ? होइन नि । अब त्यो हो भने कँही न कँही त समस्या छ । मुख्य समस्या स्वास्थ्य र ऋणको समस्या छ । ऋण तिर्नको लागि राम्रो काम गर्न सकेर मान्छे डिप्रेसनमा गएर दिवंगत हुन्छ ।’

सरकारले वैदेशशिक रोजगारीको नीतिगत सुधार गर्दै म्यानपावर कम्पनीमाथि कडा निगरानी र कामदारहरूको स्वास्थ्य तथा मानसिक समस्यामा केन्द्रित कार्यक्रमहरू सञ्चालन गरिरहेको दाबी गरेका छन् ।


प्रकाशित मिति: २८ बैशाख २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?