Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
३ चैत्र २०८२, मंगलवार
३ चैत्र २०८२, मंगलवार

अख्तियारले ठुला काण्डलाई छोडेर साना काण्ड छानबिन गरेर राम्रो काम गरेको भन्ने भान पार्यो : सांसद रामहरि खतिवडा


काठमाडौँ। सांसद रामहरि खतिवडाले कसैले गलत ढंगबाट सम्पत्ति आर्जन गरी विदेशमा राखेको छ भने त्यस्तो सम्पती सरकारी कोषमा ल्याउने पद्धति विकास गर्नुपर्ने बताएका छन्।

बिहीवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अख्तियारले आर्थिक घोटाला लगायतका ठूला काण्डहरुको छानबिनमा ढिलाइ गरेर साना काण्डमा छानबिन गरेर अख्तियारले राम्रो काम गरेको भन्ने भान पारिरहेको आरोप लगाएका छन् ।

उनले भने, ‘कतिपया विषयवस्तुमा नेपालमै सानासाना मुद्दालाई केन्द्रित गर्ने र ठुला मुद्दाहरु कहिल्यै नचलाउने पद्धति बढेको छ । ठूला मुद्दामा विदेशमा लगेर सम्पत्ति राख्ने र नेपाल ल्याउन समस्या छ भने त्यसलाई कानून निर्माण सरकारले गर्नुपर्छ । बद्मासी गर्नेहरुको सरकारले ल्याएर सरकारले स्वतः सरकारी धनमा ल्याउने पद्धतिको विकास गर्नुपर्छ । कानून निर्माण गरेर सरकारले जफत गर्नुपर्छ । तर स्वदेशमै भएका ठुला काण्डहरुको ढिला छानबिन गर्ने र साना काण्डको छानबिन गरेर वाही बाही कमाउने पृवित्तिलाई बिस्तारै रोक्का गर्नु पर्छ । र प्रत्येक ठाउँमा एनआरएनले के गरे के गरेनन् त्यो पनि हेर्नुपर्दछ । तर सबै ठाउँमा अख्तियार नै पुग्नुपर्छ, प्राइभेटमा अख्तियार पुग्ने, एनआरएनमा अख्तियार पुग्ने बीमामा अख्तियार पुग्ने यो पद्दतीको अन्त्य गर्नुपर्छ । सरकारले दिएको अनुदानभित्र भएको बदमासी छन् भने त्यसलाई हेर्ने ठाउँमा गर्नु पर्छ । त्यसलाई अनुगमन गर्ने निकायहरु अरु छन् राष्ट्र बैंक छ, सम्पती शुद्धिकरण, राजश्व अनुसन्धान छ । सबैतिर हात हालेर अख्तियार जाने होइन तर गलत ठाउँमा गएर गलत सम्पत्ति आर्जन गरेर विदेशमा लगेर थुपारेको छ भने त्यस्तो अख्तियारले पत्ता लगाएको छ भने त्यसलाई ल्याउने वातावरण सरकारले सिर्जना गर्नुपर्छ ।’

उनले सम्पत्ति छानबिन वा अनुसन्धान गर्ने सम्बन्धित निकायहरु भएकाले सबै क्षेत्रमा अख्तियार सर्वेसर्वा बन्न नहुने बताएका छन् ।


प्रकाशित मिति: २५ बैशाख २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?