Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

अख्तियारले ठुला काण्डलाई छोडेर साना काण्ड छानबिन गरेर राम्रो काम गरेको भन्ने भान पार्यो : सांसद रामहरि खतिवडा


काठमाडौँ। सांसद रामहरि खतिवडाले कसैले गलत ढंगबाट सम्पत्ति आर्जन गरी विदेशमा राखेको छ भने त्यस्तो सम्पती सरकारी कोषमा ल्याउने पद्धति विकास गर्नुपर्ने बताएका छन्।

बिहीवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अख्तियारले आर्थिक घोटाला लगायतका ठूला काण्डहरुको छानबिनमा ढिलाइ गरेर साना काण्डमा छानबिन गरेर अख्तियारले राम्रो काम गरेको भन्ने भान पारिरहेको आरोप लगाएका छन् ।

उनले भने, ‘कतिपया विषयवस्तुमा नेपालमै सानासाना मुद्दालाई केन्द्रित गर्ने र ठुला मुद्दाहरु कहिल्यै नचलाउने पद्धति बढेको छ । ठूला मुद्दामा विदेशमा लगेर सम्पत्ति राख्ने र नेपाल ल्याउन समस्या छ भने त्यसलाई कानून निर्माण सरकारले गर्नुपर्छ । बद्मासी गर्नेहरुको सरकारले ल्याएर सरकारले स्वतः सरकारी धनमा ल्याउने पद्धतिको विकास गर्नुपर्छ । कानून निर्माण गरेर सरकारले जफत गर्नुपर्छ । तर स्वदेशमै भएका ठुला काण्डहरुको ढिला छानबिन गर्ने र साना काण्डको छानबिन गरेर वाही बाही कमाउने पृवित्तिलाई बिस्तारै रोक्का गर्नु पर्छ । र प्रत्येक ठाउँमा एनआरएनले के गरे के गरेनन् त्यो पनि हेर्नुपर्दछ । तर सबै ठाउँमा अख्तियार नै पुग्नुपर्छ, प्राइभेटमा अख्तियार पुग्ने, एनआरएनमा अख्तियार पुग्ने बीमामा अख्तियार पुग्ने यो पद्दतीको अन्त्य गर्नुपर्छ । सरकारले दिएको अनुदानभित्र भएको बदमासी छन् भने त्यसलाई हेर्ने ठाउँमा गर्नु पर्छ । त्यसलाई अनुगमन गर्ने निकायहरु अरु छन् राष्ट्र बैंक छ, सम्पती शुद्धिकरण, राजश्व अनुसन्धान छ । सबैतिर हात हालेर अख्तियार जाने होइन तर गलत ठाउँमा गएर गलत सम्पत्ति आर्जन गरेर विदेशमा लगेर थुपारेको छ भने त्यस्तो अख्तियारले पत्ता लगाएको छ भने त्यसलाई ल्याउने वातावरण सरकारले सिर्जना गर्नुपर्छ ।’

उनले सम्पत्ति छानबिन वा अनुसन्धान गर्ने सम्बन्धित निकायहरु भएकाले सबै क्षेत्रमा अख्तियार सर्वेसर्वा बन्न नहुने बताएका छन् ।


प्रकाशित मिति: २५ बैशाख २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?