Trending
>>   सार्वजनिक ऋण ३० खर्ब नाघ्यो, तीन महिनामै १ खर्ब २३ अर्ब ऋण परिचालन >>   दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई मृत्युदण्ड दिन विशेष अभियोजन पक्षको माग >>   चीनमा ११० रोबोटले एकैसाथ नृत्य गरेर बनाए विश्व कीर्तिमान >>   स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा >>   भारतमा चक्रवात ‘अर्नब’का कारण मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो, ५७ हजार विस्थापित >>   आरोपकै आधारमा कसैलाई दोषि करार गर्दैनौँः मनिष झा >>   भोटेकोशी बाढी प्रभावितको पुनःस्थापनाको लागि जग्गा पहिचान गरिसक्यौँः सचिव भुजेल >>   चाडपर्व खर्च नपाएको भन्दै ६ सय बढीले दिए उजुरी, सरकार एक्शनमा >>   सरकारले आईजीपी हटाउँछ भन्ने लाग्दैनः खुश्बु ओली >>   हिमपात र हिमपहिरोको जोखिमःपर्वतारोहण तथा पदयात्रा नगर्न आग्रह
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

राजाले गद्दी त्यागेर सुख पाउँदैनन्, देशको स्वार्थका लागि पनि राजा चाहिन्छः केशरबहादुर विष्ट


काठमाडौँ। राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादु विष्टले राजसहितको प्रजातन्त्र पुनस्र्थापित हुने दाबी गरेका छन् ।

बिहीवार राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले नेपालले छिट्टै राजासहितको प्रजातन्त्र र संवद्र्धनवादी राजनीतिक नेतृत्व विश्वमाँझ प्रश्तुत गर्ने जिकिर गरेका छन् । उनले आफूहरुले १८ वर्षदेखि देशलाई बलियो बनाउन राजसंस्थासहितको प्रजातन्त्र आवश्यक भएको बताउँदै आएको बताउदै राजसंस्थासहितको प्रजातन्त्र आवश्यक छ भन्नेहरु अहिले राष्ट्रिय झण्डामुनी गोलवद्ध भएर आन्दोलनको जग बसालेको बताएका छन्। राजाले गद्दी त्याग गरेर सुख नपाउने भन्दै उनले देश रक्षाको स्वार्थका लागि पनि राजसंस्था अवश्यक भएको बताए । राजासहितको प्रजातन्त्रको सुनौलो इतिहास रच्दै प्रजातन्त्रलाई थप सुदृढ बनाइने उनको भनाइ छ ।

उनले भने, ‘राजाले गद्दी त्यागेर सुख पाइँदैन । राजाको वंशले यसमा अल्छि गरेर सुख पाइँदैन । राजा नभई यो देश चल्दैन, हाम्रै स्वार्थका लागि भएपनि राज चाहियो भनेर एक्लैले होस् मिलिजुली होस् समूहमा होस् जे जे तरिकाले होस् हामी गएको १८ वर्षदेखि यो कुरा भन्दै आयौँ । त्यो एकता अब राष्ट्रिय झण्डामा मात्रै हुन्छ भन्दै आयौँ । आज ति शारा कुराले जग हालेको छ । मलाई जिन्दगीमा यो भन्दा ठूलो खुशी अरु केही छैन । चाँढै नै राष्ट्रले सम्बद्र्धनवादी राजनीतिक नेतृत्व विश्वसामु प्रश्तुत गर्ने छ राजासहितको प्रजातन्त्रको सुनौलो इतिहास फेरि प्रारम्भ हुनेछ । प्रजातन्त्रको अझ बढी सुदृढ सक्षम र सवल जग बस्ने छ भन्ने आशाका साथ प्रतिवद्धता जाहेर गर्दछु ।’

अध्यक्ष विष्टले देशको माया हुने सबैले आन्दोलनमा भाग लिएर सफल गराउनुपर्नेमा जोड दिएका छन् ।


प्रकाशित मिति: २५ बैशाख २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?