Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२५ माघ २०८२, आईतवार
२५ माघ २०८२, आईतवार

राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिद्वारा अनिश्चिकालिन जनआन्दोलनको घोषणा


काठमाडौँ। राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले अनिश्चिकालिन जनआन्दोलनको घोषणा गरेको छ ।

बिहीवार काठमाडौंमा आयोजित कार्यक्रममा समितिका संयोजक नवराज सुवेदीले आगामी जेठ १५ गतेदेखि अनिश्चितकालिन जनआन्दोलन शुरु गर्ने बताएका छन् । उनले आन्दोलन शान्तिपूर्ण हुने बताउदै भद्रअवज्ञा र सत्यग्रह आन्दोलनको स्वरुप हुने उनको भनाइ छ । उनले देश महाशक्ति राष्ट्रहरुको रणनीतिको प्रतिस्पर्धा बन्न लागेको भन्दै अन्तर्राष्ट्रिय जगतमा नेपालको विश्वसनीयता गुम्दै गएको जिकिर गरेका छन् ।

देशमा भ्रष्ट व्यवस्था र भ्रष्टहरुको शासन रहेकाले त्यसबाट देश र जनतालाई मुक्त गर्नु आन्दोलनको कार्यभार रहेको बताउदै उनले संविधानले दिएको अधिकार प्रयोग गर्दै व्यवस्था परिवर्तनका लागि दबाब सिर्जना गर्न समितिमा आवद्ध दल तथा समूहहरु आन्दोलनमा उत्रिने बताएका छन् । आन्दोलन सरकार वा दलको विरुद्धमा नभएको उनको भनाइ छ ।

उनले भने, ‘नेपालको राजनीतिमा वाह्य शक्तिहरुको दबाब र प्रभाव तिब्र रुपले बढिरहेको छ । नेपाल अन्तर्राष्ट्रिय महाशक्तिहरुको रणनैतिक प्रतिस्पर्धा बन्न सक्ने टड्कारो खतरा देखिदै आएको छ । नेपाली जनताको सार्वभौम निर्णायकत्व संकुचित हुँदैछ । अन्तर्राष्ट्रिय जगतमा नेपालको विश्वसनीयतामा ठूलो ह्रास आएको छ । यो पृष्ठभुमिका विद्यमान भ्रष्ट व्यवस्था र भ्रष्ट शासकमाथि देश र जनतालाई मुक्त गराउनु वर्तमानको मुख्य अविभारा हो । जनताको अवस्था परिवर्तन गर्न व्यवस्था परिवर्तन अनिवार्य हुन गएको छ । संविधान प्रदत्त अधिकार प्रयोग गर्दै उपरोक्त उद्देश्य प्राप्तिका लागि सशक्त जनदबाब सिर्जना गर्न जेठ १५ गतेदेखि अनिश्चितकालिन जनआन्दोलन गर्ने हामी घोषणा गर्दछौँ । हामी सबै दलहरु र समूहहरु संयुक्तरुपमा जनआन्दोलन समितिमा आवद्ध रही आन्दोलन सफल पार्छौं । हाम्रो आन्दोलन शान्तिपूर्ण हुने छ । भद्र अवज्ञा र सत्याग्रह आन्दोलनको स्वरुप हुने छ । हाम्रो आन्दोलन दल वा सरकारको विरुद्ध होइन, निरञ्कुशता र सर्वसत्तावादको अन्त्य गरी जनतामा निहित सार्वभौमसत्ता र जनताको निर्णायकत्वलाई थप सुदृढ बनाइ जनतालाई व्यवहारिक रुपमा देशको मालिक भएको अनुभुति दिलाउन आन्दोलनको मुख्य उद्देश्य हुनेछ ।’

संयोजक सुवेदीले २०७२ मा जारी भएको धर्म निरपेक्ष गणतन्त्रात्मक संविधान पूर्ण रुपमा असफल भइसकेको दाबी गरेका छन् ।


प्रकाशित मिति: २५ बैशाख २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?